Nepal BBC
Wednesday, July 29, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

महेश सिंह by महेश सिंह
२०८३ जेष्ठ १८, सोमबार १२:५५
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

Loading

महेश सिंह लहान सिरहा – सप्तरीको खडक नगरपालिकामा सञ्चालित ‘समुन्नति कार्यक्रम’ ले शिक्षा, स्वास्थ्य र आर्थिक सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन थालेको पाइएको छ। सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन भइरहेको कार्यक्रमले विद्यालयलाई हरित र बालमैत्री बनाउनुका साथै स्वास्थ्य सेवा विस्तार र स्थानीय उद्यम विकासमा समेत प्रभावकारी भूमिका खेलेको छ।
खडक नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भैरोगंज बेल्हामा गरिएको अनुगमनका क्रममा विद्यालयको भौतिक तथा शैक्षिक वातावरणमा आएको सुधार स्पष्ट देखिएको थियो। विद्यालयमा रंगरोगन, कक्षा कोठा मर्मत, बगैंचा निर्माण, सरसफाइ व्यवस्थापन तथा वृक्षारोपणका गतिविधिले विद्यालयलाई आकर्षक र बालमैत्री बनाएको छ।
विद्यालयका प्रधानाध्यापक श्यामलाल चौधरीका अनुसार विद्यालयलाई ‘हरित विद्यालय’ बनाउने लक्ष्यका साथ विभिन्न पूर्वाधार तथा वातावरणीय सुधारका कार्यहरू सञ्चालन गरिएका छन्। नियमित सरसफाइ, विद्यार्थीमैत्री वातावरण र अभिमुखीकरण कार्यक्रमका कारण सिकाइ उपलब्धिमा समेत सकारात्मक प्रभाव परेको विद्यालयले जनाएको छ।
यता स्वास्थ्य क्षेत्रतर्फ खडक नगरपालिका–७ स्थित कल्याणपुर आधारभूत अस्पतालले स्थानीय नागरिकलाई सहज मातृ तथा शिशु स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। अस्पतालले हालसम्म ४ सयभन्दा बढी महिलालाई सुरक्षित प्रसूति सेवा प्रदान गरिसकेको जनाएको छ। अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण, बर्थिङ सेन्टर सामग्री तथा सरसफाइ व्यवस्थापनमा प्राप्त सहयोगले सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
समुन्नति कार्यक्रमको अर्को महत्वपूर्ण उपलब्धि आर्थिक सशक्तीकरणमा देखिएको छ। खडक नगरपालिका–५ खोजपुरकी सुजाता साहले मसला पिस्ने तथा प्याकिङ मेसिन प्राप्त गरेपछि आफ्नै उद्यम सञ्चालन गर्दै वार्षिक १ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएकी छन्। उनीजस्तै नगरका २ सय १३ जना उद्यमीलाई व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री उपलब्ध गराइएको कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए।
अनुगमन टोलीले विद्यालयमा बाल क्लब सशक्तीकरण, सुझाव पेटिकाको प्रभावकारी प्रयोग, सरसफाइ व्यवस्थापन तथा विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने अभियानलाई थप सुदृढ बनाउन सुझाव दिएको छ।
नगर कार्यक्रम सल्लाहकार समितिको अनुगमनले ‘समुन्नति कार्यक्रम’ केवल पूर्वाधार निर्माणमा सीमित नभई शिक्षा, स्वास्थ्य र आयआर्जनका अवसरमार्फत समुदायको जीवनस्तर सुधारमा प्रत्यक्ष योगदान गरिरहेको निष्कर्ष निकालेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८३ जेष्ठ १८, सोमबार १२:५५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८३ जेष्ठ १८, सोमबार १२:५५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८३ जेष्ठ १८, सोमबार १२:५५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८३ जेष्ठ १८, सोमबार १२:५५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८३ जेष्ठ १८, सोमबार १२:५५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८३ जेष्ठ १८, सोमबार १२:५५
Next Post
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

Discussion about this post

ताजा समाचार

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८३ जेष्ठ १८, सोमबार १२:५५
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८३ जेष्ठ १८, सोमबार १२:५५
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८३ जेष्ठ १८, सोमबार १२:५५
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८३ जेष्ठ १८, सोमबार १२:५५
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८३ जेष्ठ १८, सोमबार १२:५५
युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

२०८३ जेष्ठ १८, सोमबार १२:५५
ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

२०८३ जेष्ठ १८, सोमबार १२:५५
सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८३ जेष्ठ १८, सोमबार १२:५५
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८३ जेष्ठ १८, सोमबार १२:५५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.