Nepal BBC
Friday, January 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

उमेर नपुग्दै महिनावारी : खानपान, तनाव र जलवायु परिवर्तनको असर

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र ११, शनिबार १४:००
उमेर नपुग्दै महिनावारी : खानपान, तनाव र जलवायु परिवर्तनको असर

Loading

विगतमा किशोरावस्थामा पुगेपछि किशोरीमा महिनावारी सुरु हुन्थ्यो । तर अहिले यो उमेर घटेर ८–९ मा झरेको छ । अर्थात् उमेर नपुग्दै बालिकामा महिनावारी चक्र सुरु भएको छ । यो ठ्याक्कै त्यही उमेर हो, जतिबेला उनीहरु यौन तथा प्रजनन् स्वास्थ्यबारे एकदमै अनभिज्ञ हुन्छन् ।

आखिर के कारणले उमेर नपुग्दै महिनावरी चक्र सुरु भएको छ ? यसले कुनै असर गर्छ ?

कलिलैमा महिनावारी

महिनावारी सुरु हुनुपर्ने खास उमेर ११ देखि १५ वर्ष हो । तर अहिले ८-९ वर्षमा पनि महिनावारी हुने बालिकाको संख्या बढेको छ । कलिलै उमेरमा महिनावारी हुनेहरूको संख्या किन बढिरहेको छ भनेर कुनै अध्ययन त भएको छैन । तर, केही अध्ययनलाई हेर्दा अहिलेको बालबालिकाको जीवनशैली परिवर्तन भएको छ ।

अहिलेका बालबालिका पढाइ लगायत विभिन्न तनावमा पनि हुन्छन् । साथै थाइराइडको डिसअर्डर र जलवायु परिवर्तनले गर्दा पनि यस्तो समस्या देखिएको छ ।

कति पीडादायी ?

पहिलो महिनावारी पीडादायी हुन्छ । अझै त्यो कलिलै उमेरमा भयो भने झन् धेरै पीडादायी हुन्छ । किनकि कलिलै उमेरमा महिनावारी हुँदा बालिकाहरू शारीरिक र मानसिक रूपमा परिपक्व भइसकेका हुँदैनन् ।

उनीहरुमा महिनावारी सम्बन्धी जानकारी पनि हुँदैन, जसले गर्दा ‘ला मलाई के भइरहेको छ’, ‘कुनै रोग पो लाग्यो’ कि भनेर डराउन सक्छन् । जसले गर्दा पनि पहिलो महिनावारी पीडादायी हुन्छ ।

भविष्यमा रोगको जोखिम

चाँडै उमेरमा महिनावारी हुनेहरूमा पछि गएर विभिन्न स्वास्थ्य समस्या हुन सक्छ । कलिलै उमेरमा महिनावारी सुरु हुनेहरूमा पछि गएर पाठेघरको मुखको क्यान्सर, पाठेघरको अन्य समस्या, स्तन क्यान्सर र छिटो महिनावारी सुक्ने जस्ता स्वास्थ्य समस्या देखा पर्छन् ।

यौन तथा प्रजनन् अंगको विकास

कलिलै उमेरमा महिनावारी हुने बालिकाहरूको यौन तथा प्रजनन अ‌ंगहरु विकास भइसकेका हुन्छन् । उनीहरू शारीरिक रूपमा तयार भएपछि नै महिनावारी हुने हो । यदि कुनै बालिका ९ वर्षको उमेरमा नै महिनावारी भइन् भने उनको यौन तथा प्रजनन् अंगहरु पनि राम्ररी विकास भइसकेको हुन्छ ।

गर्भ रहने जोखिम

जब कुनै महिला महिनावारी हुन्छिन् भने उनको यौन तथा प्रजनन् अंगको पनि विकास भइसकेको हुन्छ । ८–९ वर्षको उमेरमै मासिकचक्र सुरु भएका बालिकामा पनि कुनै घटनावश सम्पर्क भएमा गर्भ रहने जोखिम हुन्छ । गर्भघारणका लागि २५ देखि २७ वर्षको उमेरलाई योग्य मानिन्छ । हिजोआज ३० वर्ष कटेपछि गर्भधारण गर्नेहरूको संख्या बढेको छ ।

महिनावरीको कुन अवधिमा गर्भधारण ?

महिनावारी भएदेखिको १४ दिनलाई ‘ओभलीयसन’ भनिन्छ । त्यो बेला महिलाको अण्डकोषबाट अण्डाहरू निस्कन्छ । त्यसैले त्यो अवधिमा शारीरिक सम्पर्क गर्दा गर्भ रहने सम्भावना अत्यधिक हुन्छ ।

महिनावारी चक्र

महिनावारी चक्र २८ दिनमा हुनुपर्ने हो । महिनावारी साधारणतया ४ देखि ७ दिनसम्म रहन्छ । यदि २ देखि ७ दिनसम्म रक्तस्राव भयो भने त्यो सामान्य हो । तर एक दिन मात्र रक्तस्राव भयो वा ७ दिन भन्दा पछि पनि लगातार रक्तस्राव भयो भने यो समस्या बन्छ ।

महिनावारी गडबडी

महिनावारीमा अहिले एकदमै धेरै देखिने समस्यामा महिनावारी गडबडी र पाठेघरमा मसिनो पानीको फोका देखा पर्ने हो । यस्तो समस्या देखिनुको मुख्य कारण थाइराइड डिसअर्डर हो । जीवनशैली परिवर्तन, अस्वस्थकर खानपान, तनाव, मोटोपन आदिले पनि महिनावारीमा समस्या देखा पर्छ ।

यसबाट कसरी छुटकारा पाउने ?

महिनावारी गडबडीको समस्याबाट छुटकारा पाउन सबैभन्दा पहिले त जीवनशैली परिवर्तन गर्नुपर्छ । बाहिरको जंकफुड र प्याकेट फुडको सेवनले मोटोपनको समस्या बढेको छ । मोटोपनकै कारण विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । त्यसैले खानपानमा एकदमै ध्यान दिनुपर्छ, सन्तुलित र पोषणयुक्त खाना खानुपर्छ जसले गर्दा मोटोपनाको समस्या देखिंदैन र महिनावारी गडबडीको समस्या पनि कम भएर जान्छ ।

जीवनशैली परिवर्तन गर्दा पनि महिनावारी गडबडी भइरह्यो भने अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।

किन कसैको महिनावारी पीडादायी ?

जसको पाठेघरको मांसपेशीहरू बाक्लो हुन्छ, त्यस्ता महिलाहरूलाई महिनावारीमा एकदमै पिडा हुन्छ । तर कसैलाई भने महिनावारीको बेलामा अलिकति पनि पीडा नहुने हुन्छ । सबैलाई एकै प्रकारको पीडा भने हुँदैन ।

यस्तो पीडाबाट छुटकारा पाउन हल्का व्यायाम गर्ने, प्रशस्त मात्रामा पानी पिउने र हट वाटर ब्यागले पेट सेक्ने गर्न सकिन्छ । तर पीडा अत्यधिक छ भने सहेर बस्नु हुँदैन, अस्पताल गएर चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ ।

तस्वीर : चन्द्रबहादुर आले

(डा. श्रेष्ठसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

लहानमा सुबिधा सम्पन्न २४ मार्च क्याफे संचालनमा लहानमा नमुना २४ मार्च क्याफेको उदघाटन

लहानमा सुमिङ्ग फुल सहित २४ मार्च क्याफेको उदघाटन

२०७९ भाद्र ११, शनिबार १४:००
लहानमा सुबिधा सम्पन्न २४ मार्च क्याफे संचालनमा लहानमा नमुना २४ मार्च क्याफेको उदघाटन

लहानमा सुबिधा सम्पन्न २४ मार्च क्याफे संचालनमा लहानमा नमुना २४ मार्च क्याफेको उदघाटन

२०७९ भाद्र ११, शनिबार १४:००
लहानका पुर्व उपमेयर स्व:जवाहरलाल महतोकी आमाको निधन समृद्धि प्रतिष्ठानद्वारा श्रद्धाञ्जली अर्पण

लहानका पुर्व उपमेयर स्व:जवाहरलाल महतोकी आमाको निधन समृद्धि प्रतिष्ठानद्वारा श्रद्धाञ्जली अर्पण

२०७९ भाद्र ११, शनिबार १४:००
लहान ४ मा सरसफाई समिति गठन

लहान ४ मा सरसफाई समिति गठन

२०७९ भाद्र ११, शनिबार १४:००
शिएमसी नेपालद्वारा लहानमा अन्तक्रिर्या

शिएमसी नेपालद्वारा लहानमा अन्तक्रिर्या

२०७९ भाद्र ११, शनिबार १४:००
बिहे अगाडि सेक्स नगर्ने अडानका कारण ३५ वर्षकी युवती चर्चामा

बिहे अगाडि सेक्स नगर्ने अडानका कारण ३५ वर्षकी युवती चर्चामा

२०७९ भाद्र ११, शनिबार १४:००
Next Post
वाइनले वास्तवमै मुटुलाई फाइदा गर्छ ?

वाइनले वास्तवमै मुटुलाई फाइदा गर्छ ?

सुनमाया बुढाले फ्रान्समा भएको अल्ट्रा दौडमा जितिन् रजत

सुनमाया बुढाले फ्रान्समा भएको अल्ट्रा दौडमा जितिन् रजत

नागरिकता विधेयकको विषय लिएर लोसपा नेताहरुले भेटे राष्ट्रपति

नागरिकता विधेयकको विषय लिएर लोसपा नेताहरुले भेटे राष्ट्रपति

Discussion about this post

ताजा समाचार

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

२०७९ भाद्र ११, शनिबार १४:००
लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

२०७९ भाद्र ११, शनिबार १४:००
लहानमा अत्याधुनिक ल्याबसहित मनटेश्वरी विद्यालय सञ्चालनमा, भर्ना गर्न अभिभावकको घुइँचो

लहानमा अत्याधुनिक ल्याबसहित मनटेश्वरी विद्यालय सञ्चालनमा, भर्ना गर्न अभिभावकको घुइँचो

२०७९ भाद्र ११, शनिबार १४:००
लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

२०७९ भाद्र ११, शनिबार १४:००
जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

२०७९ भाद्र ११, शनिबार १४:००
मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

२०७९ भाद्र ११, शनिबार १४:००
लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

२०७९ भाद्र ११, शनिबार १४:००
सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

२०७९ भाद्र ११, शनिबार १४:००
बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

२०७९ भाद्र ११, शनिबार १४:००

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.