Nepal BBC
Friday, December 12, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

इटहरीमा शिखर सम्मेलन र विश्व शान्ति कन्सर्ट सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ पुष १४, आईतवार २३:३३
इटहरीमा शिखर सम्मेलन र विश्व शान्ति कन्सर्ट सम्पन्न

Loading

जलवायु परिवर्तन र पृथ्वी पुनर्स्थापनामा युवाको सक्रियता

 महेश सिंह लहान, सिरहा –सुनसरीको इटहरीमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपाल र ASEZ (विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह) को आयोजनामा शिखर सम्मेलन तथा विश्व शान्ति कन्सर्ट भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले जलवायु परिवर्तन, वातावरणीय क्षति, र पृथ्वी पुनर्स्थापनाको महत्त्वबारे जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याएको छ।
कार्यक्रमको केन्द्रबिन्दु पृथ्वी पुनर्स्थापना परियोजना (Earth Recovery Project) थियो। यो परियोजनाले विश्वव्यापी रूपमा बढिरहेको भूमि क्षयीकरण, मरुभूमिकरण, र खडेरीका समस्या समाधान गर्न जनसहभागिता र सचेतना विस्तार गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले वातावरणीय समस्यालाई समाधान गर्न राज्य र समाजको सहकार्य आवश्यक रहेको बताउनुभयो। इटहरी उपमहानगरपालिकाकी उपमेयर सङ्गीता कुमारी चौधरीले दिगो विकास र वातावरणीय संरक्षणबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपालका अध्यक्ष तेजेन्द्र गौतम, विश्व आदर्श कलेजका प्राचार्य गणेश कुमार दुलाल, र प्रदेश १ का प्रमुख सुमन योञ्जन लगायत विशिष्ट वक्ताहरूले मन्तव्य दिनुभयो।

कार्यक्रममा समाज विकास मन्त्री जीवन घिमिरे, प्रदेशसभा सदस्य रोहित बहादुर कार्की, पूर्व स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बु लगायत ४२० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो।
पूर्व मन्त्री लिम्बुले “युवा शक्तिलाई वातावरणीय अभियानमा समाहित गर्दै मुलुकलाई जलवायु संकटबाट जोगाउन जनस्तरबाटै अभियान चलाउन आवश्यक छ,” भन्नुभयो। मन्त्री घिमिरेले विकास र संरक्षणलाई सँगै अघि बढाउनुपर्ने औंल्याउँदै, “विकासका नाममा प्रकृति विनाश स्वीकार गर्नु कहिल्यै उचित हुँदैन,” भन्नुभयो।
कार्यक्रममा भएको गायन तथा सांगीतिक प्रस्तुतिले सहभागीहरूमा सकारात्मक ऊर्जा थपेको थियो। सांगीतिक कार्यक्रमले वातावरणीय समस्यालाई सिर्जनात्मक तरिकाले प्रस्तुत गर्दै जनचेतना फैलाउन भूमिका खेलेको आयोजकले बताए।

ASEZ ले नेपाल लगायत विश्वभर जलवायु परिवर्तनविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसले आपतकालीन राहत कार्य, सरसफाइ अभियान, र स्वास्थ्य परीक्षणका साथै वृद्धवृद्धाहरूको स्वास्थ्य सेवा जस्ता कार्यक्रमहरू सञ्चालन गरेको छ।
कार्यक्रमबारे जानकारी दिँदै परमेश्वरको मण्डली लहानका प्रमुख हेमन्त राजीले भने, “यो परियोजना केवल सचेतना फैलाउन मात्र होइन, स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक परिवर्तन ल्याउन उद्देश्यित छ।”

कार्यक्रमको समापनमा सहभागीहरूले व्यक्तिगत र सामूहिक दायित्वबोध गर्दै जलवायु परिवर्तनविरुद्ध पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
लहान मण्डलीका प्रतिनिधि सुशील कुमार शर्माका अनुसार कार्यक्रमको उद्देश्य विश्वव्यापी चुनौती बनेको ग्लोबल वार्मिङको समाधान खोज्दै मुलुकलाई संकटबाट जोगाउनु हो।
इटहरीमा सम्पन्न शिखर सम्मेलनले वातावरणीय मुद्दामा सचेतना विस्तार गर्दै पृथ्वी संरक्षणका लागि समाज र सरकारलाई एकसाथ अघि बढ्न प्रेरित गरेको सुशील कुमार शर्माले जानकारी दिनु भयो।

महेश सिंह

महेश सिंह

Related Posts

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

२०८१ पुष १४, आईतवार २३:३३
मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

२०८१ पुष १४, आईतवार २३:३३
चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

२०८१ पुष १४, आईतवार २३:३३
भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

२०८१ पुष १४, आईतवार २३:३३
प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

२०८१ पुष १४, आईतवार २३:३३
लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

२०८१ पुष १४, आईतवार २३:३३
Next Post
मधेसमा औषधि व्यवसायी संघको अधिवेशन सम्पन्न, शिवनाथ सिंह पुनः अध्यक्ष

मधेसमा औषधि व्यवसायी संघको अधिवेशन सम्पन्न, शिवनाथ सिंह पुनः अध्यक्ष

खुट्टीखोला उत्खननमा समस्या: स्थानीयको माग र कार्यालयको कुनै दोस नरहेको प्रमुख मिश्रको जोड

खुट्टीखोला उत्खननमा समस्या: स्थानीयको माग र कार्यालयको कुनै दोस नरहेको प्रमुख मिश्रको जोड

पुर्व प्रधानपञ्च देवनारायण यादवको निधन

पुर्व प्रधानपञ्च देवनारायण यादवको निधन

Discussion about this post

ताजा समाचार

सप्तरीको खडक नगरपालिका–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

सप्तरीको खडक नगरपालिका–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

२०८१ पुष १४, आईतवार २३:३३
रघुनाथपुरमा श्रृजनशील लघुवित्तद्वारा वित्तीय साक्षरता अभिमुखिकरण सम्पन्न

रघुनाथपुरमा श्रृजनशील लघुवित्तद्वारा वित्तीय साक्षरता अभिमुखिकरण सम्पन्न

२०८१ पुष १४, आईतवार २३:३३
प्रादेशिक अस्पताल लहानमा फलफूल वितरण

प्रादेशिक अस्पताल लहानमा फलफूल वितरण

२०८१ पुष १४, आईतवार २३:३३
नेपाली कांग्रेस सिरहा-२ बाट रामचन्द्र, चित्रलेखा र अमिय यादवको नाम सर्वसम्मत सिफारिस

नेपाली कांग्रेस सिरहा-२ बाट रामचन्द्र, चित्रलेखा र अमिय यादवको नाम सर्वसम्मत सिफारिस

२०८१ पुष १४, आईतवार २३:३३
राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर अरबिन्द कुमार राम सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर अरबिन्द कुमार राम सिफारिस

२०८१ पुष १४, आईतवार २३:३३
शिक्षा र खेलकुदलाई प्रोत्साहन: मन्त्री गुप्ताबाट प्राप्त फुटबल बालासुन्दरी मा.वि.लाई हस्तान्तरण

शिक्षा र खेलकुदलाई प्रोत्साहन: मन्त्री गुप्ताबाट प्राप्त फुटबल बालासुन्दरी मा.वि.लाई हस्तान्तरण

२०८१ पुष १४, आईतवार २३:३३
मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

२०८१ पुष १४, आईतवार २३:३३
धनुषामा एक हप्तामा दुई महिलाको शंकास्पद मृत्यु : महिला अधिकारकर्मीको खबरदारी र्याली, प्रहरीलाई ध्यानाकर्षण पत्र

धनुषामा एक हप्तामा दुई महिलाको शंकास्पद मृत्यु : महिला अधिकारकर्मीको खबरदारी र्याली, प्रहरीलाई ध्यानाकर्षण पत्र

२०८१ पुष १४, आईतवार २३:३३
मिर्चैया उद्योग वाणिज्य संघको निर्वाचनमा राज कुमार साह सर्वाधिक बलियो दाबी

मिर्चैया उद्योग वाणिज्य संघको निर्वाचनमा राज कुमार साह सर्वाधिक बलियो दाबी

२०८१ पुष १४, आईतवार २३:३३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...