Nepal BBC
Friday, November 6, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

भगवानपुरमा स्वास्थ्य सामग्री खरिदमा ठुलो भ्रष्टाचारको खेल छानबिनको माग

महेश सिंह by महेश सिंह
२०८३ आश्विन १०, शनिबार २:३४
भगवानपुरमा स्वास्थ्य सामग्री खरिदमा ठुलो भ्रष्टाचारको खेल छानबिनको माग

Loading

महेश सिंह,लहान सिरहा –सिरहाको भगवानपुर गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको गोष्ठीमा पालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीका इन्चार्ज तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो।

गोष्ठीमा आधारभूत स्वास्थ्य केन्द्र ठाडीका इन्चार्ज सन्दीपकुमार यादवले स्वास्थ्य कार्यक्रमसम्बन्धी प्रस्तुतीकरण गरेका थिए। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रेम दास, भगवानपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अनिता कुमारी यादव, पाँचवटै स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमकुमार यादव र उपाध्यक्ष रेखाकुमारी यादवको समेत उपस्थिति थियो।

स्वास्थ्य चौकी इनर्वाका इन्चार्ज देवेन्द्रदेव यादवका अनुसार गोष्ठीमा चालु आर्थिक वर्षमा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको समीक्षा गर्नुका साथै आगामी दिनमा स्वास्थ्य सेवा प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा. हिरालाल कामतीले स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति तथा उपकरणको अभाव रहेको गुनासो गरे। उनले आकस्मिक सेवा सञ्चालन, फोहोर व्यवस्थापन, एक्स–रे मेसिन, अक्सिजनलगायतका आधारभूत सुविधामा समस्या रहेको बताए।

उनका अनुसार स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको तुलनामा कार्यालय सहयोगीको संख्या बढी रहेको तथा स्वास्थ्य संस्थाको नियमित अनुगमन र निगरानी आवश्यक रहेको छ। स्वास्थ्य संस्थामा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने उनले बताए।

त्यस्तै, भगवानपुर गाउँपालिका–२ नहरारिगौलस्थित स्वास्थ्य चौकीमा समेत कर्मचारीको अभाव रहेको स्वास्थ्य चौकी प्रमुख भोगीलाल यादवले बताए। आवश्यक जनशक्ति व्यवस्थापन हुन नसक्दा सेवाग्राहीलाई प्रभावकारी सेवा दिन कठिनाइ भइरहेको उनको भनाइ थियो।

गोष्ठीमा स्वास्थ्य संस्थामा औषधि तथा स्वास्थ्य सामग्रीको नियमित उपलब्धताको विषयसमेत उठाइएको थियो। सहभागीहरूले सरकारी स्वास्थ्य संस्थाबाट प्रदान गरिने निःशुल्क औषधि तथा सेवा सहज र नियमितरूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए।

यसै क्रममा डा. कामतीले स्वास्थ्य शाखाबाट हुने औषधि तथा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा समेत प्रश्न उठाउँदै पारदर्शिता र प्रभावकारी अनुगमन आवश्यक रहेको बताए। उनले स्वास्थ्य शाखाको नेतृत्वले स्वास्थ्य संस्थामा देखिएका समस्या समाधानमा पर्याप्त ध्यान दिनुपर्ने धारणा राखे।

स्वास्थ्य शाखा प्रमुख अनिता कुमारी यादवमाथि स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको आरोपसमेत कार्यक्रममा उठाइएको थियो। सहभागी केही स्वास्थ्यकर्मीले खरिद तथा व्यवस्थापनसम्बन्धी कागजात र प्रक्रियामाथि प्रश्न उठाएका हुन्। यद्यपि, उक्त आरोपको स्वतन्त्र पुष्टि भएको छैन। आरोपबारे सम्बन्धित स्वास्थ्य शाखा प्रमुख तथा गाउँपालिकाको थप धारणा सार्वजनिक हुन बाँकी छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमकुमार यादवले जिम्मेवारीअनुसार काम नगर्ने कर्मचारीलाई आवश्यक कारबाही गर्नुपर्ने बताए। प्राविधिक समस्या देखाएर जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको अन्त्य गर्दै स्वास्थ्य सेवामा कार्यसम्पादन र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

गोष्ठीमा स्वास्थ्य संस्थामा देखिएका जनशक्ति, औषधि, उपकरण, आकस्मिक सेवा, फोहोर व्यवस्थापन तथा अनुगमनसम्बन्धी समस्याको पहिचान गरी आगामी स्वास्थ्य योजनामा समेट्ने विषयमा छलफल भएको आयोजकले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विकास कुमार सारडाद्वारा ‘राधे राधे ज्वेलर्स’ सञ्चालनमा, उद्घाटनकै दिन ग्राहकको भीड

लहानमा विकास कुमार सारडाद्वारा ‘राधे राधे ज्वेलर्स’ सञ्चालनमा, उद्घाटनकै दिन ग्राहकको भीड

२०८३ कार्तिक १९, बिहीबार १४:१३
सामाजिक सेवामा सक्रिय डा. कासिन्द्र मेहरा विश्व हिन्दु परिषद् नेपालद्वारा सम्मानित

सामाजिक सेवामा सक्रिय डा. कासिन्द्र मेहरा विश्व हिन्दु परिषद् नेपालद्वारा सम्मानित

२०८३ कार्तिक १९, बिहीबार ९:०५
जसपा नेपाल मधेश प्रदेश समितिका नवनियुक्त सदस्यद्वारा शपथ ग्रहण, निर्वाचनमा राम्रो नतिजा ल्याउने दाबी

जसपा नेपाल मधेश प्रदेश समितिका नवनियुक्त सदस्यद्वारा शपथ ग्रहण, निर्वाचनमा राम्रो नतिजा ल्याउने दाबी

२०८३ कार्तिक १९, बिहीबार ८:१९
धार्मिक पर्यटन प्रवर्द्धनका लागि विश्व हिन्दू परिषद् नेपालको धार्मिक यात्रा,सलहेश फूलबारीमा टोलीलाई स्वागत

धार्मिक पर्यटन प्रवर्द्धनका लागि विश्व हिन्दू परिषद् नेपालको धार्मिक यात्रा,सलहेश फूलबारीमा टोलीलाई स्वागत

२०८३ कार्तिक १८, बुधबार ८:४०
सिरहामा कुशवाहा समुदायको शुभकामना आदानप्रदान, एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड

सिरहामा कुशवाहा समुदायको शुभकामना आदानप्रदान, एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड

२०८३ कार्तिक १८, बुधबार ७:४५
जेन्जीलाई तुरुन्तै जागिर, द्वन्द्वपीडितलाई न्याय र रोजगारी खोइ ?’ लहानमा संक्रमणकालीन न्यायबारे छलफल

जेन्जीलाई तुरुन्तै जागिर, द्वन्द्वपीडितलाई न्याय र रोजगारी खोइ ?’ लहानमा संक्रमणकालीन न्यायबारे छलफल

२०८३ कार्तिक १८, बुधबार ६:२१
Next Post
रक्तदानसँगै विपन्न समुदायको स्वास्थ्य सेवामा जोड दिँदै लहान मनकामना अस्पताल

रक्तदानसँगै विपन्न समुदायको स्वास्थ्य सेवामा जोड दिँदै लहान मनकामना अस्पताल

लहान मनकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण

लहान मनकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण

वित्तीय ज्ञानसँगै आर्थिक आत्मनिर्भरताको आधार बन्दै ग्रामीण महिलाको तालिम

वित्तीय ज्ञानसँगै आर्थिक आत्मनिर्भरताको आधार बन्दै ग्रामीण महिलाको तालिम

Discussion about this post

ताजा समाचार

लहानमा विकास कुमार सारडाद्वारा ‘राधे राधे ज्वेलर्स’ सञ्चालनमा, उद्घाटनकै दिन ग्राहकको भीड

लहानमा विकास कुमार सारडाद्वारा ‘राधे राधे ज्वेलर्स’ सञ्चालनमा, उद्घाटनकै दिन ग्राहकको भीड

२०८३ कार्तिक १९, बिहीबार १४:१३
सामाजिक सेवामा सक्रिय डा. कासिन्द्र मेहरा विश्व हिन्दु परिषद् नेपालद्वारा सम्मानित

सामाजिक सेवामा सक्रिय डा. कासिन्द्र मेहरा विश्व हिन्दु परिषद् नेपालद्वारा सम्मानित

२०८३ कार्तिक १९, बिहीबार ९:०५
जसपा नेपाल मधेश प्रदेश समितिका नवनियुक्त सदस्यद्वारा शपथ ग्रहण, निर्वाचनमा राम्रो नतिजा ल्याउने दाबी

जसपा नेपाल मधेश प्रदेश समितिका नवनियुक्त सदस्यद्वारा शपथ ग्रहण, निर्वाचनमा राम्रो नतिजा ल्याउने दाबी

२०८३ कार्तिक १९, बिहीबार ८:१९
धार्मिक पर्यटन प्रवर्द्धनका लागि विश्व हिन्दू परिषद् नेपालको धार्मिक यात्रा,सलहेश फूलबारीमा टोलीलाई स्वागत

धार्मिक पर्यटन प्रवर्द्धनका लागि विश्व हिन्दू परिषद् नेपालको धार्मिक यात्रा,सलहेश फूलबारीमा टोलीलाई स्वागत

२०८३ कार्तिक १८, बुधबार ८:४०
सिरहामा कुशवाहा समुदायको शुभकामना आदानप्रदान, एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड

सिरहामा कुशवाहा समुदायको शुभकामना आदानप्रदान, एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड

२०८३ कार्तिक १८, बुधबार ७:४५
जेन्जीलाई तुरुन्तै जागिर, द्वन्द्वपीडितलाई न्याय र रोजगारी खोइ ?’ लहानमा संक्रमणकालीन न्यायबारे छलफल

जेन्जीलाई तुरुन्तै जागिर, द्वन्द्वपीडितलाई न्याय र रोजगारी खोइ ?’ लहानमा संक्रमणकालीन न्यायबारे छलफल

२०८३ कार्तिक १८, बुधबार ६:२१
लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

२०८३ कार्तिक १०, मंगलवार २२:१०
ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८३ कार्तिक ९, सोमबार १३:१९
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८३ कार्तिक ९, सोमबार ११:२२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.