Nepal BBC
Wednesday, April 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा उद्योग वाणिज्य संघद्वारा शिक्षा विधेयकमा देखिएको विभेद अन्त्य गर्न माग

महेश सिंह by महेश सिंह
२०८२ भाद्र १२, बिहीबार ०८:५९
सिरहा उद्योग वाणिज्य संघद्वारा शिक्षा विधेयकमा देखिएको विभेद अन्त्य गर्न माग

Loading

महेश सिंह लहान, सिरहा – संघीय संसदमा छलफलमा रहेको विद्यालय शिक्षा सम्बन्धी विधेयक, २०८० मा रहेका प्रावधानप्रति जिल्ला उद्योग वाणिज्य संघ, सिरहाले आपत्ति जनाएको छ। संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी र योगदानलाई बेवास्ता गर्ने खालका प्रावधान सच्याउनुपर्ने माग गरेको हो।

संघका अनुसार विधेयकमा निजी तथा आवासीय विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने, पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने जस्ता प्रावधानले लगानीकर्तालाई शंकित बनाएको छ। विज्ञप्तिमा भनिएको छ, “निजी विद्यालयहरूको स्तरअनुसार शुल्क तिर्नुपर्ने, पूर्वाधार विकासमा ठूलो लगानी आवश्यक पर्ने अवस्थाको अवहेलना गरेर गैरनाफामूलक प्रावधानले निजी विद्यालय सञ्चालनमै संकट ल्याउँछ।”

त्यसैगरी, हाल प्रचलित २०७७ सालको ऐन संशोधनले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई मात्र सीटीईभीटी छात्रवृत्ति कार्यक्रमको लाभ दिने व्यवस्था गरिएकोप्रति संघले आपत्ति जनाएको छ। यसलाई विभेदकारी व्यवस्था बताउँदै संघले शिक्षा पाउने समान अधिकारमाथि नै आघात पुगेको टिप्पणी गरेको छ।

प्रेस विज्ञप्तिमा भनिएको छ, “निजी क्षेत्रले करिब ३४ प्रतिशत योगदान पुर्‍याउँदै ८ खर्बभन्दा बढी लगानी र पाँच लाखभन्दा बढी रोजगारी सिर्जना गरेको सन्दर्भलाई बिर्सन हुँदैन। राष्ट्रको लगानी अभावका बीच पनि निजी विद्यालयले गुणस्तरीय शिक्षा र राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिइरहेका छन्।”

संघले संघीय संसद र सबै सरोकारवालालाई विभेदकारी प्रावधान सच्याएर शिक्षा क्षेत्रमा समन्यायिक र न्यायपूर्ण व्यवस्था सुनिश्चित गर्न आग्रह गरेको छ। साथै, शिक्षा क्षेत्रमा निजी तथा आवासीय विद्यालयहरूको योगदानलाई सम्मान गर्दै आगामी विद्यालय शिक्षा सम्बन्धी ऐन, २०८२ न्यायसंगत बन्नुपर्ने अपेक्षा पनि संघले व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

२०८२ भाद्र १२, बिहीबार ०८:५९
मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

२०८२ भाद्र १२, बिहीबार ०८:५९
चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

२०८२ भाद्र १२, बिहीबार ०८:५९
भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

२०८२ भाद्र १२, बिहीबार ०८:५९
प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

२०८२ भाद्र १२, बिहीबार ०८:५९
लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

२०८२ भाद्र १२, बिहीबार ०८:५९
Next Post
सिरहा उद्योग वाणिज्य संघद्वारा शिक्षा विधेयकमा देखिएको विभेद अन्त्य गर्न माग

सिरहा उद्योग वाणिज्य संघद्वारा शिक्षा विधेयकमा देखिएको विभेद अन्त्य गर्न माग

गौर हत्या काण्डको झुठा मुद्दा खारेजीको माग, जसपाको सिरहामा बृहत् प्रदर्शन

गौर हत्या काण्डको झुठा मुद्दा खारेजीको माग, जसपाको सिरहामा बृहत् प्रदर्शन

शिक्षा विधेयकविरुद्ध शिक्षक सडकमा, विद्यार्थी संगठन पनि आन्दोलि

शिक्षा विधेयकविरुद्ध शिक्षक सडकमा, विद्यार्थी संगठन पनि आन्दोलि

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ भाद्र १२, बिहीबार ०८:५९
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ भाद्र १२, बिहीबार ०८:५९
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ भाद्र १२, बिहीबार ०८:५९
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ भाद्र १२, बिहीबार ०८:५९
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ भाद्र १२, बिहीबार ०८:५९
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ भाद्र १२, बिहीबार ०८:५९
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ भाद्र १२, बिहीबार ०८:५९
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८२ भाद्र १२, बिहीबार ०८:५९
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ भाद्र १२, बिहीबार ०८:५९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.