Nepal BBC
Wednesday, August 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बागलुङमा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ                     

महेश सिंह by महेश सिंह
२०७९ पुष २, शनिबार ०२:११
बागलुङमा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ                     

Loading

 २ पुस । बागलुङ जिल्ला अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । जिल्लामा खेतीयोग्य जमिन नभएर होइन । बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू–भाग भिरालो छ । यि क्षेत्रमा अहिलेसम्म सिँचाइको सुविधा पुग्न नसक्दा कृषक परनिर्भर पर्नुपरेको हो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट चालु आर्थिक वर्षमा जिल्लाभर एक सय ३७ वटा योजना परेका छन् । यी सबै प्रदेश तथा संघीय सरकारबाट अनुदान प्राप्त योजना हुन् । जिल्लाको १० वटै पालिकामा योजना परेका छन् । सबैभन्दा बढी योजना गलकोट नगरपालिकामा र सबैभन्दा कम तमानखोला गाउँपालिकामा परेका छन् । जिल्लामा सहजरुपमा सिँचाइको व्यवस्थापन गर्न सरकारले हरेक वर्ष करोडौँका योजना पार्दै आएको छ ।

यस वर्ष केन्द्र सरकारले रु सात करोड ५७ लाख र प्रदेश सरकारले ११ करोड ६७ लाख ३० हजार बजेट विनियोजन गरेको छ । दशवटै पालिकामा सहजरुपमा सिँचाइको व्यवस्थापन गर्ने योजनाअनुरुप काम अगाडि बढाइएको छ । जिल्लामा अधिकांश क्षेत्र पाखोबारी र केही भाग मात्रै समथर भूभाग भएको हुँदा सबै क्षेत्रमा सिँचाइको व्यवस्थापन गर्न कठिन देखिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका निमित्त डिभिजन प्रमुख झकलमान ओझाले जानकारी दिए ।

उनले यस कार्यालयबाट सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी काम हुँदै आए पनि जनताको चाहनाअनुसार काम हुन नसकेको बताए । “अहिलेसम्म बागलुङमा खेतीयोग्य जमिनको २० प्रतिशत मात्रै सिँचाइ गर्न सकेका छौँ, जिल्ला भौगोलिकरुपमा विकट छ, खेतीयोग्य जमिन धेरै ठाउँमा छरिएर रहेको हुँदा जनताले चाहेअनुसार सिँचाइको व्यवस्थापन हुन सकेको छैनँ”, ओझाले भने ।

बागलुङमा सिँचाइ योजनाको माग निकै बढेको र कार्यालयले सबै क्षेत्रमा सिँचाइको पहुँच पुर्‍याउने लक्ष्य भए पनि पछिल्लो समय धान तथा गहुँ खेती हुने खेतबारीमा सिँचाइका योजना पर्ने गरेको उनले बताए । सिँचाइको पहुँच पुगेपछि धान फल्ने क्षेत्रफल पनि बढेको छ । गत वर्ष पाँच हजार आठ सय हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यस वर्ष छ हजार हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो । सिँचाइ राम्रो भएपछि यस वर्ष जिल्लामा धान उत्पादनसमेत बढेको पाइन्छ । गत वर्ष १८ हजार तीन सय ५४ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १८ हजार छ सय ९० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बागलुङ नगरपालिका–४ का टीकाराम सापकोटाले जिल्लामै बढी धान फेदीमा उत्पादन हुने भन्दै यहाँ सिँचाइको राम्रो व्यवस्थापन नहुँदा हरेक वर्ष धान उत्पादनमा कमी आएको बताउँछन् । सापकोटा भन्छन्, “यहाँ यति ठूलो धान फल्ने फाँट छ, तर सिँचाइको समस्या छ, कुलो सानो छ, खेतीयोग्य जमिन धेरै भए, धान रोपेपछि पानी पाउनै मुस्किल हुन्छ, कहिले त आकाशे पानीको भरमा खेतमा धान रोप्नुपर्ने अवस्था हुन्छ ।”

स्थानीय यामबहादुर केसीले खेतीयोग्य जमिनमा सिँचाइको राम्रो प्रबन्ध नहुँदा परनिर्भर बन्नुपरेको बताए । केसीले खोलाबाट खेतसम्म ल्याउने कुलो राम्रो नहुँदा किसानलाई बाली लगाउने बेला सिँचाइकै पिरलो हुने बताउँछन् । धान, मकै र गहुँ यस क्षेत्रमा राम्रो उत्पादन हुने भए पनि सिँचाइ अभावका कारण हरेक वर्ष उत्पादन घट्दै गएको उनको भनाइ छ । “हाम्रो गाउँ ठाउँमा बालीनाली निकै राम्रो हुन्छ, पहिले–पहिले सिँचाइको समस्या थिएन, अहिले मान्छे बढ्दै गएपछि खेती गर्ने ठाउँ पनि बढेको छ, पहिले निर्माण गरेका कुलो अहिले साँघुरा भए”, केसीले भने ।

बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच छ । खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर छ । पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाँझिदै गएका छन् । रासस

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ पुष २, शनिबार ०२:११
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ पुष २, शनिबार ०२:११
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०७९ पुष २, शनिबार ०२:११
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ पुष २, शनिबार ०२:११
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०७९ पुष २, शनिबार ०२:११
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०७९ पुष २, शनिबार ०२:११
Next Post
किड्स डान्स, र्‍याप र डेटिङ रियालिटी शो आउँदै

किड्स डान्स, र्‍याप र डेटिङ रियालिटी शो आउँदै

आजको मौसमः तराईमा हुस्सु, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

आजको मौसमः तराईमा हुस्सु, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

सिरहामा वास्तविक किसानको पहुँचमा पुग्दैन रासायनिक मल

सिरहामा वास्तविक किसानको पहुँचमा पुग्दैन रासायनिक मल

Discussion about this post

ताजा समाचार

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०७९ पुष २, शनिबार ०२:११
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०७९ पुष २, शनिबार ०२:११
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०७९ पुष २, शनिबार ०२:११
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०७९ पुष २, शनिबार ०२:११
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०७९ पुष २, शनिबार ०२:११
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०७९ पुष २, शनिबार ०२:११
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०७९ पुष २, शनिबार ०२:११
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०७९ पुष २, शनिबार ०२:११
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०७९ पुष २, शनिबार ०२:११

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.