महेश सिंह लहान –लहान–१५ ढोडनामा जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले राहत तथा सहयोग प्रदान गरेको छ।
नगर प्रमुख महेश प्रसाद चौधरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै सहिद परिवारलाई १ लाख आर्थिक सहयोग गर्ने जनाउँदै, सहिदकी पत्नी उर्मिला चौधरीलाई नगरपालिकामा रोजगारी उपलब्ध गराइने र छोरी प्रियंसी चौधरीलाई १२ कक्षा सम्म निःशुल्क शिक्षा सुविधा दिइने घोषणा गर्नुभयो।
घोषणा अनुसार शनिबार नगर प्रमुख चौधरी स्वयं सहिदको घर पुगेर श्रद्धाञ्जली अर्पण गर्दै एक क्विन्टल चामल, नुन र तेल हस्तान्तरण गर्नुभएको छ। उहाँले सहिदहरूको बलिदान व्यर्थ नजाने भन्दै स्थानीय तहले दीर्घकालीन रूपमा सहिद परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहिद परिवारले तत्काल प्राप्त राहत र नगरपालिकाबाट प्राप्त आश्वासनलाई भविष्यका लागि ठूलो सम्बल भएको प्रतिक्रिया दिएका छन्।
Discussion about this post