Nepal BBC
Friday, June 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बालविवाह मुक्त वडा घोषणा

महेश सिंह by महेश सिंह
२०८० आश्विन १, सोमबार ०९:०९
बालविवाह मुक्त वडा घोषणा

Loading

असोज १ सप्तरी – सप्तरीको खडक नगरपालिकाको वडा नं.८ ले बालविवाह मुक्त वडा घोषणा गरेको छ । ८ नं वडा कार्यालय स्थित विसनपुर वडा कार्यालयको प्रङ्गणमा राष्ट्रिय बालदिवसको सन्दर्भ पारेर एक भव्य कार्यक्रम आयोजना गरी वडालाई बालविवाह मुक्त घोषणा गरेको हो । खडक नगरपालिका ८ नं.वडा अध्यक्ष तथा वडा बालअधिकार समितिका संयोजक बिन्दुलाल चौधरीको अध्यक्षतामा सञ्चालन भएको बालबिवाह मुक्त घोषणा सभामा खडक नगरपालिकाका नगरप्रमुख जय प्रकाश चौधरीले ८ नम्बर वडालाई बालविवाह मुक्त वडा औपचारिक रुपमा घोषणा गरे ।

यो बाल विवाह मुक्त घोषणा सँगैै ८ नं वडा नगरको बालविवाह मुक्त घोषणा गर्ने पहिलो वडा बनेको छ । सेभ द चिल्ड्रेन र सबल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र खडक नगरपालिकाको नेतृत्वमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत बालविवाह विरुद्वको अभियानको नतिजा स्वरुप बालविवाहमुक्त क्षेत्र घोषणा शुरु गरिएको नगर प्रमुखले कार्यक्रममा जानकारी गराए।

खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीले पालिकाका सबै वडाहरुलाई बालविवाह मुक्त घोषणा गरी नगरपालिकालाई नै बाल विवाह मुक्त नगर घोषणा गर्ने उद्देश्यका साथ सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । नगर उपप्रमुख रिता चौधरीले बाल विवाह बालसंरक्षणको गम्भीर चुनौती तथा दण्डनीय अपराध भएको बताउँदै सबै सूचकहरु पूरा गरी बाल विवाह मुक्त नगर घोषणाका साथ समुन्नत समाज निर्माण गर्नुपर्ने विचार राखिन् ।
बाल विवाह मुक्त घोषणा सभामा वडा बालअधिकार समितिका सदस्य राम नारायण साहले वडाको दीर्घकालिन सोच, लक्ष्य र उद्देश्य सहितको बाल विवाह मुक्त वडा घोषणा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए । लोकतान्त्रिक प्रक्रियाको विकास गर्दै पारदर्शी, जनउत्तरदायी र वडावासीको सहभागितामा आधारित उच्च गुणस्तरीय र समुन्नत नागरिक समाजको विकास गर्ने वडाको लक्ष्य अनुरुप बालबिवाह मुक्त वडा घोषणा गरिएको समितिका सदस्य साहले बताए।

गत ३ वर्षदेखि नगरमा कार्यरत् संघसंस्थाहरुको सहकार्यमा बाल विवाहको दर न्यूनीकरण गर्न सम्भव भएको उनले थपे । साहका अनुसार विगत एक वर्षमा जम्मा ६३ वटा विवाह भएकोमा २० वर्षमुनि उमेरको ५ वटा र १८ वर्षमुनि उमेरको वटा ४ गरी जम्मा ४ प्रतिशत् मात्र बाल विवाह भएकोले नगरपालिकाको बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका २०७९ ले दिएको अधिकार प्रयोग गरी बाल विवाह मुक्त वडा घोषणा गरिएको हो।वडा नं ८ पछि बाँकी १० वटा वडाहरुलाइ क्रमश आगामी मंसिर महिनाभित्र बालविवाहमुक्त वडा घोषणा गर्ने र नगरपालिकालाइ नै बालविवाहमुक्त घोषणा गर्ने योजना रहेको नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख एवम् बालकल्याण अधिकारी अनिता कुमारी साहले जानकारी दिइन्।

बाल विवाह मुक्त वडा घोषणा सभामा बालक्लबमा आबद्व बालबालिकाहरुले विभिन्न सन्देशमूलक सडक नाटक तथा नृत्यहरु प्रदर्शन गरेका थिए। खडक नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुखहरु,जिल्ला बालक्लब सञ्जालका अध्यक्ष सलमा खातुन,स्थानीय प्रहरी अधिकारीहरु,महिला समूहका प्रतिनिधिहरु,बालक्लब तथा सञ्जालका प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु धार्मिक गुरु तथा अगुवाहरु, समाजका अगुवा तथा समाजसेवीहरु लगायतको उपस्थिति रहेको कार्यक्रममा नगरपालिकाका वर्तमान तथा पूर्व जनप्रतिनिधिहरु, सेभ द चिल्ड्रेनका प्रतिनिधि, सवल नेपालका अध्यक्ष जुना गिरी लगायतले बधाइ तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

खडक नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि विभिन्न चार चरणहरुको अभियान पूरा गरी वडाहरुलाइ बाल विवाह मुक्त वडा घोषणा गर्न शुरु गरिएको बालकल्याण अधिकारी साहले बताइन्।यस अघि सप्तरी जिल्लाकै सुरुङ्गा नगरपालिका जिल्ला तथा मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त पालिका घोषणा भइसकेको छ भने मधेश प्रदेश सरकारले बालविवाह विरुद्धको दश वर्षे रणनीतिक योजना तर्जुमा गरी बालविवाह विरुद्धका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० आश्विन १, सोमबार ०९:०९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० आश्विन १, सोमबार ०९:०९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० आश्विन १, सोमबार ०९:०९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० आश्विन १, सोमबार ०९:०९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० आश्विन १, सोमबार ०९:०९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० आश्विन १, सोमबार ०९:०९
Next Post
संजालको चौमासिक बैठक लहानमा

संजालको चौमासिक बैठक लहानमा

सप्तरीमा श्रीमान श्रीमतीको मृत्युु ५ बच्चा टुहुरा

सप्तरीमा श्रीमान श्रीमतीको मृत्युु ५ बच्चा टुहुरा

रेडियो समग्रको १३ औं वार्षिक उत्सव सम्पन्न

रेडियो समग्रको १३ औं वार्षिक उत्सव सम्पन्न

Discussion about this post

ताजा समाचार

बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

२०८० आश्विन १, सोमबार ०९:०९
खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

२०८० आश्विन १, सोमबार ०९:०९
महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

२०८० आश्विन १, सोमबार ०९:०९
आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०८० आश्विन १, सोमबार ०९:०९
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८० आश्विन १, सोमबार ०९:०९
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८० आश्विन १, सोमबार ०९:०९
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८० आश्विन १, सोमबार ०९:०९
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८० आश्विन १, सोमबार ०९:०९
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८० आश्विन १, सोमबार ०९:०९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.