Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Wednesday, July 16, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बालविवाहको रोकथाम हामी सबैको दायित्व: मन्त्री यादव

महेश सिंह by महेश सिंह
२०८० श्रावण १९, शुक्रबार ०२:३७
बालविवाहको रोकथाम हामी सबैको दायित्व: मन्त्री यादव

Loading

 – मधेस प्रदेशमा हुँदै गरेको बालबिवाह रोक्न मधेस प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्रालयले बालबिवाह रोक्न स्थानीय तहका जनप्रतिनिधि र मानवअधिकार पत्रकार विभिन्न संस्थामा आवद्ध प्रतिनिधि र ग्रामीण अगुवा धर्म गुरुहरुसंग सिरहाको लहानमा एक बृहत कार्यक्रमको आयोजना गरी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छन।

मधेश प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयले मस्यौदा गरेको बालविवाहमुक्त क्षेत्र घोषणा कार्यविधिमाथि सरोकारवालासँग सुझाव संकलन गर्ने क्रममा सिरहाको लहानमा सम्पन्न गरेको छ्।आयोजित परामर्श कार्यक्रममा मधेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले मधेश प्रदेशको समग्र शैक्षिक अवस्था नसुधारेसम्म यस्ता बालविवाह लगायतका सवालहरु कायम रहिरहने बताउँदै सरकार साझेदार संघसंस्थाहरुको समेत सहयोग लिएर शिक्षा सुधारमा लाग्नुपर्ने बताए।

संस्कारयुक्त,व्यवहारिक र नैतिक शिक्षाको वर्तमान नाजुक अवस्थाप्रति गम्भीर हुनुपर्ने र सामाजिक व्यवहार परिवर्तनको शुरुवात प्रत्येक व्यक्तिले आफैँबाट गर्नुपर्ने बताउँदै बालबालिकाको अधिकार संरक्षणका लागि स्थानीय सरकारको प्रयासमा प्रदेश सरकारको सधैँ सहयोग रहने मन्त्री यादवले बताउनु भयो।

सप्तरी जिल्लाको सुरुङ्गा नगरप्रमुख गीता चौधरी,सिरहा जिल्लाको कर्जन्हा नगरप्रमुख भोला पोखरेल लगायतका बक्ताहरुले बालविवाह अन्त्यका लागि स्थानीय सरकारले गरिरहेका प्रयासहरु,प्रदेश सरकारबाट गरिएका अपेक्षाबारे धारणा राखेका थिए।कार्यक्रममा मन्त्री यादव तथा उपस्थित स्थानीय सरकारका प्रमुखहरुद्वारा संयुक्त रुपमा मधेश प्रदेशको बालविवाह विरुद्धको १० वर्षे रणनीतिक योजनाको सार्वजनिकरण समेत गर्नुपर्नेमा जोड दिनुभयो।

शिक्षा तथा सामाजिक विकास मन्त्रालयको आयोजना तथा विकासका साझेदार संस्थाहरु सेभ द चिल्ड्रेन, वर्ल्ड भिजन इन्टरनेशनल र R-CEFM परियोजनाको सहयोगमा भएको कार्यक्रमको सञ्चालन शिक्षा तथा समाज कल्याण मन्त्रालयका समाज कल्याण महाशाखा प्रमुख देवकुमारी खत्री तथा मधेशमा बालविवाहको अवस्थाबारे राजीव बञ्जारा र मधेश प्रदेशमा बालविवाह न्यूनीकरणको प्रयास: अनुभव र अभ्यासबारे सेभ द चिल्ड्रेनका रचना थापाले प्रस्तुतिकरण गरेका थिए।

कार्यक्रममा सप्तरी,र सिरहा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख/अध्यक्षहरु,उपप्रमुख/उपाध्यक्षहरु, प्रमुख प्रशासकीय प्रमुखहरु,स्थानीय र वडा बालअधिकार समितका अध्यक्षहरु,बालकल्याण अधिकारीहरु,नागरिक संस्थाका प्रतिनिधिहरु,बालक्लब सञ्जालका प्रतिनिधि शिक्षक विभिन्न धर्मगुरुहरु गरि ५० भन्दा बढीको सहभागिता रहेको आयोजक संस्थाले जनाए।

कार्यक्रमका सहभागीहरुले प्रस्तावित कार्यविधिमाथि समूहमा छलफल गरी किशोरकिशोरी लक्षित जीवनोपयोगी शिक्षा दिनु पर्ने,बालसंरक्षण प्रणाली बलियो बनाउनुपर्ने, अनुगमन संयन्त्रको व्यवस्था गरिनुपर्ने लगायत सुझावहरु दिएका थिए ।सरोकारवालाहरुसँग परामर्श कार्यक्रम सञ्चालन गरी प्राप्त भएका सुझावहरुलाइ समेटेर कार्यविधिलाइ अन्तिम रुप दिइने योजना रहेको मन्त्रालयका समाज कल्याण महाशाखा प्रमुख देव कुमारी खत्रीले बताइन् ।

आगामी दिनमा बालविवाह अन्त्यको लागि सरोकारवाला, सरकारी तथा विकासका साझेदार निकाय,स्थानीय सरकार लगायत सम्वद्ध सबै पक्ष बीचको समन्वय र सहकार्यलाई मजबुत बनाउँदै बालविवाहसँग गाँसिएर आउने अन्य मुद्दाहरुलाई समेत एकीकृत रुपमा अघि बढाई सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्यलाई व्यवहारमै कार्यान्वयनमा ल्याउनका लागि बालविवाह उच्च भएको मधेश प्रदेशमा बालविवाह अन्त्यका लागि प्रदेश सरकारले प्राथमिकताका साथ हाल कार्यान्वयनमा रहेको १० वर्षे प्रादेशिक रणनीतिक योजनाको कार्यान्वयनमा लागेको पनि उनले बताइन् ।

महेश सिंह

महेश सिंह

Related Posts

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

२०८० श्रावण १९, शुक्रबार ०२:३७
राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८० श्रावण १९, शुक्रबार ०२:३७
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०८० श्रावण १९, शुक्रबार ०२:३७
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०८० श्रावण १९, शुक्रबार ०२:३७
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०८० श्रावण १९, शुक्रबार ०२:३७
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०८० श्रावण १९, शुक्रबार ०२:३७
Next Post
संयुक्तरूपमा ५ लाईन्स कलबको पदस्थापना सम्पन्न

संयुक्तरूपमा ५ लाईन्स कलबको पदस्थापना सम्पन्न

लहानमा स्नेह मिलन कार्यक्रम सम्पन्न

लहानमा स्नेह मिलन कार्यक्रम सम्पन्न

मधेशमा प्राकृतिक विरुद्ध भईरहेको अवैध कार्य रोकन वन तथा वातावरण मन्त्री महतोलाई ज्ञापनपत्र

मधेशमा प्राकृतिक विरुद्ध भईरहेको अवैध कार्य रोकन वन तथा वातावरण मन्त्री महतोलाई ज्ञापनपत्र

Discussion about this post

ताजा समाचार

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

२०८० श्रावण १९, शुक्रबार ०२:३७
राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८० श्रावण १९, शुक्रबार ०२:३७
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०८० श्रावण १९, शुक्रबार ०२:३७
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

२०८० श्रावण १९, शुक्रबार ०२:३७
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०८० श्रावण १९, शुक्रबार ०२:३७
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०८० श्रावण १९, शुक्रबार ०२:३७
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०८० श्रावण १९, शुक्रबार ०२:३७
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

२०८० श्रावण १९, शुक्रबार ०२:३७
लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

२०८० श्रावण १९, शुक्रबार ०२:३७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.