Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

महेश सिंह by महेश सिंह
२०८३ श्रावण २६, मंगलवार २०:३१
गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

Loading

महेश सिंह लहान सिरहा- सुनसरीको देवानगञ्जबाट सुरु भएको आन्दोलन मधेस प्रदेशका लहान, गोलबजारलगायतका क्षेत्रमा समेत फैलिएको क्रममा मृत्यु भएका सिरहाको औरही गाउँपालिका–२ तुलसीपुरका विद्यार्थी गणेश यादवको परिवारलाई विश्व हिन्दु परिषद् नेपाल, सिरहा जिल्ला कार्यसमितिले आर्थिक सहयोग गरेको छ।

परिषद्ले गणेश यादवको परिवारलाई १ लाख रुपैयाँ र आन्दोलनका क्रममा घाइते भएका सुभाष कुमार ठाकुरको उपचारका लागि ११ हजार रुपैयाँ सहयोग गरेको हो। मृतक र घाइते परिवारलाई गरी परिषद्ले कुल १ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको जिल्ला अध्यक्ष शिवदेव साहले जानकारी दिए।

विश्व हिन्दु परिषद् नेपालका केन्द्रीय समितिको रोहबरमा जिल्ला अध्यक्ष साहले गणेशका बुबा रामवृक्ष यादव र आमा बबिता देवी यादवलाई १ लाख रुपैयाँ नगदसहित श्रद्धाञ्जली पत्र हस्तान्तरण गरेका थिए। घाइते सुभाष कुमार ठाकुरको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उनको परिवारलाई ११ हजार रुपैयाँ प्रदान गरिएको परिषद्ले जनाएको छ।

गणेश यादवको १३औँ दिनको पुण्यतिथिका अवसरमा जिल्ला अध्यक्ष साहको नेतृत्वमा परिषद्का पदाधिकारी तथा सदस्यहरू तुलसीपुरस्थित यादवको घरमा पुगेका थिए। उनीहरूले गणेशको तस्बिरमा फूल तथा अबिर अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। सो क्रममा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र साथ रहने प्रतिबद्धता जनाइएको थियो।

सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली कार्यक्रममा विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय उपाध्यक्ष रघुनाथ प्रसाद साह, मधेस प्रदेश अध्यक्ष रामबिलास राय, मधेस प्रदेश सचिव रुपकुमार न्यौपाने, मधेस प्रदेश संगठन सचिव जंगबहादुर सिंह, मधेस प्रदेश महिला प्रमुख सुनिता ठाकुर, जानकी विभाग सचिव रघुनाथ प्रसाद महतो, धनुषा जिल्ला अध्यक्ष सन्तोष कुमार साह र धनुषा जिल्ला सदस्य राजेन्द्रप्रसाद यादवलगायतको उपस्थिति थियो।

त्यस्तै, परिषद् सिरहा जिल्ला कार्यसमितिका अध्यक्ष शिवदेव साह, कोषाध्यक्ष ज्ञानेन्द्र विक्रम यादव, सत्संग प्रमुख शिवराम यादव, सातम यादव, लक्ष्मी यादव, प्रियरञ्जन उपाध्यक्ष, सतीश यादव, रामलोचन साह र पवनकुमार यादवलगायतको सहभागिता थियो।

परिषद्का जिल्ला अध्यक्ष साहले आन्दोलनका क्रममा ज्यान गुमाएका गणेश यादवको परिवार र घाइते सुभाष कुमार ठाकुरलाई सहयोग गर्नु सामाजिक दायित्वसमेत भएको बताए। उनले पीडित परिवारलाई आगामी दिनमा पनि आवश्यक सहयोगका लागि परिषद् साथमा रहने प्रतिबद्धता जनाए।

यसैबीच, गोलबजारमा भएको आन्दोलनका क्रममा गोली कसले चलाएको भन्ने विषयमा भने हालसम्म आधिकारिक पुष्टि हुन सकेको छैन। घटनामा गोली चलेको र त्यसबाट मानवीय क्षति भएको भए पनि गोली चलाउने व्यक्ति वा पक्षबारे सम्बन्धित निकायबाट आधिकारिक विवरण सार्वजनिक हुन बाँकी रहेको बुझिएको छ। घटनाको सत्यतथ्य अनुसन्धानपछि मात्रै स्पष्ट हुने देखिन्छ।

महेश सिंह

महेश सिंह

Related Posts

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८३ श्रावण २६, मंगलवार २०:३१
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८३ श्रावण २६, मंगलवार २०:३१
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८३ श्रावण २६, मंगलवार २०:३१
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८३ श्रावण २६, मंगलवार २०:३१
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८३ श्रावण २६, मंगलवार २०:३१
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८३ श्रावण २६, मंगलवार २०:३१
Next Post
लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८३ श्रावण २६, मंगलवार २०:३१
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८३ श्रावण २६, मंगलवार २०:३१
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८३ श्रावण २६, मंगलवार २०:३१
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८३ श्रावण २६, मंगलवार २०:३१
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८३ श्रावण २६, मंगलवार २०:३१
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८३ श्रावण २६, मंगलवार २०:३१
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८३ श्रावण २६, मंगलवार २०:३१
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८३ श्रावण २६, मंगलवार २०:३१
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८३ श्रावण २६, मंगलवार २०:३१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...