लहान – सुझ बुझ कम भएको एक जना महिला पछिल्लो १० दिन देखि सम्पर्क बिहिन भएका छन्। सिरहाको लहान नगरपालिका वडा नम्बर १३ सरसवती घर भएका कुलदिप महतोको श्रीमती संगिता कुमारी महतो र ७” बर्षको छोरा लिएर २ गते बुधबार करिब ८ बजे रातिको समयमा घरबाट निस्केका हुन्।
पछिल्लो १ बर्ष देखि श्रीमान कुलदिप महतो संगै संगिता लहान १ स्थित कोठा भाडामा बस्दै आएका थिए।जिबिको पार्जन गर्न बोर्डिङ्ग स्कुलमा काम गर्दै आएका थिए। लहानबाट एक दुई दिनका लागी घर गएका संगिता रातीको समय घरबाट निस्केर सम्पर्क बिहिन भएका छन्।
१० दिन देखि सम्पर्क हुँदा संगिता र बच्चालाई खोजन ईलाका प्रहरी कार्यालय लहानमा खोजतलासको लागी सासु प्रकाश कुमारी महतो र ससुरा देब कुमार महतोले प्रहरी कार्यालय लहानमा निवेदन दर्ता गराएका छन्।संगिता महतो सम्पर्क बिहिन हुँदा परिवारका सदस्यहरुमा रुवा बासी चलेका छन्। संगिता र बच्चालाई खोजन ससुरा र साहु अहोरात्र खटि रहेका छन्। भेटाउनु हुने महानुभावले नजिकको प्रहरी कार्यालय र मोबाइल नम्बर 99808914132 र 9703433975 मा सम्पर्कको लागि अनुरोध गरिन्छ।
Discussion about this post