Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

उपेन्द्र यादव: “३५ वर्षमा कांग्रेस-एमालेले देश बर्बाद गरे”

महेश सिंह by महेश सिंह
२०८१ पुष ४, बिहीबार ०५:०२
उपेन्द्र यादव: “३५ वर्षमा कांग्रेस-एमालेले देश बर्बाद गरे”

Loading

महेश सिंह लहान –जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले ३५ वर्षको कालखण्डमा कांग्रेस र एमालेले देशलाई बर्बादीको दिशामा पुर्‍याएको गम्भीर आरोप लगाएका छन्। सिरहाको लहानमा आयोजित चार महिने महाअभियान कार्यक्रमको समापन गर्दै यादवले युवाहरू देश छोड्न बाध्य हुनु र कृषि, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रको कमजोर अवस्थालाई विगतका गलत नीतिहरूको परिणाम भने।
“करिब ७० लाख युवा-युवतीहरू विदेशमा ठक्कर खाइरहेका छन्। देशभित्र अवसर सिर्जना गर्नु त परको कुरा, यहाँ भ्रष्टाचार र लूटतन्त्र मात्रै फस्टाएको छ,” उनले टिप्पणी गरे।
कार्यक्रममा यादवले मधेस आन्दोलनले लोकतान्त्रिक व्यवस्था परिवर्तन गर्न योगदान दिएको उल्लेख गर्दै मधेसमा समानता र समावेशिताको अभाव अझै गम्भीर रहेको बताए। “मधेसको जनसंख्या ५४ प्रतिशत छ।

यस्तो अवस्थामा जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित नगर्ने हो भने देशमा लोकतन्त्रको अभ्यास हुन सक्दैन,” उनले भने।
उनले महिला, दलित, र पिछडिएका समुदायहरूका लागि छुट्टै निर्वाचन क्षेत्र तोकिनुपर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्नेमा जोड दिए। “संबिधानमा परिवर्तन नगरी यो सम्भव छैन,” उनले भने।
नेपालमा १२५ वटा भाषा रहेको तथ्य औंल्याउँदै यादवले बहुभाषिक नीतिलाई सशक्त बनाउनुपर्ने धारणा राखे। “मधेस हजारौं वर्षदेखि स्वशासित रहेको क्षेत्र हो। यसको पहिचान र अधिकारलाई सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं,” उनले भने।
३५ वर्षको राजनीतिक नेतृत्वको आलोचना गर्दै उनले भने, “यो देशमा ‘काले काले मिलके खाउ भाले’ भन्ने उखान चरितार्थ भएको छ। कांग्रेस र एमालेले देश चलाउन पूर्णतः असफलता बेहोरेका छन्।”

जसपा नेपालको चार महिने महाअभियान अन्तर्गत सिरहाको लहानमा आयोजित प्रशिक्षण तथा छलफल कार्यक्रममा पार्टीका उपाध्यक्ष राजकिशोर यादव, सचिव सुरेश मण्डल, र जिल्ला अध्यक्ष अशोक यादवको उपस्थिति रहेको थियो। कार्यक्रममा माननीय सञ्जिला यादव, सहिदा खातुन, राजकुमार गुप्ता, इन्जिनियर बैजनाथ साह, विजयकुमार यादवसहितका नेताहरूले पनि आफ्नो धारणा राखेका थिए।
पार्टीका नेता परियागलाल यादवले कार्यक्रमको उद्देश्य मधेसको हकहितका विषयमा पार्टीका कार्यकर्ताहरूलाई अभिमुखीकरण गर्नु रहेको बताए। यादवले परिवर्तनको लडाइँ अझै अधुरो रहेको भन्दै समानता, बराबरी, र स्वतन्त्रता बिना लोकतन्त्रको अभ्यास सम्भव नभएको धारणा व्यक्त गरे। “देशको विकासका लागि समतामूलक व्यवस्था अनिवार्य छ,” उनले भने। कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष अशोक यादवको अध्यक्षतामा सुरु भएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ पुष ४, बिहीबार ०५:०२
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ पुष ४, बिहीबार ०५:०२
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ पुष ४, बिहीबार ०५:०२
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ पुष ४, बिहीबार ०५:०२
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८१ पुष ४, बिहीबार ०५:०२
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८१ पुष ४, बिहीबार ०५:०२
Next Post
लहान साखाबाट हीरोको दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्‍यो

लहान साखाबाट हीरोको दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्‍यो

हिमालयन विद्या निकेतनमा भव्य ‘कल्चरल एन्ड फुड फेस्टिवल’ सम्पन्न

हिमालयन विद्या निकेतनमा भव्य 'कल्चरल एन्ड फुड फेस्टिवल' सम्पन्न

मानव अधिकार वर्ष पुस्तकको पूर्वसमीक्षा कार्यक्रम लहानमा सम्पन्न

मानव अधिकार वर्ष पुस्तकको पूर्वसमीक्षा कार्यक्रम लहानमा सम्पन्न

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ पुष ४, बिहीबार ०५:०२
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ पुष ४, बिहीबार ०५:०२
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ पुष ४, बिहीबार ०५:०२
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ पुष ४, बिहीबार ०५:०२
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८१ पुष ४, बिहीबार ०५:०२
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८१ पुष ४, बिहीबार ०५:०२
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८१ पुष ४, बिहीबार ०५:०२
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८१ पुष ४, बिहीबार ०५:०२
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८१ पुष ४, बिहीबार ०५:०२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...