![]()
महेश सिंह,लहान –सिरहाको नवराजपुर गाउँपालिका–४ सोनवर्षास्थित जनता माध्यमिक विद्यालय (प्राविधिक धार) मा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक मुरारी शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यार्थीले विभिन्न कला तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा शिक्षक तथा विद्यार्थीले एकापसमा शुभकामना आदानप्रदान गर्दै पर्वले समाजमा आपसी सद्भाव, एकता र भाइचाराको भावना सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए।

राष्ट्रिय क्याडेट कोर (एनसीसी) का तालिम प्रशिक्षक भरत लिम्बू प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नेपाल बीबीसीका पत्रकार महेश सिंह, सहायक प्रधानाध्यापक विश्वनाथ यादव, शिक्षक सूर्यनाथ यादव, जयकृष्ण यादव, रामप्रकाश यादव, केपी सिंहलगायत शिक्षकको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथिले विद्यालयको शैक्षिक प्रगति, विद्यार्थीको उज्ज्वल भविष्य तथा सबैको सुख, शान्ति र समृद्धिको कामना गर्दै पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो।
शिक्षक विनोद ठाकुरले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यार्थीले प्रस्तुत गरेका कला तथा सांस्कृतिक कार्यक्रमले सहभागीलाई मनोरञ्जन प्रदान गरेको थियो।














Discussion about this post