Nepal BBC
Tuesday, September 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

महेश सिंह by महेश सिंह
२०८३ असार १९, शुक्रबार २२:२७
लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

Loading

महेश सिंह लहान सिरहा – मधेश प्रदेशका पाँच स्थानीय तहमा दुई वर्षदेखि सञ्चालन भएको ‘सुरक्षा र न्याय’ कार्यक्रम सम्पन्न भएसँगै स्थानीय सरकारले परियोजनाबाट स्थापित सफल अभ्यासलाई आफ्नै नीति, योजना र बजेटमार्फत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बेलायत सरकारको आर्थिक सहयोग, पिपुल इन निडको नेतृत्व तथा दिव्य विकास स्रोत केन्द्रद्वारा सञ्चालित उक्त परियोजनाअन्तर्गत बाराको सिम्रौनगढ नगरपालिका, सर्लाहीको बरहथवा नगरपालिका, धनुषाको जनकपुरधाम उपमहानगरपालिका तथा महोत्तरीका जलेश्वर र लोहारपट्टी नगरपालिकामा परियोजना सल्लाहकार समिति बैठक तथा उपलब्धि हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो।

बैठकमा जुन २०२४ देखि जुन २०२६ सम्म परियोजनाले हासिल गरेका उपलब्धि, सिकाइ तथा वित्तीय प्रतिवेदन सार्वजनिक गरिएको थियो। कार्यक्रममा लैङ्गिक हिंसा रोकथाम, पीडितमैत्री सेवा प्रवाह, न्यायमा पहुँच विस्तार, समुदायस्तरमा जनचेतना अभिवृद्धि तथा हिंसाविरुद्ध खुलेर आवाज उठाउने वातावरण निर्माणमा परियोजनाले उल्लेखनीय योगदान पुर्‍याएको निष्कर्ष प्रस्तुत गरिएको थियो।
त्यसैगरी विद्यालय तथा स्थानीय तहमा गठन गरिएका बालिका तथा समावेशी शिक्षा सञ्जाल र गुनासो सुनुवाइ संयन्त्रमार्फत सुरक्षित सिकाइ वातावरण, बालिकामैत्री शिक्षा तथा संस्थागत अभ्यास सुदृढ भएको समीक्षा गरिएको थियो।

पिपुल इन निडका परियोजना प्रबन्धक सुनिल कुमार साहले परियोजनाका उपलब्धि, सिकाइ र अन्तिम प्रतिवेदन सम्बन्धित स्थानीय तहलाई औपचारिक रूपमा हस्तान्तरण गर्दै ती अभ्यासलाई दीगो रूपमा संस्थागत गर्न आग्रह गर्नुभयो।
स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूले न्यायिक समितिको क्षमता अभिवृद्धि, लैङ्गिक हिंसा रोकथामसम्बन्धी नीति तथा कार्यविधिको प्रभावकारी कार्यान्वयन, आवश्यक बजेट सुनिश्चितता तथा परियोजनाबाट विकसित सफल अभ्यासलाई आगामी वार्षिक कार्यक्रममार्फत निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले लैङ्गिक हिंसा तथा हानिकारक सामाजिक परम्पराको अन्त्यका लागि नागरिक समाज र स्थानीय सरकारबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताउनुभयो।
कार्यक्रममा सहभागी स्थानीय सरकार, नेपाल प्रहरी, विद्यालय, समुदायमा आधारित संघसंस्था तथा अन्य सरोकारवालाले परियोजनाले समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै परियोजनामा कार्यरत कर्मचारीलाई सम्मान तथा धन्यवाद ज्ञापन गरेका थिए।
आयोजकले परियोजनाको सफल कार्यान्वयनमा सहयोग पुर्‍याउने सम्पूर्ण साझेदार संस्था, स्थानीय सरकार, सुरक्षा निकाय, विद्यालय तथा समुदायप्रति आभार व्यक्त गर्दै कार्यक्रमको समापन गरेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

Next Post
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८३ असार १९, शुक्रबार २२:२७
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८३ असार १९, शुक्रबार २२:२७
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८३ असार १९, शुक्रबार २२:२७
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८३ असार १९, शुक्रबार २२:२७
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८३ असार १९, शुक्रबार २२:२७
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८३ असार १९, शुक्रबार २२:२७
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...