![]()
महेश सिंह लहान –नेपाल कुशवाहा कल्याण समाजको मोरङ जिल्ला समिति अन्तर्गतको आठौं अधिवेशन तथा लवकुश जन्मोत्सव कटहरीमा भव्य रूपले सम्पन्न भएको छ।
कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष श्री राकेश मेहता ज्यु प्रमुख अतिथि रहनु भएको थियो भने वरिष्ठ उपाध्यक्ष माननीय राजकुमार सिंह ज्युसहित विभिन्न distinguished अतिथिहरुको उपस्थितिले कार्यक्रमलाई विशेष महत्व दिएको थियो।
अधिवेशनमार्फत नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ। नव निर्वाचित समिति अध्यक्ष मन्जय सिंह रहनु भएको छ भने अन्य पदाधिकारी पनि चयन भएका छन्।
समाजका पदाधिकारी र अतिथिहरुले नव निर्वाचित समितिलाई सफल कार्यकालका लागि शुभकामना दिँदै संगठनलाई अझ मजबुत र प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरेका छन्।




















Discussion about this post