लहान – पछिल्लो ११ बर्ष अगाडी देखि संचालनमा रहेको अल्फा ईन्स्टिच्युटले भब्य रूपमा विद्यार्थीहरुलाई बिदाई समारोह सम्पन्न गरेका छन्।एसऐलसी परिक्षा पछि ३ महिनाको ग्यापको समय बृज कोर्स ईन्ट्रान्स तयारी लगायतका कोर्सहरु तयारी गर्ने गरेका छन्।
मनोज साहले संचालन गर्दै आएको अल्फा ईन्स्टिच्युटले लहानमा बिश्वासनी संस्थाको रूपमा छिनिएका हुन्।विद्यार्थीहरुले विभिन्न कोर्स तयारीको लागी अल्फा ईन्स्टिच्युटलाई सम्झिने गरेको जनाएका छन्।
सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई समारोह सम्पन्न गरेका छन्।
संस्थापक मनोज साहको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय परिक्षा बोर्डका प्रमुख चन्द्र देव यादव रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा लहान मनकामना कलेजका संस्थापक अध्यक्ष तथा प्रीन्सिपल मनोज कर्ण, साईपल कलेजका प्रीन्सिपल चुरामणि महतो एपेक्स ईन्स्टिच्युटका सिओ भरत साह बिशाल ईन्स्टिच्युटका फाउन्डर बिशाल साह लगायतका अतिथिहरुको उपस्थिति रहेको अल्फा ईन्स्टिच्युटका कोडिनेटर अमोद कुमार यादवले जानकारी दिनु भयो।
यहाँहरुको अध्यनले समुन्नत समाज निर्माणमा यहाँहरुको भुमिका सराहनीय रहेको भन्दै सम्पुर्ण विद्यार्थीलाई सफलताको सुभ कामना दिएको थियो।
बिशिस्ट अतिथि कर्णले नेपालमा सीप मुलक शिक्षाको खाचो रहेको भन्दै अबको शिक्षा किताब
पढाई गरेर विद्यार्थीलाई पोखत हुदैन फिल्डमा गरेर अभियास बिना शिक्षा अधुरो रहेको बताए। सिपले जिबनमा पुर्णता दिने जनाए।
Discussion about this post