Nepal BBC
Tuesday, February 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २६ जना सहसचिवको सरुवा

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र २५, शनिबार ११:१४
विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २६ जना सहसचिवको सरुवा

Loading

काठमाडौं । सरकारले दुई दर्जन बढी सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २६ जना सहसचिवको सरुवा गरेका हुन्। सत्य निरुपण आयोगकी सहसचिव सुशीला अर्यालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ भने श्रम मन्त्रालयका सहसचिव रमेश अर्यालको सत्य निरुपण आयोगमा सरुवा गरिएको छ।

उद्योग, पर्यटन मन्त्रालय सुर्खेतका मोहनदेव जोशीको वन तथा वातावरण मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका नवराज पुडासैनीको उद्योग, पर्यटन मन्त्रालय सुर्खेत, मुख्यमन्त्रीको कार्यालय मधेस प्रदेशका शिवनाथ पौडेलको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन्। राष्ट्रिय दलित आयोगका निश्चलराज पाण्डेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय मधेस प्रदेशका ओमनारायण श्रेष्ठको युवा, खेलकुद मन्त्रालयमा सरुवा भएको छ।

यस्तै, युवा खेलकुद मन्त्रालयका रामशरण सापकोटाको सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशका रामहरि ज्ञवालीको उद्योग मन्त्रालय लुम्बिनी प्रदेश र उद्योग मन्त्रालय लुम्बिनी प्रदेशका हेमराज सुवेदीको शिक्षा मन्त्रालय गण्डकी प्रदेशमा सरुवा भएको छ।

कृषि तथा पशुपक्षी मन्त्रालयका कृष्ण धिताललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ भने अतिरिक्तका रामबन्धु सुवेदीको आर्थिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, खानेपानी मन्त्रालयका जकी अहमत अन्सारीको पर्यटन मन्त्रालय लुम्बिनी प्रदेश, पर्यटन मन्त्रालय लुम्बिनीका महेशचन्द्र न्यौपाने सहरी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेलाई आर्थिक मामिला मन्त्रालय सुर्खेत सरुवा गरिएको छ।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शंकर नेपालको सञ्चार मन्त्रालयमा सरुवा भएको छ भने काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतबाट केही दिनअघि मात्रै जगेडामा तानिएका लोकनाथ पौडेलको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको छ । सामान्यको अतिरिक्तमा रहेका विष्णु कोइरालालाई विराटनगर महानगरमा प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको छ भने विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतको आन्तरिक मामिला मन्त्रालय विराटनगर सरुवा गरिएको छ।

अर्थ मन्त्रालयका मुक्तिप्रसाद पाण्डेको लोकसेवा आयोग र आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेशका जितेन्द्र बस्नेतको अर्थ मन्त्रालयमा सरुवा भएको छ।

त्यस्तै, सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका दीर्घ मैनालीको अर्थ मन्त्रालय, अर्थ मन्त्रालयका महेश भट्टराईको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सामाजिक विकास मन्त्रालय बागमतीका श्रीकृष्ण नेपालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लोकसेवा आयोगका रुद्र लामिछानेको मधेसी आयोग, अतिरिक्तका ध्रुवराम पण्डितको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, अतिरिक्तका ज्ञानप्रसाद ढकालको पर्यटन मन्त्रालय र सहसचिव माधवप्रसाद भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

जनताको विश्वास नै शक्ति : चुनावी दौडमा रामाकान्त चौधरी

जनताको विश्वास नै शक्ति : चुनावी दौडमा रामाकान्त चौधरी

२०७९ भाद्र २५, शनिबार ११:१४
सिरहा–१ मा ‘न्यायको एजेन्डा’सहित रामस्वरुप चौधरीको सक्रियता

सिरहा–१ मा ‘न्यायको एजेन्डा’सहित रामस्वरुप चौधरीको सक्रियता

२०७९ भाद्र २५, शनिबार ११:१४
निर्वाचन नजिकिँदै गर्दा सप्तरी–४ मा राप्रपा प्रति बढ्दो आकर्षण

निर्वाचन नजिकिँदै गर्दा सप्तरी–४ मा राप्रपा प्रति बढ्दो आकर्षण

२०७९ भाद्र २५, शनिबार ११:१४
सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

२०७९ भाद्र २५, शनिबार ११:१४
लक्ष्मीपुर पतारीमा कांग्रेसको चुनावी सम्पर्क कार्यालय उद्घाटन, उत्साहजनक सहभागिता

लक्ष्मीपुर पतारीमा कांग्रेसको चुनावी सम्पर्क कार्यालय उद्घाटन, उत्साहजनक सहभागिता

२०७९ भाद्र २५, शनिबार ११:१४
धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

२०७९ भाद्र २५, शनिबार ११:१४
Next Post
सिराहामा चाइना रेल्वेको बदमासी, वर्षामा पनि निरन्तर नदी उत्खनन्

सिराहामा चाइना रेल्वेको बदमासी, वर्षामा पनि निरन्तर नदी उत्खनन्

दार्चुला पहिरो : ५ जनाको मृत्यु, ७ जना बेपत्ता, ८  घाइते

दार्चुला पहिरो : ५ जनाको मृत्यु, ७ जना बेपत्ता, ८  घाइते

एएफसी छनोटमा नेपाल भुटानसँग पराजित

एएफसी छनोटमा नेपाल भुटानसँग पराजित

Discussion about this post

ताजा समाचार

जनताको विश्वास नै शक्ति : चुनावी दौडमा रामाकान्त चौधरी

जनताको विश्वास नै शक्ति : चुनावी दौडमा रामाकान्त चौधरी

२०७९ भाद्र २५, शनिबार ११:१४
सिरहा–१ मा ‘न्यायको एजेन्डा’सहित रामस्वरुप चौधरीको सक्रियता

सिरहा–१ मा ‘न्यायको एजेन्डा’सहित रामस्वरुप चौधरीको सक्रियता

२०७९ भाद्र २५, शनिबार ११:१४
निर्वाचन नजिकिँदै गर्दा सप्तरी–४ मा राप्रपा प्रति बढ्दो आकर्षण

निर्वाचन नजिकिँदै गर्दा सप्तरी–४ मा राप्रपा प्रति बढ्दो आकर्षण

२०७९ भाद्र २५, शनिबार ११:१४
सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

२०७९ भाद्र २५, शनिबार ११:१४
लक्ष्मीपुर पतारीमा कांग्रेसको चुनावी सम्पर्क कार्यालय उद्घाटन, उत्साहजनक सहभागिता

लक्ष्मीपुर पतारीमा कांग्रेसको चुनावी सम्पर्क कार्यालय उद्घाटन, उत्साहजनक सहभागिता

२०७९ भाद्र २५, शनिबार ११:१४
धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

२०७९ भाद्र २५, शनिबार ११:१४
औरही–५ मा काङ्ग्रेसको घरदैलो अभियान तीव्र, उम्मेदवार रामचन्द्र यादवको सुशासन प्रतिवद्धता

औरही–५ मा काङ्ग्रेसको घरदैलो अभियान तीव्र, उम्मेदवार रामचन्द्र यादवको सुशासन प्रतिवद्धता

२०७९ भाद्र २५, शनिबार ११:१४
सप्तरी–४ मा राप्रपा उम्मेदवार रुपकुमार न्यौपानेको चुनावी दौड तीव्र

सप्तरी–४ मा राप्रपा उम्मेदवार रुपकुमार न्यौपानेको चुनावी दौड तीव्र

२०७९ भाद्र २५, शनिबार ११:१४
लोटस युनिक एकेडेमीमा अभिभावक दिवस तथा शैक्षिक–विज्ञान प्रदर्शनी भव्य

लोटस युनिक एकेडेमीमा अभिभावक दिवस तथा शैक्षिक–विज्ञान प्रदर्शनी भव्य

२०७९ भाद्र २५, शनिबार ११:१४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.