![]()
महेश सिंह लहान — लहानमा विभिन्न ६ वटा लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम शुक्रबार लहान–७ स्थित मारवाडी सेवा सदनमा जारी रहेको छ।
कार्यक्रममा लायन्स क्लब अफ लहान सिटी, लायन्स क्लब अफ लहान सनसाइन, लायन्स क्लब अफ लहान फूलबारी, लायन्स क्लब अफ लहान बुद्ध, लायन्स क्लब अफ मिर्चैया सिटी तथा लायन्स क्लब अफ धनगढीमाईका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ।
कार्यक्रममार्फत विभिन्न क्लबका नवनिर्वाचित पदाधिकारीलाई पद तथा जिम्मेवारी हस्तान्तरण तथा नयाँ सदस्यलाई औपचारिक रूपमा इन्डक्सन गरिने आयोजकले जनाएको छ।
समारोहमा लायन्स अभियानमार्फत सामाजिक सेवा, मानवीय सहयोग तथा समुदायमा सकारात्मक परिवर्तनका लागि क्लबहरूले गर्दै आएका गतिविधि र आगामी कार्ययोजनाबारे समेत चर्चा हुने बताइएको छ।
लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा भइरहेको संयुक्त कार्यक्रमले विभिन्न क्लबबीच आपसी सहकार्य, समन्वय र सामाजिक सेवाका क्षेत्रमा थप प्रभावकारी रूपमा अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।











Discussion about this post