Nepal BBC
Wednesday, October 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राहत शिक्षकको म्याद थपमा अन्योल, सरकारी निर्णय नसच्चिए देशव्यापी आन्दोलनको चेतावनी

महेश सिंह by महेश सिंह
२०८३ आश्विन २८, बुधबार ०७:४२
राहत शिक्षकको म्याद थपमा अन्योल, सरकारी निर्णय नसच्चिए देशव्यापी आन्दोलनको चेतावनी

Loading

महेश सिंह लहान सिरहा – नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति सिरहाले सामुदायिक विद्यालयमा कार्यरत राहत अनुदान कोटाका शिक्षक, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको म्याद थप नगर्ने विषयप्रति आपत्ति जनाउँदै निर्णय सच्याउन सम्बन्धित निकायसँग माग गरेको छ ।

समितिले २०८३ असोज २० गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत शिक्षक तथा कर्मचारीको पेसागत सुरक्षा र विद्यालयको शैक्षिक गुणस्तरका विषयमा विभिन्न समयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास तथा समन्वय एकाइ सिरहा तथा स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखामा ज्ञापनपत्र र ध्यानाकर्षणपत्र बुझाउँदै आएको जनाएको छ ।

राष्ट्रिय सतर्कता केन्द्र, काठमाडौँको चलानी नं. २५/२९६६, मिति २०८२/२/११ तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको पत्रको सन्दर्भ उल्लेख गर्दै समितिले राहत अनुदान कोटाका शिक्षक, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको म्याद थपका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

समितिले सिरहाका लहान, सिरहा र धनगढीमाई नगरपालिकासहित सम्बन्धित स्थानीय तह, शिक्षा शाखा तथा विद्यालयका प्रधानाध्यापकलाई शिक्षक तथा कर्मचारीमाथि दबाब सिर्जना गरी म्याद थप नगर्ने प्रक्रिया अघि नबढाउन आग्रह गरेको छ ।

नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति सिरहाका अध्यक्ष किशुन देव यादवले माग सम्बोधन नभए जिल्लाभरिका राहत शिक्षक, बालविकास शिक्षक, विद्यालय सहयोगी तथा अन्य विद्यालय कर्मचारी संयुक्त रूपमा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । आन्दोलनबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिनुपर्ने उहाँको भनाइ छ ।

यसैबीच, नेपालीहरूको महान् पर्व दसैँ तथा दीपावलीको मुखमा राहत शिक्षकलाई मानसिक तनाव दिने गरी निर्णय गरिएको भन्दै शिक्षकहरूले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले अघि सारेको शिक्षा नीतिमा राहत शिक्षकको म्याद थपसम्बन्धी व्यवस्था अस्वीकार्य रहेको उनीहरूको भनाइ छ ।

शिक्षक क्रान्ति कुमार साहले सम्बन्धित निर्णय फिर्ता नलिए देशभरिका राहत शिक्षकलाई काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी गराउने तयारी रहेको बताउनुभयो ।

शिक्षकहरूले आफ्ना माग सम्बोधन गरी पेसागत सुरक्षा सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन् ।

महेश सिंह

महेश सिंह

Related Posts

नवराजपुरमा सहिद रमेश महतो माविको शैक्षिक सुधारका लागि व्यवस्थापन समितिको बैठक

नवराजपुरमा सहिद रमेश महतो माविको शैक्षिक सुधारका लागि व्यवस्थापन समितिको बैठक

२०८३ आश्विन २८, बुधबार ०७:४२
विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

Next Post

Discussion about this post

ताजा समाचार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.