Nepal BBC
Friday, October 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

प्रेम विवाहपछि दाइजो लोभ : नवविवाहिता युवती कालकोठरीमा

महेश सिंह by महेश सिंह
२०८२ आश्विन १०, शुक्रबार ०८:१५
प्रेम विवाहपछि दाइजो लोभ : नवविवाहिता युवती कालकोठरीमा

Loading

महेश सिंह लहान सिरहा –सप्तरीको सुरुङ्गा नगरपालिका–१०, थलहामा प्रेम विवाहपछि दाइजोको लोभ र पारिवारिक दबाबका कारण एक नवविवाहिता युवती अमानवीय व्यवहारको शिकार बनेकी छन्।
थलहा निवासी नागेश्वर यादव (बम भोला) का छोरा नुनु यादव (२५) र सोही गाउँका तारा चन्द्र यादवकी छोरी प्रियंका यादव (२१) बीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो। एउटै जात–थर भएकाले टिकुलिया समाजको रोहबरमा असोज १ गते स्थानीय मन्दिरमा सामाजिक सहमतिमै उनीहरूको विवाह गराइएको थियो।
तर विवाहको भोलिपल्टैदेखि अवस्था उल्टियो। नुनु आफ्नै परिवारको दबाबमा घर छाडेर बेपत्ता भए भने नवविवाहिता प्रियंकालाई ससुराली परिवारले अँध्यारो कोठामा थुनी खाना–पानी समेत बन्द गरेको पीडित पक्षले दाबी गरेको छ। “भोक–प्यासले थाकेर आफैँ घर छोडून् भन्ने उद्देश्यले यस्तो व्यवहार गरिएको हो,” स्थानीयले भने।
केटाका काका शम्भुनाथ यादवले भने विवाह जबर्जस्ती गराइएको दाबी गर्दै बुहारी स्वीकार्न नसक्ने अडान लिएका छन्। तर गाउँलेहरूले भने दाइजोको लोभका कारण गरीब परिवारकी छोरीलाई अस्वीकार गरिएको आरोप लगाएका छन्।
यसबीच, घटनाबारे प्रहरी प्रशासनलाई उजुरी दिइए पनि मुद्दा दर्ता नभएको र पीडित पक्षको कुरा समेत नसुनेको स्थानीयले आरोप लगाएका छन्। यसले घटनामा राजनीतिक संरक्षण रहेको शंका थपिएको छ।
समाजका अगुवा, बुद्धिजीवी र स्थानीय राजनीतिकर्मीहरूले युवतीलाई कालकोठरीमा थुन्ने कार्यलाई अमानवीय भन्दै कडा आपत्ति जनाएका छन्। “प्रेम कुनै अपराध होइन, तर प्रेम गर्ने युवतीलाई यातना दिनु मानवता विरुद्धको अपराध हो,” उनीहरूको भनाइ छ।
सप्तरीमा यस घटनाले दाइजो प्रथा र पारिवारिक दबाबका कारण अझैसम्म प्रेम विवाहलाई सहज रूपमा स्वीकार नगरिएको कटु यथार्थ उजागर गरेको छ। पीडित प्रियंकाको सुरक्षा र न्याय सुनिश्चित गर्न राज्यले तत्काल कदम चाल्नुपर्ने स्थानीयको माग छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
Next Post
लहानमा लायन्स क्लबद्वारा वृक्षारोपण

लहानमा लायन्स क्लबद्वारा वृक्षारोपण

लहानका लायन्स नेता तथा सुनचाँदी व्यवसायी मनिष सारडाकी आमाको निधन,शोकमग्न लहान

लहानका लायन्स नेता तथा सुनचाँदी व्यवसायी मनिष सारडाकी आमाको निधन,शोकमग्न लहान

सिरहामा साढे सात लाखसहित हुण्डी कारोबारी पक्राउ

सिरहामा साढे सात लाखसहित हुण्डी कारोबारी पक्राउ

Discussion about this post

ताजा समाचार

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

२०८२ आश्विन १०, शुक्रबार ०८:१५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.