Nepal BBC
Wednesday, October 28, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

ग्यालेक्सी एकेडमीमा अभिभावक दिवस : गुणस्तरीय शिक्षाको प्रतिबद्धता

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन २१, बुधबार ०७:४१
ग्यालेक्सी एकेडमीमा अभिभावक दिवस : गुणस्तरीय शिक्षाको प्रतिबद्धता

Loading

महेश सिंह लहान सिरहा-लहान नगरपालिका-१५ स्थित ग्यालेक्सी एजुकेश्नल एकेडमीले मंगलवार विशेष कार्यक्रमको आयोजना गर्दै अभिभावक दिवस मनाएको छ। विद्यार्थी, अभिभावक, शिक्षक, तथा स्थानीय प्रतिनिधिहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा शिक्षाको गुणस्तर वृद्धिका उपाय, अभिभावकहरूको भूमिका, र प्रविधिको प्रभावबारे महत्वपूर्ण छलफल गरिएको थियो।


कार्यक्रमका प्रमुख अतिथि लहान नपा-१५ का वडा अध्यक्ष तेज नारायण चौधरीले शिक्षाले व्यक्ति मात्र होइन, समाजलाई नै समृद्ध बनाउने विचार व्यक्त गरे। उनले भने, “छोरो शिक्षित भयो भने परिवार शिक्षित हुन्छ, छोरी शिक्षित भयो भने पूरै गाउँ शिक्षित हुन्छ।” त्यसैले विशेष गरी छोरीहरूको शिक्षामा ध्यान दिनुपर्ने उनले आग्रह गरे।


प्रविधिको वर्तमान प्रभावबारे चर्चा गर्दै उनले बालबालिकालाई समयपूर्व मोबाइलको पहुँच दिँदा शिक्षा र सामाजिक सम्बन्धमा नकारात्मक असर पर्ने बताए। उनले अभिभावकहरूलाई कम्तीमा प्लस-टू पास भएपछि मात्र मोबाइल दिन सुझाए।
समाजसेवी रमानन्द चौधरीले हालको शिक्षालाई गुणस्तरहीन भन्दै सुधारका लागि सबै पक्षले गम्भीर ध्यान दिनुपर्ने बताए। उनले भने, “हाम्रो शिक्षामा सुधार ल्याउन विद्यालय, शिक्षक, अभिभावक, र सरकार सबैको समन्वय आवश्यक छ। यस्तो कार्यक्रम सचेतना जगाउने एउटा माध्यम बन्न सक्छ।”


कार्यक्रमका विशेष आकर्षणहरूमध्ये एउटा वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गर्नु थियो। प्रथम, द्वितीय, र तृतीय स्थान प्राप्त गर्ने छात्रछात्राहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो। यसले विद्यार्थीहरूलाई अझ राम्रो गर्ने प्रेरणा दिने विद्यालयका संस्थापक नवीन कुमार चौधरीले बताए।
त्यस्तै, वडा अध्यक्ष तेज नारायण चौधरी र समाजसेवी रमानन्द चौधरीलाई विद्यालयले दोसल्ला ओढाएर सम्मान गरेको थियो। कार्यक्रममा वडा प्रतिनिधिहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो।
२०७४/७५ सालमा स्थापना भएको ग्यालेक्सी एजुकेश्नल एकेडमीमा हाल २७५ विद्यार्थी अध्ययनरत छन् भने ९ जना शिक्षक-शिक्षिकाहरू कार्यरत रहेको संस्थापक चौधरीले जानकारी दिए।


विद्यालयका प्रिन्सिपल नवीन कुमार चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजक समितिले जनाएको छ। कार्यक्रममा विद्यालयको आगामी लक्ष्य, शिक्षाको गुणस्तर सुधार, र डिजिटल माध्यमको प्रभावलाई व्यवस्थापन गर्ने उपायहरूबारे समेत छलफल गरिएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

२०८१ फाल्गुन २१, बुधबार ०७:४१
ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८१ फाल्गुन २१, बुधबार ०७:४१
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८१ फाल्गुन २१, बुधबार ०७:४१
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

२०८१ फाल्गुन २१, बुधबार ०७:४१
नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८१ फाल्गुन २१, बुधबार ०७:४१
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८१ फाल्गुन २१, बुधबार ०७:४१
Next Post
सिरहा र सप्तरीका कृषक समूहमा पोषण बगैंचा र गोठ सुधार कार्यक्रमको अनुगमन

सिरहा र सप्तरीका कृषक समूहमा पोषण बगैंचा र गोठ सुधार कार्यक्रमको अनुगमन

लहानमा ११०० दियो प्रज्वलन गरे र पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भव्य कार्यक्रम हुने

लहानमा ११०० दियो प्रज्वलन गरे र पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भव्य कार्यक्रम हुने

सिरहाको नवराजपुरमा हिंसा पीडित महिला न्यायको प्रतीक्षामा नागरिकताबाट बन्चित

सिरहाको नवराजपुरमा हिंसा पीडित महिला न्यायको प्रतीक्षामा नागरिकताबाट बन्चित

Discussion about this post

ताजा समाचार

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

२०८१ फाल्गुन २१, बुधबार ०७:४१
ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८१ फाल्गुन २१, बुधबार ०७:४१
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८१ फाल्गुन २१, बुधबार ०७:४१
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

२०८१ फाल्गुन २१, बुधबार ०७:४१
नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८१ फाल्गुन २१, बुधबार ०७:४१
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८१ फाल्गुन २१, बुधबार ०७:४१
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८१ फाल्गुन २१, बुधबार ०७:४१
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८१ फाल्गुन २१, बुधबार ०७:४१
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८१ फाल्गुन २१, बुधबार ०७:४१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...