![]()
महेश सिंह लहान सिरहा, –सिरहाको लहान नगरपालिकास्थित मुख्य चौकमा विगत २० वर्षदेखि निरन्तर सञ्चालनमा रहँदै आएको ‘एसपि ट्रेडर्स’ले ग्राहकहरूको मागलाई मध्यनजर गर्दै प्रतिष्ठित ब्रान्डका पर्फ्युमहरू बिक्री वितरण सुरु गरेको छ।
ट्रेडर्सका सञ्चालक सुरेन्द्रकुमार शर्माका अनुसार अब एसपि ट्रेडर्समा उच्च गुणस्तरीय ‘जाम-जाम’ ब्रान्डका ५२ विभिन्न प्रकारका आकर्षक पर्फ्युमहरू सहज रूपमा उपलब्ध हुनेछन्। बजारमा आफ्नो छुट्टै पहिचान बनाएका गुणस्तरीय ब्रान्डहरू एकै ठाउँमा पाउन थालेपछि स्थानीय उपभोक्ताहरू समेत हर्षित भएका छन्।
चाडपर्वको अवसरलाई लक्षित गर्दै सञ्चालक शर्माले हाल एसपि ट्रेडर्सबाट खरिद गरिने सबै किसिमका पर्फ्युमहरूमा २० प्रतिशत विशेष छुट (दसैँ अफर) प्रदान गरिएको जानकारी दिएका छन्।
भव्य उद्घाटन समारोह एक विशेष कार्यक्रमबीच उक्त नयाँ सेवा तथा ब्रान्डहरूको संयुक्त रूपमा उद्घाटन गरिएको छ। जिल्ला उद्योग वाणिज्य संघ लहान, सिरहाका अध्यक्ष प्रदीपकुमार गुप्ता र वरिष्ठ उपाध्यक्ष खुश्बु जैसवालले संयुक्त रूपमा रिबन काटेर पर्फ्युम काउन्टर तथा दसैँ विशेष छुट योजनाको औपचारिक उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहलाई थप रोचक र भव्य बनाउन ख्यातिप्राप्त कलाकार तथा स्रष्टाको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा मैथिली संगीत क्षेत्रका चर्चित गायक सरोज सन्त, लोकप्रिय टिकटक स्टार बबिता मेहता, तथा कलाकार अनिल यादव लगायत दर्जनौँ स्थानीय तथा राष्ट्रिय कलाकारहरूको उपस्थिति रहेको थियो। अतिथि तथा कलाकारहरूको बाक्लो उपस्थितिले लहान बजारमा उत्साह थपेको थियो।
लामो समयदेखि विश्वासिलो व्यवसाय गर्दै आएको एसपि ट्रेडर्समा गुणस्तरीय पर्फ्युमको ब्रान्ड भित्रिएसँगै लहान क्षेत्रका सौन्दर्य तथा सुगन्धप्रेमी ग्राहकहरूका लागि थप सहजता हुने विश्वास लिइएको छ।














Discussion about this post