Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८३ बैशाख ८, मंगलवार १६:४४
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

Loading

महेश सिंह लहान, सिरहा — समाज बदलिँदै जाँदा परिवारभित्रै उपेक्षित हुँदै गएका जेष्ठ नागरिकका लागि लहान नगरपालिका–२४ मा ‘स्नेह वृद्धाश्रम’ स्थापना गरिएको छ। स्नेह वृद्धाश्रम नाम दिइएको उक्त आश्रम अब सहाराविहीन वृद्धहरूको नयाँ घर बन्ने अपेक्षा गरिएको छ।
नगर प्रमुख महेश प्रसाद चौधरी ले आश्रमको उद्घाटन गर्दै जेष्ठ नागरिकको सम्मान र संरक्षण स्थानीय तहको प्राथमिकतामा पर्ने बताए। नगरपालिकाले गोविन्दपुरस्थित ऐलानी करिब १० कट्ठा जग्गा उपलब्ध गराएपछि आश्रम भवन निर्माण प्रक्रिया सुरु भएको हो। निर्माणका लागि पूर्वाधार विकास कार्यालय सिरहा मार्फत २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
यस अभियानको नेतृत्व मुक्ति नेपाल की सिरहा उपाध्यक्ष रिता महतो ले गरेकी छन्। “जेष्ठ नागरिकको सेवा गर्ने इच्छा धेरै अघिदेखि थियो, अब त्यो सपना साकार हुँदैछ,” उनी भन्छिन्।
आश्रम सञ्चालन भने चुनौतीपूर्ण रहने देखिन्छ। महतो भन्छिन्, “दाताहरू खोज्दैछु, सहयोग आउँछ भन्ने विश्वास छ। आवश्यक परे भिक्षा मागेर भए पनि सेवा रोकिने छैन।”
उनका अनुसार आश्रममा छोराछोरी नभएका, वा भएर पनि हेरचाह नपाएका देशका जुनसुकै स्थानका जेष्ठ नागरिकलाई राखिनेछ।
११ सदस्यीय कार्यसमिति रहेको आश्रममा संजय अग्रवाल उपाध्यक्ष छन्। उद्घाटनकै दिन करिब डेढ दर्जन जेष्ठ नागरिकलाई गम्छा ओढाएर सम्मान गरिएको थियो।
परिवारको घेराभन्दा बाहिर धकेलिँदै गएका जेष्ठ नागरिकका लागि यो पहल केवल भवन निर्माण होइन,सामाजिक संवेदनशीलताको परीक्षा पनि हो स्नेह वृद्धा आश्रमको अध्यक्ष रिता महतोले जानकारी दिनु भयो। अध्यक्ष महतोकि अथक प्रयास पछि वृद्धा आश्रमको निर्माणका लागी भुमिपुजन सम्पन्न भएको हो। निर्माणको कार्य सुरु हुने भएको छ। लहान नगरपालिकामा पहिलो वृद्धा आश्रम निर्माण हुन् लागेको हो। अध्यक्ष महतो लामो समय देखि महिला अधिकारकर्मीको रूपमा कार्य गर्दै आएको छ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८३ बैशाख ८, मंगलवार १६:४४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८३ बैशाख ८, मंगलवार १६:४४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८३ बैशाख ८, मंगलवार १६:४४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८३ बैशाख ८, मंगलवार १६:४४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८३ बैशाख ८, मंगलवार १६:४४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८३ बैशाख ८, मंगलवार १६:४४
Next Post
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८३ बैशाख ८, मंगलवार १६:४४
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८३ बैशाख ८, मंगलवार १६:४४
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८३ बैशाख ८, मंगलवार १६:४४
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८३ बैशाख ८, मंगलवार १६:४४
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८३ बैशाख ८, मंगलवार १६:४४
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८३ बैशाख ८, मंगलवार १६:४४
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८३ बैशाख ८, मंगलवार १६:४४
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८३ बैशाख ८, मंगलवार १६:४४
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८३ बैशाख ८, मंगलवार १६:४४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.