![]()
महेश सिंह, लहान सिरहा-सिरहाको लहान नगरपालिका–८ मा सञ्चालित लहान मनकामना कलेजले विजयादशमी, दीपावली, छठ तथा सामाचकेवा पर्वको अवसरमा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई स्वागत गरेको छ।
कलेजले आयोजना गरेको स्वागत कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै उनीहरूको शैक्षिक यात्राको सफलताको कामना गरेका थिए।
कलेज सञ्चालक समितिका अध्यक्ष तथा निर्देशक भरतप्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उच्च शिक्षा परिषद्, लहानका प्रमुख किशोर निरौला प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा कलेजका प्रिन्सिपल कमलेश यादव, उच्च शिक्षा परिषद् लहानका प्रतिनिधि प्रमोदकुमार यादव, ताराकान्त पण्डित, विजय सक्सेना यादव, जीवन यादवसहित शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो।
कार्यक्रममा विद्यार्थीले विभिन्न धर्म, संस्कृति र परम्परासँग सम्बन्धित गीत, नृत्य तथा कलासंस्कृति प्रस्तुत गरेका थिए। सांस्कृतिक प्रस्तुतिमार्फत विद्यार्थीले विविधता, आपसी सद्भाव र सांस्कृतिक पहिचानको महत्त्व झल्काएका थिए।
प्रमुख अतिथि निरौलाले विद्यार्थीका सांस्कृतिक प्रस्तुति अवलोकन गर्न पाउँदा खुसी लागेको बताउँदै कलेजले आगामी दिनमा शैक्षिक प्रगतिसँगै गुणस्तरीय शिक्षा प्रदान गर्न थप ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
लहान क्षेत्रमा अभिभावक तथा विद्यार्थीको रोजाइ बन्दै गएको मनकामना कलेजले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विद्यार्थीको प्रतिभा र सिर्जनशीलता विकासमा जोड दिनुपर्नेमा कार्यक्रममा सहभागीले धारणा राखेका थिए।
उल्लेखनीय सङ्ख्यामा विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन लालबिहारी यादवले गर्नुभएको थियो।












Discussion about this post