Nepal BBC
Thursday, September 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

दुई विद्यालयमा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण, इको क्लब गठन

महेश सिंह by महेश सिंह
२०८३ आश्विन ८, बिहीबार ०४:३४
दुई विद्यालयमा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण, इको क्लब गठन

Loading

महेश सिंह, लहान सिरहा -सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तन, वातावरण संरक्षण तथा वातावरणमैत्री व्यवहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सखुवानान्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता नमुना माध्यमिक विद्यालय, प्राविधिक धार र भगवानपुर गाउँपालिका–२ स्थित लक्ष्मीनारायण कौशल्या माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

जलवायु मैत्री गाउँ मधेस प्रदेश परियोजना नेपालअन्तर्गत आयोजित कार्यक्रममा विद्यार्थीलाई जलवायु परिवर्तनका असर, वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, वृक्षरोपण, प्लास्टिकजन्य वस्तुको प्रयोग न्यूनीकरण तथा वातावरणमैत्री व्यवहारका विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रमअन्तर्गत लक्ष्मीनारायण कौशल्या माध्यमिक विद्यालयमा इको क्लब गठन गरिएको छ । विद्यालयमा इको क्लब गठन भएपछि वातावरण संरक्षणसँगै विद्यालयको सौन्दर्यीकरणमा समेत सहयोग पुग्ने प्रधानाध्यापक कविता ठाकुरले बताउनुभयो ।

मौवाहीस्थित श्री जनता नमुना माध्यमिक विद्यालयमा निमित्त प्रधानाध्यापक पवनकुमार यादवको रोहबरमा निर्वाचन प्रक्रियाबाट प्रनिती चौधरीको अध्यक्षतामा २१ सदस्यीय इको क्लब गठन गरिएको छ ।

कार्यक्रममा सखुवानान्कारकट्टी गाउँपालिका–१ का वडाध्यक्ष सञ्जयकुमार यादव, विद्यालयका अंग्रेजी शिक्षक रामबालक यादव, फोकल शिक्षक, शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी वक्ताले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विद्यालय तहदेखि नै वातावरणीय सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थीलाई वातावरण संरक्षणका गतिविधिमा सहभागी गराउँदा त्यसको सकारात्मक प्रभाव परिवार हुँदै समुदायसम्म पुग्ने उहाँहरूको भनाइ थियो ।

कार्यक्रमको सहजीकरण पिंकीकुमारी शर्मा र विभाकुमारी यादवले गर्नुभएको थियो । केयर नेपालको आर्थिक सहयोगमा राष्ट्रिय कृषक समूह महासंघ नेपालले आयोजना गरेको कार्यक्रम स्थानीय सरकारको समन्वय तथा विद्यालयको सहकार्यमा सञ्चालन गरिएको आयोजक संस्थाकी प्रतिनिधि रचना श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै, एनवाईसीए जनकपुरधामको प्राविधिक सहकार्यमा प्रशिक्षण सञ्चालन गरिएको थियो । प्रशिक्षणले विद्यार्थीलाई जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सकिने विषयमा सचेत र प्रेरित बनाएको परियोजनाका फिल्ड सुपरभाइजर उमेश नन्दन चौधरीले बताउनुभयो ।

इको क्लबमार्फत विद्यालयमा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, फोहोरमैला व्यवस्थापन तथा जलवायु अनुकूलनसम्बन्धी गतिविधिलाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।

महेश सिंह

महेश सिंह

Related Posts

२०८४ को निर्वाचनमा महिला नेतृत्व बढाउन सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिला नेतृत्व बढाउन सिरहामा ‘अनुपम अभियान’

२०८३ आश्विन ८, बिहीबार ०४:३४
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८३ आश्विन ८, बिहीबार ०४:३४
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८३ आश्विन ८, बिहीबार ०४:३४

Discussion about this post

ताजा समाचार

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८३ आश्विन ८, बिहीबार ०४:३४
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८३ आश्विन ८, बिहीबार ०४:३४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...