![]()
महेश सिंह लहान सिरहा –विश्व हिन्दु परिषद् नेपाल जिल्ला कार्यसमिति सिरहाले कृष्ण जन्माष्टमीको दोस्रो दिन लहान नगरपालिका–६ स्थित राधाकृष्ण मन्दिरमा भजन–कीर्तनसहित कृष्ण जन्माष्टमी पर्व मनाएको छ।
हिन्दु सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले परिषद्ले सिरहाका विभिन्न स्थानमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। परिषद्का जिल्ला अध्यक्ष शिवदेव साहको अध्यक्षता तथा नेतृत्वमा कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा श्रद्धालुहरूले सामूहिक रूपमा भजन–कीर्तन गर्दै भगवान् श्रीकृष्णको पूजा–आराधना गरेका थिए। धार्मिक वातावरणमा सम्पन्न कार्यक्रममा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो।
भजन–कीर्तन कार्यक्रममा डा. मुना उपाध्याय, पवन यादव, पत्रकार नेपाल बीबीसीका महेश सिंह लगायत सयौं श्रद्धालुको उपस्थिति रहेको आयोजकले जनाएको छ।
परिषद्ले सनातन धर्म तथा मौलिक संस्कृतिको संरक्षणसँगै धार्मिक एकता र सामाजिक सद्भाव कायम गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।












Discussion about this post