Nepal BBC
Monday, May 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राष्ट्रपति कार्यालय अगाडि निहारिकाद्वारा आत्मदाहको प्रयास

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र ११, शनिबार १३:२०
राष्ट्रपति कार्यालय अगाडि निहारिकाद्वारा आत्मदाहको प्रयास

Loading

एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले राष्ट्रपति कार्यालय अगाडि आत्मदाहका प्रयास गरेकी छन् । न्याय माग्दै अनसन वसिरहेकी उनले शुक्रबार राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर आत्मदाह प्रयास गरेकी हुन् ।

उनी आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि पुगेकी थिइन् । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

यसअघि न्यायको माग गर्दै सिंहदरबार दक्षिण ढोका अगाडि आमरण अनशन गरिरहेकी निहारिकालाई प्रहरीले पक्राउ गरेको थियो । महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले केही महिनादेखि नै आमरण अनशन बस्दै आएकी थिइन् ।

सरकारले यसअघि आफूसँग गरेको ५ बुँदे सहमति पालना गर्नुपर्ने माग गर्दै पछिल्लो पटक उनी सरकारद्वारा जारी प्रतिबन्धित क्षेत्रमा अनशन बसेकी थिइन् । शुक्रबार प्रहरीले उनलाई दूधे छोरासहित पक्राउ गरेको थियो।

निहारिकासँग सरकारले ५ बुँदे सहमतिपछि उनले अनशन तोडेकी थिइन्। तर उक्त सहमति पालना नभएको उनको आरोप छ। त्यसपछि उनी फेरि अनशनका लागि सडकमा आईन। उनी न्याय माग्दै साढे दुई वर्षदेखि काठमाडौंमा डेरामा वसेकी छिन् ।

आफू १७ वर्षको हुँदा एक व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको उनको आरोप छ। दोषीमाथि कारबाही र आफूलाई न्याय हुनुपर्ने उनले माग गर्दै आएकी छन् । यसअघि उनी माइतीघर मण्डलामा छोरोलाई साथमै लिएर अनशन वसेका वेला सरकारसँग ५ वुँदे सहमति भएको थियो।

यस्तो थियो घटनाक्रम

१७ वर्षकी हुँदा निहारीका जनकपुरधाममा डेरा बसेर होटल म्यानेजमेन्टको पढाइ गर्दै थिईन। उनी सँगै पढ्ने क्षिरेश्वरनाथ नगरपालिका–३ की साथी पनि थिईन। उनकै आग्रहमा एक दिन उनी साथीको घर पुगिन। त्यही बेला साथीको दाइ शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर आफूलाई बलात्कार गरेको निहारिकाको भनाइ छ।

त्यतिबेला उसले खिचेको फोटो देखाएर आफुलाई दवाव दिएको उनको भनाई छ। १४ दिनपछि हिम्मत जुटाएर आफुले परिवारका सदस्यलाई बताएको उनी वताउँछिन् । ‘महिनावारी रोकिएपछि समाजमा इज्जत जाने डरले परिवारले गर्भपतन गराउन भनेको थियो। तर, उनले मानिन् । त्यसपछि परिवारको पनि बहिस्कारमा परिन।

०७७ भदौ ५ गते छोरा जन्मियो। उनले यस विषयमा अदालतमा मुद्दा पनि दिईन। ०७८ साल माघ २४ गते जिल्ला अदालत धनुषाले शिवराज श्रेष्ठको पक्षमा फैसला गरेपछि ०७८ फागुन १२ गते राजपूतले उच्च अदालत धनुषामा जिल्ला अदालतको फैसला उपर मुद्दा दायर गरेकी थिइन्। तर, अदालतले पेशीसमेत नतोकिएको उनको भनाई छ। त्यसपछि उनी काठमाण्डौमा आएर अनसन वस्न थालेकी हुन।

निहारिकाले बच्चाको डिएनए टेस्ट, उच्च अदालतमा पेशी तोकी बच्चा र आमालाई सुरक्षित गरिदिनुपर्ने, मुद्दाको पुनः अनुसन्धान हुनुपर्ने, फितलो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरू, न्यायाधीशमाथि पनि छानबिन हुनुपर्ने र बच्चाको लालनपालन हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुरा राज्यले सुनिश्चित गरिदिनुपर्ने उनको माग छ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ भाद्र ११, शनिबार १३:२०
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०७९ भाद्र ११, शनिबार १३:२०
सिरहा–सप्तरीमा जलवायु मैत्री कृषि प्रवर्द्धनः करार खेतीदेखि सोलार सिँचाइसम्म उल्लेखनीय प्रगति

सिरहा–सप्तरीमा जलवायु मैत्री कृषि प्रवर्द्धनः करार खेतीदेखि सोलार सिँचाइसम्म उल्लेखनीय प्रगति

२०७९ भाद्र ११, शनिबार १३:२०
प्रतिभा र अभिभावकबीच सेतु: गोल्डेन फ्युचर एकेडेमीको कार्यक्रम प्रभावकारी

प्रतिभा र अभिभावकबीच सेतु: गोल्डेन फ्युचर एकेडेमीको कार्यक्रम प्रभावकारी

२०७९ भाद्र ११, शनिबार १३:२०
गोल्डेन फ्युचर एजुकेशनल एकेडेमी मा वार्षिक ‘स्कुल स्पोर्ट्स सप्ताह’ सुरु

गोल्डेन फ्युचर एजुकेशनल एकेडेमी मा वार्षिक ‘स्कुल स्पोर्ट्स सप्ताह’ सुरु

२०७९ भाद्र ११, शनिबार १३:२०
लोकतन्त्र र विकासको नारासहित यादवको घरदैलो तीव्र, स्थानीयको व्यापक समर्थन

लोकतन्त्र र विकासको नारासहित यादवको घरदैलो तीव्र, स्थानीयको व्यापक समर्थन

२०७९ भाद्र ११, शनिबार १३:२०
Next Post
छिनछिनमा विद्युत अवरुद्ध हुँदा उपभोक्ता हैरान

छिनछिनमा विद्युत अवरुद्ध हुँदा उपभोक्ता हैरान

वडा कार्यालयको पनि शाखा

वडा कार्यालयको पनि शाखा

नागरिकता विधेयकबारे ध्यानाकर्षण गराउन लोसपाका नेता पुगे राष्ट्रपति निवासमा

नागरिकता विधेयकबारे ध्यानाकर्षण गराउन लोसपाका नेता पुगे राष्ट्रपति निवासमा

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ भाद्र ११, शनिबार १३:२०
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०७९ भाद्र ११, शनिबार १३:२०
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०७९ भाद्र ११, शनिबार १३:२०
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०७९ भाद्र ११, शनिबार १३:२०
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०७९ भाद्र ११, शनिबार १३:२०
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०७९ भाद्र ११, शनिबार १३:२०
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०७९ भाद्र ११, शनिबार १३:२०
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०७९ भाद्र ११, शनिबार १३:२०
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०७९ भाद्र ११, शनिबार १३:२०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.