महेश सिंह सिरहा लहान ४ माघ -हिन्दु धर्मावलम्बीहरुले मान्दै आएको हिन्दु प्रमपरा र धार्मिक मौलिकतालाई उजागरको लागी सिरहाको लहान ७ स्थित रहेको राम मन्दिरबाट राम रथ यात्रा सुरु हुने भएकोले सम्पुर्ण नगर बासीलाई यात्रामा सहभागी भई सोभा बढाउन आयोजक समितिले अपिल गरेका छन्।
लहान ७ स्थित रहेको राम मन्दिरबाट माघ ८ गते सुरु हुने बिशाल रथ यात्रा सम्पुर्ण सिरहा र लहान नगरबासीले यात्रामा उपस्थित भइ सोभाबढाई दिन हुन अनुरोध गरेका आयोजक समितिका प्रतिनिधि चेतन मुरारकाले जानकारी दिनु भयो।
कार्यक्रममा लहान नगरपालिका र देश भरीका नानी बाबुहरुलाई राम र सिताको पोसाकमा सजाएर ल्याएकोबाट समितिले छनोट गरि पुरस्कारको समेत ब्यवस्था मिलाएरको आयोजक समितिले जानकारी दिनुभयो।
हिन्दु धर्म प्रति आस्थावान भक्तहरुले आफू खुशी आर्थिक सहयोग गर्न आयोजक समितिले आग्रह गरेका छन्। सहयोगका लागी सम्पर्क ब्यक्ति गिरिराज शर्मा,अभिन्व मुरारका,शिवम मुरारका,रेशव मुरारका लगायतका ब्यक्तीले सम्पर्क गर्न अपिल गरेका छन्।
मोबाइल नम्बर ९८२४७३९८६३ मा सम्पर्कको लागी अनुरोध गरिन्छ।रथ यात्राले बजार परिक्रमा गरी बृहत रूपमा कथा श्रवण गरी धार्मिक आस्थावान ब्यक्तीहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको मुरारकाले जनाए।प्रत्येक यस्ता कार्यक्रमहरु गर्दै आएका छन्।कार्यक्रममा धर्मिक गुरुहरुको उल्लेखनीय सहभागिता रहने भएको छ्।
Discussion about this post