Nepal BBC
Tuesday, August 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गण्डकीका मुख्यमन्त्रीसहित ८ मन्त्रीले पाएनन् टिकट

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन २८, शुक्रबार ०३:४२

Loading

काठमाडौ । आसन्न निर्वाचनमा गण्डकी सरकारका मुख्यमन्त्रीसहित ८ जना मन्त्री उम्मेदवार नै बन्न पाएनन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित ८ मन्त्रीले गठबन्धनबाट टिकट पाउनै सकेनन् ।

दुई जना मन्त्रीले बागी उम्मेदवारी दिए पनि पार्टी निर्णयका कारण ‘ब्याक’ भए । मुख्यमन्त्री पोखरेलले कांग्रेस नेता शशांक कोइरालाका लागि क्षेत्र खाली गराउँदा उम्मेदवार बन्न वञ्चित भए । प्रतिनिधिसभा चुनावमा शशांक कोइराला नवलपुर–१ बाट उठ्ने भएपछि मुख्यमन्त्री पोखरेलले टिकट नपाएका हुन् ।

प्रदेश सभामा डोहर्‍याउन चहान नराखेका पोखरेलले पार्टीले मुख्यमन्त्रीलाई प्रतिनिधिसभाकै लागि समानुपातिकमा बस्न सुझाए पनि दिए, उनी त्यसमा पनि अनिच्छुक भएको उनी निकट स्रोत बताउँछ । ‘समानुपातिकमा बस्न पार्टी नेतृत्वले सुझाएको थियो, १ र २ नम्बरमा नपाएपछि तल नाम नराख्न भन्नुभयो,’ ती नेताले भने । मुख्यमन्त्री पोखरेल राष्ट्रियसभामा जान इच्छुक छन् । सरकारका प्रवक्ता तथा भौतिक मन्त्री कुमार खड्काले पनि उम्मेदवारी पाएनन् ।

कास्की क्षेत्र नम्बर २ (ख) बाट चुनाव लड्न उनी टिकटको रेसमा रहे पनि अन्तिममा पार्टी निर्णय उनको पक्षमा भएन । टिकट पाउन ‘कुमार खड्का समर्थक भेला’ चलाउँदै हिँडे पनि उनले टिकट भने पाएनन् । प्रदेशमा कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन सक्रिय भूमिका खेलेका उनी फेरि प्रदेशमै दोहरिएर मुख्यमन्त्री बन्न चाहे पनि टिकट भने पाउन सकेनन् । उनको क्षेत्रबाट गण्डकीकै कानुन मन्त्री विन्दु थापाले टिकट पाए ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई रिझाएका थापाले टिकट पाउनासाथ चुनावी अभियान सुरु गरेका छन् । स्वास्थ्य मन्त्री मधु अधिकारी गुरुङलेसमेत आगामी चुनावका लागि पार्टीबाट टिकट पाउन सकिनन् । यस्तै वन वातावरण मन्त्री दीपक थापा, आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा, भूमि व्यवस्था, कृषि मन्त्री चन्द्रबहादुर बुढा पनि टिकटबाट बञ्चित भएका छन् । कांग्रेसबाट मन्त्री बनेका बागलुङका मणिभद्र शर्मालेसमेत टिकट पाएनन् ।

कुनै बेला मुख्यमन्त्री बन्न कम्मर कसेका शर्मा अहिले भने प्रदेशसभामै फर्कन पनि टिकट नपाएका हुन् । यी ५ मन्त्रीले प्रत्यक्षतर्फमात्र होइन, समानुपातिक सूचीमा पनि ठाउँ पाएनन् । यस्तै ऊर्जा मन्त्री हरिशरण आचार्य र शिक्षा मन्त्री मेखलाल श्रेष्ठले टिकट नपाउँदा पार्टीबाट बागी उम्मेदवारी नै दिएका थिए । मन्त्री आचार्यले नेपाल समाजवादी पार्टी (नेसपा) बाट गोरखा क्षेत्र नम्बर २ (क) मा बागी उम्मेदवारी दिएका थिए भने श्रेष्ठले स्याङ्जा १ (क) बाट बागी उम्मेदवारी दिएका थिए । तर यी दुवै मन्त्री पार्टी निर्णयका कारण बागी उम्मेदवारी फिर्ता लिन बाध्य बनेका छन् ।

आचार्यको ठाउँबाट नेसपाका फणीन्द्र देवकोटा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवार बनेका छन् भने श्रेष्ठको क्षेत्रमा गठबन्धनले माओवादी नेतृ अमृता थापामगरलाई उम्मेदवार बनाएको छ । उम्मेदवारी फिर्ता लिएपछि मन्त्री आचार्यले गठबन्धनको राजनीतिले लोकतन्त्रको मजाक भएको र लोकतान्त्रिक पद्धति नै खतरामा पारेको बताए । गठबन्धनबाटै मन्त्री बनेका आचार्य अहिले भने गठबन्धनले स्वच्छ प्रतिस्पर्धालाई नै निषेध गरेको बताउँछन् ।

तर आफू पार्टीको इमानदार कार्यकर्ता भएकाले बागी उम्मेदवारी फिर्ता लिएको उनले बताए । उता, श्रेष्ठलाई पार्टी सभापति शेरबहादुर देउवाले नै मनोनयन दिन लगाए पनि पछि गठबन्धनका कारण फिर्ता हुनुपरेको हो । ‘गठबन्धन भए पनि स्वस्थ प्रतिस्पर्धामा जाने भनेर मलाई पार्टी सभापतिले नोमिनेसन दिन लगाउनुभयो,’ उनले भने, ‘फेरि गठबन्धनको बैठकपछि सभापति, माओवादी अध्यक्ष लगायतले सहयोग गरिदिनुपर्यो भनेपछि मैले उम्मेदवारी फिर्ता लिएँ ।’

गण्डकीबाट २ मन्त्रीले मात्र आगामी निर्वाचनका लागि टिकट पाएका छन् । गठबन्धनबाट कानुन मन्त्री विन्दु थापा कास्की २ (ख) मा उम्मेदवार बनेका छन् भने अर्थ मन्त्री रामजीप्रसाद बराल जीवन प्रतिनिधिसभाका लागि कास्की–३ बाट उठेका छन् । थापाले चुनावमा एमालेकी मीना गुरुङ र बरालले दामोदर बैरागीको सामना गर्नेछन् ।

युवा तथा खेलकुद मन्त्री दीपक मनाङे भने स्वतन्त्र उम्मेदवार बनेर निर्विरोध भइसकेका छन् । उनको क्षेत्रमा उनीबाहेक अर्को उम्मेदवारी नभएकाले निर्विरोध भएका हुन् । तर, आधिकारिक घोषणा हुने भने बाँकी छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ आश्विन २८, शुक्रबार ०३:४२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ आश्विन २८, शुक्रबार ०३:४२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ आश्विन २८, शुक्रबार ०३:४२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ आश्विन २८, शुक्रबार ०३:४२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ आश्विन २८, शुक्रबार ०३:४२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ आश्विन २८, शुक्रबार ०३:४२
Next Post
लहानबाट नबौ राष्ट्रिय खेल कुद् प्रतियोगितामा भागलिन खेलाडीलाई बिदाई

लहानबाट नबौ राष्ट्रिय खेल कुद् प्रतियोगितामा भागलिन खेलाडीलाई बिदाई

मधेस प्रदेशको सिरहाबाट अपहरणमा परेका सदाको प्रदेश १ को राजधानी विराटनगरमा हत्या

मधेस प्रदेशको सिरहाबाट अपहरणमा परेका सदाको प्रदेश १ को राजधानी विराटनगरमा हत्या

उपत्यकामा ६१० सवारी साधन कारबाहीमा

उपत्यकामा ६१० सवारी साधन कारबाहीमा

Discussion about this post

ताजा समाचार

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०७९ आश्विन २८, शुक्रबार ०३:४२
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०७९ आश्विन २८, शुक्रबार ०३:४२
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०७९ आश्विन २८, शुक्रबार ०३:४२
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०७९ आश्विन २८, शुक्रबार ०३:४२
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०७९ आश्विन २८, शुक्रबार ०३:४२
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०७९ आश्विन २८, शुक्रबार ०३:४२
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०७९ आश्विन २८, शुक्रबार ०३:४२
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०७९ आश्विन २८, शुक्रबार ०३:४२
लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०७९ आश्विन २८, शुक्रबार ०३:४२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.