Nepal BBC
Sunday, October 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २६ जना सहसचिवको सरुवा

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र २५, शनिबार ११:१४
विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २६ जना सहसचिवको सरुवा

Loading

काठमाडौं । सरकारले दुई दर्जन बढी सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २६ जना सहसचिवको सरुवा गरेका हुन्। सत्य निरुपण आयोगकी सहसचिव सुशीला अर्यालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ भने श्रम मन्त्रालयका सहसचिव रमेश अर्यालको सत्य निरुपण आयोगमा सरुवा गरिएको छ।

उद्योग, पर्यटन मन्त्रालय सुर्खेतका मोहनदेव जोशीको वन तथा वातावरण मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका नवराज पुडासैनीको उद्योग, पर्यटन मन्त्रालय सुर्खेत, मुख्यमन्त्रीको कार्यालय मधेस प्रदेशका शिवनाथ पौडेलको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन्। राष्ट्रिय दलित आयोगका निश्चलराज पाण्डेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय मधेस प्रदेशका ओमनारायण श्रेष्ठको युवा, खेलकुद मन्त्रालयमा सरुवा भएको छ।

यस्तै, युवा खेलकुद मन्त्रालयका रामशरण सापकोटाको सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशका रामहरि ज्ञवालीको उद्योग मन्त्रालय लुम्बिनी प्रदेश र उद्योग मन्त्रालय लुम्बिनी प्रदेशका हेमराज सुवेदीको शिक्षा मन्त्रालय गण्डकी प्रदेशमा सरुवा भएको छ।

कृषि तथा पशुपक्षी मन्त्रालयका कृष्ण धिताललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ भने अतिरिक्तका रामबन्धु सुवेदीको आर्थिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, खानेपानी मन्त्रालयका जकी अहमत अन्सारीको पर्यटन मन्त्रालय लुम्बिनी प्रदेश, पर्यटन मन्त्रालय लुम्बिनीका महेशचन्द्र न्यौपाने सहरी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेलाई आर्थिक मामिला मन्त्रालय सुर्खेत सरुवा गरिएको छ।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शंकर नेपालको सञ्चार मन्त्रालयमा सरुवा भएको छ भने काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतबाट केही दिनअघि मात्रै जगेडामा तानिएका लोकनाथ पौडेलको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको छ । सामान्यको अतिरिक्तमा रहेका विष्णु कोइरालालाई विराटनगर महानगरमा प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको छ भने विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतको आन्तरिक मामिला मन्त्रालय विराटनगर सरुवा गरिएको छ।

अर्थ मन्त्रालयका मुक्तिप्रसाद पाण्डेको लोकसेवा आयोग र आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेशका जितेन्द्र बस्नेतको अर्थ मन्त्रालयमा सरुवा भएको छ।

त्यस्तै, सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका दीर्घ मैनालीको अर्थ मन्त्रालय, अर्थ मन्त्रालयका महेश भट्टराईको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सामाजिक विकास मन्त्रालय बागमतीका श्रीकृष्ण नेपालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लोकसेवा आयोगका रुद्र लामिछानेको मधेसी आयोग, अतिरिक्तका ध्रुवराम पण्डितको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, अतिरिक्तका ज्ञानप्रसाद ढकालको पर्यटन मन्त्रालय र सहसचिव माधवप्रसाद भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र २५, शनिबार ११:१४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र २५, शनिबार ११:१४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र २५, शनिबार ११:१४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र २५, शनिबार ११:१४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र २५, शनिबार ११:१४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र २५, शनिबार ११:१४
Next Post
सिराहामा चाइना रेल्वेको बदमासी, वर्षामा पनि निरन्तर नदी उत्खनन्

सिराहामा चाइना रेल्वेको बदमासी, वर्षामा पनि निरन्तर नदी उत्खनन्

दार्चुला पहिरो : ५ जनाको मृत्यु, ७ जना बेपत्ता, ८  घाइते

दार्चुला पहिरो : ५ जनाको मृत्यु, ७ जना बेपत्ता, ८  घाइते

एएफसी छनोटमा नेपाल भुटानसँग पराजित

एएफसी छनोटमा नेपाल भुटानसँग पराजित

Discussion about this post

ताजा समाचार

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०७९ भाद्र २५, शनिबार ११:१४
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०७९ भाद्र २५, शनिबार ११:१४
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०७९ भाद्र २५, शनिबार ११:१४
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०७९ भाद्र २५, शनिबार ११:१४
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०७९ भाद्र २५, शनिबार ११:१४
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०७९ भाद्र २५, शनिबार ११:१४
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०७९ भाद्र २५, शनिबार ११:१४
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०७९ भाद्र २५, शनिबार ११:१४
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

२०७९ भाद्र २५, शनिबार ११:१४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.