![]()
महेश सिंह लहान सिरहा – सिरहाको लहान–१ मा सञ्चालित मनोकामना एजुकेसनल एकेडेमीमा नेपालीहरूको महान् पर्व बडा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा टीका ग्रहण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच विद्यालयका प्रिन्सिपल उमेशकुमार यादवले विद्यालयमा कार्यरत शिक्षकशिक्षिका तथा अध्ययनरत विद्यार्थीहरूलाई बडा दसैँको शुभसाइतमा टीका तथा जमरा लगाइदिएर आशीर्वाद प्रदान गर्नुभएको छ। कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकहरूबीच आपसमा शुभकामना आदानप्रदान गरिएको थियो।
गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयमा पछिल्लो समय पठनपाठन उत्कृष्ट हुँदै गएपछि अभिभावक तथा विद्यार्थीहरूको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। अनुशासित वातावरण र दक्ष शिक्षकहरूको टिममार्फत गुणस्तरीय शिक्षा दिइरहेका कारण यस क्षेत्रमा मनोकामना एजुकेसनल एकेडेमी एक अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित हुँदै गएको स्थानीयहरूको भनाइ छ।
पर्वको अवसरमा आयोजित यस प्रकारका अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा चाडपर्वप्रतिको सांस्कृतिक चेतना अभिवृद्धि हुनुका साथै शिक्षक र विद्यार्थीबीचको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।














Discussion about this post