महेश सिंह सिरहा –माओवादी केन्द्रका नेता राम परिक्षण महतोको गृहगाउँ सखुवानान्कारकट्टी–२ सोठियाईनस्थित निवासमा यस वर्षको बिश्वकर्मा पूजा परम्परागत र भव्य शैलीमा सम्पन्न गरिएको छ।
हिन्दु परम्परा अनुसार विधिवत् रूपमा सम्पन्न भएको यस पूजामा नेता महतोकी आमा उदवसी देवी महतो र भाइ सन्तोष महतोको कान्छो छोरा शिव शक्ति महतो मुख्य पूजापात्र बनेका थिए।
गाउँमै नमूना र सांस्कृतिक शैलीसहित सम्पन्न गरिएको कार्यक्रममा जिझिया नृत्यसहित विविध धार्मिक क्रियाकलाप सम्पन्न गरिएको थियो।
पूजाको समन्वय नेता महतोका भाइहरू सन्तोष महतो र अशोक कुमार महतोले गरेका थिए। स्थानीय बासिन्दा दीपक कुमार महतोका अनुसार परम्परा जोगाउँदै गरिएको यो पूजाले गाउँमै एकताको माहोल सिर्जना गरेको छ।
बिश्वकर्मा पूजा नेपाल मात्र नभई भारतलगायत अन्य मुलुकमा समेत एकैसाथ मनाउने परम्परा रहिआएको छ। नेता महतो वाडा अध्यक्षको प्रत्यासी अध्यक्ष पनि हुन्।
Discussion about this post