Nepal BBC
Wednesday, June 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

रंगभेदविरुद्ध जनमत पार्टीको देशव्यापी आन्दोलन

महेश सिंह by महेश सिंह
२०८१ मंसिर ११, मंगलवार ०४:२२
रंगभेदविरुद्ध जनमत पार्टीको देशव्यापी आन्दोलन

Loading

 महेश सिंह , सिरहा — जनमत पार्टीले रंगभेदविरुद्ध देशभर एकसाथ प्रदर्शन गर्दै सिरहाको धनगढीमा विशाल र्‍याली निकालेको छ। प्रदर्शनका क्रममा पूर्व–पश्चिम राजमार्ग झन्डै तीन घण्टा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ। जिरोमाइलबाट सुरु भएको र्‍याली धनगढी बजारस्थित राजमार्गमै कोणसभामा परिणत भयो।

पार्टीका केन्द्रीय नेता तथा पूर्वमन्त्री संजय कुमार यादव, नेता बिनोद यादव, इन्द्रजित यादव, सुभाष साह, इन्द्रदेव महतो, दिलीप दास, र रमेश मण्डललगायत हजारौं नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको र्‍यालीले राजमार्गभरि उर्लिएको जनसागरको दृश्य प्रस्तुत गरेको थियो।

प्रदर्शनकारीले ‘नस्लवादी राज्य चाहिँदैन’, ‘रंगभेद आक्रमण बन्द गर’, ‘मधेसी एकता जिन्दावाद’, र ‘रंगको आधारमा विभेद गर्न पाइँदैन’ जस्ता नाराले धनगढी बजार गुञ्जायमान बनाए।

राजमार्गमा प्रभाव

देशभरका राजमार्गहरू अवरुद्ध हुँदा सयौं सवारीसाधन बीच बाटोमै रोकिएका थिए। धनगढी क्षेत्रमा मात्रै करिब तीन घण्टा राजमार्ग ठप्प रहँदा यात्रुहरू समस्यामा परे।

प्रदर्शनको प्रभावका कारण सिरहाका बजारहरू सुनसान देखिएका थिए। उद्योग, कलकारखाना र सार्वजनिक यातायात पनि प्रभावित भएका छन्।

प्रहरीको तयारी र सुरक्षा प्रबन्ध

आन्दोलनका क्रममा सम्भावित असहज परिस्थितिलाई ध्यानमा राख्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो। धनगढीका सुरक्षा प्रमुख बालेश्वर यादवका अनुसार प्रदर्शनलाई नियन्त्रणमा राख्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। “प्रदर्शन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सबै तयारी गरिएको थियो,” उनले भने।

नेतृत्वको प्रतिबद्धता

पार्टीका नेताहरूले रंगभेदविरुद्ध संघर्ष अझै तीव्र बनाइने घोषणा गरेका छन्। “रंगको आधारमा भेदभाव कुनै पनि हालतमा स्वीकार्य छैन। राज्यले नस्लभेद अन्त्य नगरेसम्म हाम्रो आन्दोलन जारी रहनेछ,” नेता संजय कुमार यादवले कोणसभालाई सम्बोधन गर्दै भने।

देशभर एकसाथ गरिएको प्रदर्शनले जनमत पार्टीको एजेन्डालाई थप बल दिएको छ। प्रदर्शनपछि राजमार्ग खुलाइए पनि नेताहरूले माग पूरा नभएसम्म संघर्ष जारी रहने चेतावनी दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ मंसिर ११, मंगलवार ०४:२२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ मंसिर ११, मंगलवार ०४:२२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ मंसिर ११, मंगलवार ०४:२२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ मंसिर ११, मंगलवार ०४:२२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ मंसिर ११, मंगलवार ०४:२२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ मंसिर ११, मंगलवार ०४:२२
Next Post

धनगढीमाईमा लैङ्गिक हिंसा विरुद्धको ३३औं १६ दिने अभियान सुरु

धनगढीमाईमा लैङ्गिक हिंसा विरुद्धको ३३औं १६ दिने अभियान सुरु

देव नारायण महराको जीवन संकटमा: आर्थिक अभावले उपचार रोकियो

देव नारायण महराको जीवन संकटमा: आर्थिक अभावले उपचार रोकियो

Discussion about this post

ताजा समाचार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ मंसिर ११, मंगलवार ०४:२२
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८१ मंसिर ११, मंगलवार ०४:२२
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ मंसिर ११, मंगलवार ०४:२२
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८१ मंसिर ११, मंगलवार ०४:२२
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८१ मंसिर ११, मंगलवार ०४:२२
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८१ मंसिर ११, मंगलवार ०४:२२
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८१ मंसिर ११, मंगलवार ०४:२२
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८१ मंसिर ११, मंगलवार ०४:२२
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८१ मंसिर ११, मंगलवार ०४:२२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...