Nepal BBC
Thursday, October 8, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

महेश सिंह by महेश सिंह
२०८३ आश्विन १९, सोमबार २१:४७
लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

Loading

महेश सिंह,लहान सिरहा –थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सिरहाको लहानमा १५ दिने ‘थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला–२०८३’ आयोजना हुने भएको छ।

आयोजकले आज लहानमा पत्रकार सम्मेलन गरी यही असोज २५ गते आइतबार घटस्थापनाका दिन मेलाको उद्घाटन गरिने जानकारी दिएको हो। उद्घाटन कार्यक्रम दिउँसो १ बजे हुने मेलाका प्रवक्ता अजय चौधरीले जानकारी दिनुभयो।

लहानस्थित पशुपति माध्यमिक विद्यालयको खेलमैदानमा विद्यालयको अनुमतिमा सञ्चालन हुने मेलाले दशैंको लामो बिदा तथा चाडपर्वको अवसरलाई लक्षित गरेको मेला संयोजक दशमिलाल चौधरीले बताउनुभयो।

उहाँका अनुसार मेलाले मनोरञ्जनसँगै थारु समुदायको मौलिक कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सहयोग पुर्‍याउनेछ। विशेषगरी संरक्षणको अभावमा लोप हुँदै गएका लोकनृत्य, गीत तथा सांस्कृतिक परम्परालाई मेलामार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।

मेलामा धुमरा, सखिया, झिझिया, सामा–चकेवा लगायतका मौलिक नृत्य तथा पौराणिक गीत–संगीत प्रस्तुत गरिनेछ। थारु समुदायका परम्परागत खानाका परिकारसहित विभिन्न खाद्य तथा सांस्कृतिक सामग्रीका स्टलसमेत राखिने जनाइएको छ।

आयोजकका अनुसार मेलामा बगिया, घोंघी, सितुवा, कोकरा, तेलपुरी, भका, पेरवा र सिध्रा लगायतका परम्परागत परिकारको स्वाद लिन सकिनेछ। त्यस्तै थारु भेषभूषा, गहना, हस्तकला, परम्परागत सामग्री तथा स्थानीय प्रविधिको प्रदर्शनी र बिक्रीसमेत गरिनेछ।

मेलामा सांस्कृतिक झाँकी, स्थानीय कला तथा संगीत प्रस्तुति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, पहलमानी जलपरी, झुला तथा बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक खेलसमेत रहने आयोजकले जनाएको छ।

प्रवक्ता चौधरीले मेला थारु समुदायको संस्कृति प्रदर्शनमा मात्र सीमित नरही विभिन्न जातजातिका मौलिक कला, संस्कृति र परम्परालाई समेत समेटेर सांस्कृतिक आदानप्रदानको साझा थलो बनाउने उद्देश्य रहेको बताउनुभयो।

उहाँले मेलाले विभिन्न समुदायबीच आपसी भाइचारा, सद्भाव र सामाजिक एकता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

आयोजकले मौलिक कला, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धनको अभियानलाई व्यापक बनाउन सञ्चारकर्मी तथा पत्रकारलाई समाचार सम्प्रेषण र प्रचार–प्रसारमार्फत सहयोग गरिदिन आग्रह गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८३ आश्विन १९, सोमबार २१:४७
लहानमा छाप्रोबासको चाडको अन्तिम दिन भब्य मनाइयो

लहानमा छाप्रोबासको चाडको अन्तिम दिन भब्य मनाइयो

२०८३ आश्विन १९, सोमबार २१:४७
भगवानपुरमा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान

भगवानपुरमा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान

२०८३ आश्विन १९, सोमबार २१:४७
नरहा र धनगढीमाईमा पोषण लेखाजोखा अभियान,कुपोषित बालबालिका पहिचानमा जोड

नरहा र धनगढीमाईमा पोषण लेखाजोखा अभियान,कुपोषित बालबालिका पहिचानमा जोड

२०८३ आश्विन १९, सोमबार २१:४७
लहान कांग्रेसको नगर नेतृत्वमा उमेश चौधरी, संगठनमा नयाँ पुस्ताको प्रवेश

लहान कांग्रेसको नगर नेतृत्वमा उमेश चौधरी, संगठनमा नयाँ पुस्ताको प्रवेश

२०८३ आश्विन १९, सोमबार २१:४७
नरहामा आँखा स्वास्थ्य अभियान, मोतियाबिन्दु पहिचान भएकाको निःशुल्क उपचार गरिने

नरहामा आँखा स्वास्थ्य अभियान, मोतियाबिन्दु पहिचान भएकाको निःशुल्क उपचार गरिने

२०८३ आश्विन १९, सोमबार २१:४७
Next Post
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा -

Discussion about this post

ताजा समाचार

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८३ आश्विन १९, सोमबार २१:४७
लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

२०८३ आश्विन १९, सोमबार २१:४७
लहानमा छाप्रोबासको चाडको अन्तिम दिन भब्य मनाइयो

लहानमा छाप्रोबासको चाडको अन्तिम दिन भब्य मनाइयो

२०८३ आश्विन १९, सोमबार २१:४७
भगवानपुरमा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान

भगवानपुरमा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान

२०८३ आश्विन १९, सोमबार २१:४७
नरहा र धनगढीमाईमा पोषण लेखाजोखा अभियान,कुपोषित बालबालिका पहिचानमा जोड

नरहा र धनगढीमाईमा पोषण लेखाजोखा अभियान,कुपोषित बालबालिका पहिचानमा जोड

२०८३ आश्विन १९, सोमबार २१:४७
लहान कांग्रेसको नगर नेतृत्वमा उमेश चौधरी, संगठनमा नयाँ पुस्ताको प्रवेश

लहान कांग्रेसको नगर नेतृत्वमा उमेश चौधरी, संगठनमा नयाँ पुस्ताको प्रवेश

२०८३ आश्विन १९, सोमबार २१:४७
नरहामा आँखा स्वास्थ्य अभियान, मोतियाबिन्दु पहिचान भएकाको निःशुल्क उपचार गरिने

नरहामा आँखा स्वास्थ्य अभियान, मोतियाबिन्दु पहिचान भएकाको निःशुल्क उपचार गरिने

२०८३ आश्विन १९, सोमबार २१:४७
नरहामा आँखा स्वास्थ्य अभियान, मोतियाबिन्दु पहिचान भएकाको निःशुल्क उपचार गरिने

नरहामा आँखा स्वास्थ्य अभियान, मोतियाबिन्दु पहिचान भएकाको निःशुल्क उपचार गरिने

२०८३ आश्विन १९, सोमबार २१:४७
वनको जग्गा खाली गराउने क्रममा घरटहरा हटाइएपछि स्थानीय आक्रोशित

वनको जग्गा खाली गराउने क्रममा घरटहरा हटाइएपछि स्थानीय आक्रोशित

२०८३ आश्विन १९, सोमबार २१:४७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...