Nepal BBC
Friday, November 27, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

हिंसाविरुद्ध स्थानीय सरकारको अगुवाइ, न्याय र संरक्षणको जिम्मेवारीमा जोड

महेश सिंह by महेश सिंह
२०८३ मंसिर ११, शुक्रबार ७:३४
हिंसाविरुद्ध स्थानीय सरकारको अगुवाइ, न्याय र संरक्षणको जिम्मेवारीमा जोड

Loading

महेश सिंह,सिरहा – लैङ्गिक हिंसाविरुद्धको अभियानमा यस वर्ष स्थानीय तथा प्रदेश सरकारले नेतृत्वदायी भूमिका लिन थालेका छन्। विगतमा मुख्यतः सामाजिक संघसंस्थाको अगुवाइमा सञ्चालन हुँदै आएको १६ दिने अभियान यसपटक सरकारी निकायको नेतृत्व र नागरिक समाजको साझेदारीमा अघि बढ्नुले हिंसा न्यूनीकरणको प्रयासमा नयाँ सन्देश दिएको छ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सिरहाको धनगढीमाई र गोलबजार नगरपालिकासहित मधेस प्रदेशका विभिन्न स्थानमा र्‍याली, कोणसभा तथा सचेतनामूलक कार्यक्रम गरी शुभारम्भ गरिएको छ।

धनगढीमाई नगरपालिकाको आयोजनामा मानवअधिकार संरक्षण केन्द्र सञ्जाल सिरहा, समग्र जनउत्थान केन्द्र, सहारा नेपाललगायत संघसंस्थाको सहकार्यमा अभियान सुरु गरिएको हो। नगरपालिकाबाट सुरु भएको र्‍याली विभिन्न स्थान परिक्रमा गर्दै जिरोमाइल चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कार्यक्रममा नगरप्रमुख शिवशंकर महतोले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई १६ दिनमा मात्र सीमित नराखी वर्षभरि निरन्तर सञ्चालन गर्नुपर्ने बताउनुभयो। हिंसामुक्त समाज निर्माणका लागि सरकारी निकाय, सामाजिक संघसंस्था र समुदाय सबैले जिम्मेवारी लिनुपर्ने उहाँको भनाइ थियो।

प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंले हिंसापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न सरोकारवाला निकाय जिम्मेवार र संवेदनशील हुनुपर्ने बताउनुभयो। उहाँले हिंसा अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक चेतना र व्यवहार परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो।

नगर उपप्रमुख संगीता चौधरीले महिलामाथि हुने हिंसा, विभेद र दुर्व्यवहार अन्त्य गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउनुभयो। सामाजिक डर, लाज, पारिवारिक दबाब र प्रतिष्ठाका कारण पीडितले अन्याय सहनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो। हिंसापीडितलाई न्याय, सुरक्षा र आवश्यक सहयोग उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

महिला अधिकारकर्मी शोभा बरालले हिंसाका घटनामा पीडकलाई कानुनी कारबाही र पीडितलाई उचित संरक्षण तथा न्यायको सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो। धनगढीमाई नगरपालिकाकी महिला शाखा प्रमुख नितु सिंहले अभियान अवधिभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

समग्र जनउत्थान केन्द्रका अध्यक्ष तथा सहारा नेपालका जिल्ला अधिकृत रामभरोसी महतोले हिंसामुक्त समाज निर्माण कुनै एक संस्था वा निकायको प्रयासबाट सम्भव नहुने बताउनुभयो। उहाँले स्थानीय सरकार, प्रदेश सरकार, सुरक्षा निकाय, नागरिक समाज र समुदायबीच प्रभावकारी सहकार्य तथा सकारात्मक व्यवहार परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो।

मानवअधिकार संरक्षण केन्द्र सञ्जाल सिरहाकी संयोजक तथा मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले अभियानको उद्देश्य र प्रभावकारिताबारे प्रकाश पार्नुभएको थियो।

यसैबीच गोलबजार नगरपालिकाले पनि विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा अभियान शुभारम्भ गरेको छ। नगरपालिकाबाट सुरु भएको र्‍याली बजार परिक्रमा गरी नगरपालिका परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो।

गोलबजारमा अभियानलाई थप सन्देशमूलक बनाउन मुक्ति नेपालको नाटक टोलीले डिजिटल हिंसाविरुद्ध सडक नाटक प्रदर्शन गरेको थियो। नाटकमार्फत सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट हुने दुर्व्यवहार, हिंसा र त्यसबाट बच्ने उपायबारे सचेतना फैलाइएको थियो।

कोणसभामा नगर उपप्रमुख मान्ती कुमारी साहले हिंसापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न नगरपालिकाको न्यायिक समितिमार्फत जिम्मेवार भएर काम गरिरहेको बताउनुभयो। हिंसा सहेर बस्नु समाधान नभएको उल्लेख गर्दै उहाँले अन्यायविरुद्ध खुलेर आवाज उठाउन र पीडितलाई न्याय दिलाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

यस्तै, मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयले विभिन्न सामाजिक संघसंस्थासँगको सहकार्यमा जनकपुरधाममा प्रभातफेरी आयोजना गरी अभियान शुभारम्भ गरेको छ।

यस वर्षको अभियानमा देखिएको सरकारी नेतृत्व र सामाजिक संघसंस्थाबीचको साझेदारीले हिंसाविरुद्धको प्रयासलाई संस्थागत बनाउने अपेक्षा गरिएको छ। विशेषगरी स्थानीय तहका न्यायिक समिति, महिला तथा बालबालिका शाखा र सुरक्षा निकायको सक्रियताले पीडितलाई न्याय तथा संरक्षण उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ।

तर अभियानको वास्तविक सफलता र्‍याली, भाषण र औपचारिक कार्यक्रमको संख्याले मात्र मापन हुने छैन। हिंसाका घटना न्यूनीकरण, पीडितको सुरक्षित उजुरी प्रणाली, प्रभावकारी कानुनी कारबाही, पुनःस्थापना र न्यायमा सहज पहुँच सुनिश्चित गर्न सरकारी निकायले वर्षभरि गर्ने कामले नै यसको उपलब्धता निर्धारण गर्नेछ।

अभियानको मुख्य सन्देश स्पष्ट छ—हिंसाविरुद्ध आवाज उठाउनु नागरिकको दायित्व हो भने पीडितलाई न्याय र सुरक्षा सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा संरक्षण परियोजनाको वार्षिक समीक्षा तथा सिकाइ गोष्ठी सम्पन्न

लहानमा संरक्षण परियोजनाको वार्षिक समीक्षा तथा सिकाइ गोष्ठी सम्पन्न

२०८३ मंसिर १०, बिहीबार ८:५०
डिजिटल हिंसाविरुद्ध सडक नाटकमार्फत सन्देश, गोलबजारमा १६ दिने अभियान सुरु

डिजिटल हिंसाविरुद्ध सडक नाटकमार्फत सन्देश, गोलबजारमा १६ दिने अभियान सुरु

२०८३ मंसिर १०, बिहीबार ७:२५
२९ वर्षको शैक्षिक अनुभव बोकेर राजनीतिमा पाण्डव हमाल

२९ वर्षको शैक्षिक अनुभव बोकेर राजनीतिमा पाण्डव हमाल

२०८३ मंसिर १०, बिहीबार १:३५
लहानका काङ्ग्रेसले नयाँ नेतृत्व पाउदा सभापति उमेश चौधरीले जनताको समस्या बुझ्न् उत्प्रेरित

लहानका काङ्ग्रेसले नयाँ नेतृत्व पाउदा सभापति उमेश चौधरीले जनताको समस्या बुझ्न् उत्प्रेरित

२०८३ मंसिर ९, बुधबार ७:२८
शान्तिनगर बजार विकास समितिद्वारा वार्षिकोत्सव तथा कार्तिक पूर्णिमा मेला आयोजना

शान्तिनगर बजार विकास समितिद्वारा वार्षिकोत्सव तथा कार्तिक पूर्णिमा मेला आयोजना

२०८३ मंसिर ८, मंगलवार २१:११
विपद् व्यवस्थापन र सामाजिक सेवामा सक्रिय हुन एनसीसी क्याडेटलाई लक्ष्मण शर्माको प्रेरणा

विपद् व्यवस्थापन र सामाजिक सेवामा सक्रिय हुन एनसीसी क्याडेटलाई लक्ष्मण शर्माको प्रेरणा

२०८३ मंसिर ७, सोमबार १२:३४

Discussion about this post

ताजा समाचार

दुई दशकपछि एउटै आँगनमा जुटे विद्यार्थी र गुरु,पुराना सम्झनासँगै शिक्षक सम्मान

दुई दशकपछि एउटै आँगनमा जुटे विद्यार्थी र गुरु,पुराना सम्झनासँगै शिक्षक सम्मान

२०८३ मंसिर ६, आईतवार २३:४५
मानवीय सेवामा रुद्रगण धार्मिक संस्था, रक्तदानबाट २५७ प्वाईन्ट रगत संकलन

मानवीय सेवामा रुद्रगण धार्मिक संस्था, रक्तदानबाट २५७ प्वाईन्ट रगत संकलन

२०८३ मंसिर ६, आईतवार २१:२५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.