![]()
महेश सिंह लहान सिरहा — सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टी, सुन्दरपुरमा स्थानीय समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकृष्ण यादवले करिब १३० घरधुरीलाई झुल वितरण गरेका छन्।
गर्मी याममा ग्रामीण क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दै गएको र लामखुट्टेको टोकाइबाट विभिन्न रोगको जोखिम रहने भएकाले विशेषगरी गरिब तथा दलित बस्तीलाई लक्षित गरी झुल वितरण गरिएको यादवले बताए।
समाजप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिब तथा विपन्न समुदायलाई निरन्तर सहयोग गर्दै आएका यादवले आगामी दिनमा पनि समुदायका समस्या र आवश्यकतामा आफू जोडिइरहने बताए।
झुल पाएपछि स्थानीय बासिन्दाले लामखुट्टेको टोकाइबाट जोगिन सहयोग पुग्ने भन्दै यादवको सामाजिक कार्यको प्रशंसा गरेका छन्। स्थानीयका अनुसार यादव लामो समयदेखि गाउँ–समाजसँग प्रत्यक्ष जोडिएर सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।
स्थानीयले विपन्न तथा दलित समुदायको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर गरिएको झुल वितरणले गर्मी याममा परिवारलाई लामखुट्टेको टोकाइबाट जोगाउन महत्वपूर्ण सहयोग पुग्ने बताएका छन्।












Discussion about this post