Nepal BBC
Friday, October 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

वित्तीय ज्ञानसँगै आर्थिक आत्मनिर्भरताको आधार बन्दै ग्रामीण महिलाको तालिम

महेश सिंह by महेश सिंह
२०८३ आश्विन ११, आईतवार ०८:४७
वित्तीय ज्ञानसँगै आर्थिक आत्मनिर्भरताको आधार बन्दै ग्रामीण महिलाको तालिम

Loading

महेश सिंह लहान सिरहा- आर्थिक कारोबार, बचत, डिजिटल बैंकिङ र सुरक्षित आवासबारे व्यवहारिक ज्ञान पाएपछि सिरहाको गोलबजार नगरपालिका–४ निपनिया टोलका ग्रामीण महिला आर्थिक निर्णयमा थप सचेत बन्न थालेका छन्।

सहारा नेपालद्वारा सञ्चालित होम्स नेपाल परियोजनाअन्तर्गत लघुवित्त समूहमा आबद्ध महिला सदस्य तथा स्थानीय महिलालाई लक्षित गरी सञ्चालन गरिएको आठदिने वित्तीय साक्षरता तथा सुरक्षित आवाससम्बन्धी तालिमले सहभागीलाई आम्दानी र खर्च व्यवस्थापनदेखि वित्तीय जोखिम न्यूनीकरणसम्मका विषयमा व्यवहारिक ज्ञान दिएको हो।

JOA को आर्थिक सहयोग तथा Habitat for Humanity को साझेदारीमा सञ्चालित तालिममा मिथिला लघुवित्त संस्थामा आबद्ध सदस्यसहित महिला तथा पुरुष गरी २१ जनाको सहभागिता रहेको थियो। भदौ २५ देखि असोज २ गतेसम्म सञ्चालन भएको तालिम प्रत्येक दिन दुई घण्टाका दरले सञ्चालन गरिएको आयोजकले जनाएको छ।

तालिममा सहभागीलाई आवश्यकता र चाहनाबीचको फरक पहिचान, पारिवारिक वित्तीय योजना, बचत तथा वित्तीय लक्ष्य निर्धारण, जिम्मेवार खर्च, बैंकिङ सेवा, मोबाइल तथा विद्युतीय बैंकिङको सुरक्षित प्रयोग, बीमा, विप्रेषण, वित्तीय जोखिम तथा गुनासो व्यवस्थापनबारे जानकारी दिइएको थियो।

त्यस्तै, सहभागीलाई सुरक्षित आवास व्यवस्थापन, जोखिम न्यूनीकरण, लघु व्यवसाय सञ्चालन तथा व्यवसायिक योजना निर्माणका विषयमा समेत अभ्यास गराइएको थियो। प्रशिक्षकहरूले व्याख्यानमा मात्र सीमित नरही अन्तरक्रिया तथा व्यवहारिक अभ्यासमार्फत विषयवस्तु सहजीकरण गरेका थिए।

समापन कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल, सिरहा शाखाका संयोजक गोविन्द विष्टले महिलाले बचतलाई प्राथमिकता दिन सके परिवारको आर्थिक व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने बताए। उनले महिलामा वित्तीय ज्ञान बढाउन सके त्यसको प्रभाव परिवार हुँदै समुदायको आर्थिक अवस्थामा समेत पर्ने उल्लेख गरे।

जिल्ला समन्वय समिति सिरहाका सदस्य जानकी यादवले महिलाको आर्थिक सशक्तीकरणका लागि वित्तीय ज्ञान र सीप आवश्यक रहेको बताए। मिथिला लघुवित्त संस्था चोहर्वा शाखाका प्रमुख रामानन्द यादवले तालिमले संस्थामा आबद्ध सदस्यमा वित्तीय अनुशासन विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

महिला अधिकारकर्मी रीता महतोले महिलालाई घरायसी जिम्मेवारीमा मात्र सीमित नराखी आयआर्जन तथा साना व्यवसायमा जोड्नुपर्ने बताइन्। उनले महिलाको आर्थिक आत्मनिर्भरता बढेसँगै परिवार तथा समाजमा निर्णय गर्ने क्षमता पनि बलियो हुने धारणा व्यक्त गरिन्।

सञ्चारकर्मी महेश सिंहले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा लागू गर्न सकेमात्र त्यसको वास्तविक उपलब्धि देखिने बताए। ग्रामीण महिलालाई लक्षित गरी सञ्चालन गरिएका यस्ता कार्यक्रमले आर्थिक सचेतना बढाउनुका साथै आत्मनिर्भरतातर्फ अघि बढ्न सहयोग पुग्ने उनको भनाइ थियो।

तालिमकी सहभागी पुनम रामले आर्थिक अनुशासन तथा बचतसम्बन्धी व्यवहारिक ज्ञान प्राप्त भएको बताइन्। अर्की सहभागी विद्या साहले अनावश्यक खर्च घटाएर बचत बढाउने तथा आर्थिक निर्णय गर्दा सोचविचार गर्ने आत्मविश्वास बढेको बताइन्।

सहारा नेपालका सिरहा जिल्ला अधिकृत राम भरोसी महतोले तालिमको प्रारम्भमा सहारा नेपाल, Habitat for Humanity र होम्स नेपाल परियोजनाबारे जानकारी गराउँदै कार्यक्रमको उद्देश्य र अपेक्षित उपलब्धिबारे प्रकाश पारेका थिए। तालिमको सहजीकरण गंगामाया श्रेष्ठ तथा वित्तीय साक्षरता र सुरक्षित आवाससम्बन्धी प्रशिक्षक प्रशिक्षण प्राप्त प्रियंका कुमारी महतोले गरेका थिए।

आयोजकका अनुसार तालिमपछि सहभागीमा बचत गर्ने, जिम्मेवार रूपमा खर्च गर्ने, वित्तीय सेवाको सुरक्षित प्रयोग गर्ने तथा वित्तीय जोखिम र ठगीबाट जोगिने क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ। सुरक्षित आवाससम्बन्धी ज्ञानले घर तथा आवास व्यवस्थापनमा जोखिम न्यूनीकरण गर्नसमेत सहयोग पुग्ने जनाइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८३ आश्विन ११, आईतवार ०८:४७
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८३ आश्विन ११, आईतवार ०८:४७
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८३ आश्विन ११, आईतवार ०८:४७
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८३ आश्विन ११, आईतवार ०८:४७
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८३ आश्विन ११, आईतवार ०८:४७
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०८३ आश्विन ११, आईतवार ०८:४७
Next Post
लहान नगर सभापतिको दौडमा उमेश चौधरी, विद्यार्थी राजनीतिदेखि शिक्षा क्षेत्रसम्मको अनुभव

Discussion about this post

ताजा समाचार

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८३ आश्विन ११, आईतवार ०८:४७
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८३ आश्विन ११, आईतवार ०८:४७
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८३ आश्विन ११, आईतवार ०८:४७
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८३ आश्विन ११, आईतवार ०८:४७
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८३ आश्विन ११, आईतवार ०८:४७
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०८३ आश्विन ११, आईतवार ०८:४७
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०८३ आश्विन ११, आईतवार ०८:४७
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

२०८३ आश्विन ११, आईतवार ०८:४७
नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

२०८३ आश्विन ११, आईतवार ०८:४७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.