![]()
महेश सिंह सिरहा — बन्द गर्ने सरकारी निर्णयपछि सिरहाको सीमावर्ती क्षेत्रका व्यापारी, मजदुर तथा सर्वसाधारणमा आर्थिक असरको चिन्ता बढ्न थालेको छ।
नेपाल सरकारले २१ वैशाख २०८३ मा राजपत्रमार्फत बरियारपट्टी छोटी भन्सार कार्यालय खारेज गर्ने निर्णय सार्वजनिक गरेपछि स्थानीय बजार प्रभावित हुने भन्दै विरोध सुरु भएको हो। सोमबार मा स्थानीयवासी, व्यापारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले चक्काजाम गर्दै निर्णय फिर्ताको माग गरेका छन्।
स्थानीय व्यापारीहरूका अनुसार छोटी भन्सार बन्द भए सीमावर्ती व्यापार घट्ने, दैनिक उपभोग्य वस्तुको कारोबार प्रभावित हुने तथा सयौं मजदुरको रोजगारी संकटमा पर्ने अवस्था सिर्जना हुनेछ। बरियारपट्टी नाकाबाट हुने सानो स्तरको व्यापारले आसपासका बजार चलायमान राखेको उनीहरूको भनाइ छ।
प्रदर्शनमा सहभागी स्थानीयले भन्सार कार्यालय केवल राजस्व संकलनको केन्द्र मात्र नभई स्थानीय अर्थतन्त्रको आधार भएको बताएका छन्। उनीहरूले कार्यालय बन्द हुँदा ग्रामीण बजार सुनसान बन्ने र व्यवसायी पलायन हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।
यसअघि पनि स्थानीयवासीले २५ वैशाखदेखि २७ वैशाखसम्म चरणबद्ध आन्दोलन गरेका थिए। तर सरकारको निर्णय फिर्ता नभएपछि आन्दोलनलाई थप सशक्त बनाइएको स्थानीय संघर्ष समितिले जनाएको छ।
प्रदर्शनका कारण केही समय जिरोमाइल क्षेत्रको यातायातसमेत प्रभावित बनेको थियो। आन्दोलनकारीहरूले सरकारसँग तत्काल वार्ता गरी निर्णय पुनर्विचार गर्न माग गरेका छन्।











Discussion about this post