Nepal BBC
Wednesday, August 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

महेश सिंह by महेश सिंह
२०८३ भाद्र १०, बुधबार १३:३२
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

Loading

महेश सिंह, लहान –सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनामा रहेको ग्राम ज्योति कृषि सहकारी संस्था लिमिटेडले किसानलाई सहज रूपमा मलखाद उपलब्ध गराउन थालेको छ। वडा नम्बर ४ का अध्यक्ष रमेश गोइत र सहकारीबीच केही महिनादेखि जारी विवाद अन्त्य भएपछि किसानलाई पालिकाले निर्धारण गरेको मूल्यमा मलखाद वितरण सुरु गरिएको हो।

सहकारीले मंगलबार आयोजना गरेको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष निलमदेवी यादव, कृषि शाखा प्रमुख हरिनारायण यादव र नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताको रोहवरमा सयौँ किसानलाई मलखाद वितरण गरेको सहकारीका प्रमुख विजय झाले जानकारी दिए।

झाका अनुसार किसानलाई कृषि सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकारीले काम गर्दै आएको छ। उनले संस्थाले कालोबजारी नगरेको दाबी गर्दै किसानलाई आवश्यक मलखाद निर्धारित मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता जनाए।

गाउँपालिका उपाध्यक्ष यादवले सहकारी र वडा अध्यक्षबीचको विवाद अन्त्य भएसँगै किसानले सहज रूपमा मलखाद पाउन थालेको बताइन्। किसानको हितलाई केन्द्रमा राखेर कृषि सामग्रीको वितरणलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष बनैताले रासायनिक मलमा मात्रै निर्भर नभई किसानले आफ्नै घरमा कम्पोस्ट मल उत्पादन गरी प्रयोग गर्नुपर्नेमा जोड दिए। उनले स्थानीय स्रोतबाट उत्पादन हुने जैविक मलको प्रयोग बढाउन किसानलाई आग्रह गरे।

त्यस्तै, संस्थाका प्रतिनिधि जगन्नाथ झाले आगामी दिनमा विवादको अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै वास्तविक किसानको पहिचानका लागि ‘किसान कार्ड’ वितरणको व्यवस्था गर्नुपर्ने बताए। किसानको पहिचान स्पष्ट भएपछि मलखाद वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

सहकारीले कृषि सामग्रीको वितरणमा पारदर्शिता कायम गर्दै किसानको मागअनुसार सेवा विस्तार गर्ने जनाएको छ। स्थानीय किसानलाई गाउँमै सहज रूपमा मलखाद तथा कृषि सामग्री उपलब्ध गराउने उद्देश्यले सहकारीले आफ्नो सेवा निरन्तर अघि बढाउने जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८३ भाद्र १०, बुधबार १३:३२
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८३ भाद्र १०, बुधबार १३:३२
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८३ भाद्र १०, बुधबार १३:३२
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८३ भाद्र १०, बुधबार १३:३२
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८३ भाद्र १०, बुधबार १३:३२
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८३ भाद्र १०, बुधबार १३:३२

Discussion about this post

ताजा समाचार

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८३ भाद्र १०, बुधबार १३:३२
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०८३ भाद्र १०, बुधबार १३:३२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...