Nepal BBC
Wednesday, June 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा: क्यान महासंघको १५औं साधारण सभा तथा ७औं अधिवेशन सम्पन्न, नन्दकिशोर गुप्ता अध्यक्षमा निर्वाचित

महेश सिंह by महेश सिंह
२०८१ मंसिर १५, शनिबार ०१:०६
सिरहा: क्यान महासंघको १५औं साधारण सभा तथा ७औं अधिवेशन सम्पन्न, नन्दकिशोर गुप्ता अध्यक्षमा निर्वाचित

Loading

सिरहा – कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा सिरहाको १५औं साधारण सभा तथा ७औं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। लहानमा आयोजित कार्यक्रममा निबर्तमान अध्यक्ष संजय कुमार शर्मा ठाकुरको अध्यक्षतामा प्रमुख अतिथि लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीको विशेष उपस्थिति रहेको थियो।
क्यान महासंघको स्थापना र इतिहास
क्यान महासंघको स्थापना २०५६ सालमा सिरहाको लहानमा भएको थियो। सुरुआती दिनमा १० जना स्थानीय व्यवसायीको सक्रियतामा सुरु भएको यो संस्था सूचना प्रविधिको विस्तार र सुदृढीकरणका लागि कार्यरत छ। सिरहाको लहानलाई सूचना प्रविधिमा अगाडि बढाउने उद्देश्यले स्थापना भएको क्यान महासंघले विगत दुई दशकदेखि आईसीटी शिक्षाको प्रवर्द्धन, प्राविधिक तालिम तथा साइबर अपराध नियन्त्रणका क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ।
संस्थाका संस्थापक अध्यक्ष दीपेन्द्रराज सिंहका अनुसार, क्यान महासंघले विभिन्न तालिम र अभियान सञ्चालन गर्दै स्थानीय युवाहरुलाई प्रविधि सम्बन्धी सीप र जानकारी उपलब्ध गराउँदै आएको छ। गरिब, दलित, र पिछडिएका समुदायका विद्यार्थीहरुलाई स्थानीय शिक्षण संस्थाहरुमा अध्ययनको व्यवस्था गर्दै आईसीटी क्षेत्रको पहुँच सबैमा पु¥याउन महासंघ सक्रिय छ।
७औं अधिवेशनका मुख्य विषयवस्तु
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महेश प्रसाद चौधरीले प्रविधिको महत्वमा जोड दिए। “यो युग कम्प्युटर र प्रविधिको युग हो। कुनै पनि क्षेत्रमा प्रगति गर्न प्रविधिको उपयोग अनिवार्य छ। लहान नगरपालिकाले क्यान महासंघसँग सहकार्य गरी स्थानीय युवालाई रोजगारी सिर्जना गर्न प्रतिबद्ध छ,” उनले भने।
मधेस प्रदेशका अध्यक्ष धन्नजे महतोले साइबर अपराध नियन्त्रण र सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राख्ने बताउँदै सिरहामा सञ्चालन गरिएका तालिम तथा योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। केन्द्रिय सचिव भुपाल दास श्रेष्ठले सिरहालाई सूचना प्रविधिमा उत्कृष्ट बनाउने योजनाको खाका प्रस्तुत गरे।
निर्वाचित नेतृत्व र नयाँ समिति
अधिवेशनले क्यान महासंघ जिल्ला शाखा सिरहाका लागि नयाँ कार्यसमिति चयन गरेको छ। निर्वाचित पदाधिकारीहरु:
अध्यक्ष: नन्दकिशोर गुप्ता
उपाध्यक्ष: दीपेन्द्र महतो
सचिव: सुरेन्द्र कुमार महतो
कोषाध्यक्ष: सुनैना कुमारी सिंह कुशवाह
सहसचिव: धुनु महतो
सदस्यहरु: सन्तोषी कुमारी यादव, सन्तोष कुमार गुप्ता, मनोज कुमार यादव, भगवानलाल चौधरी, कुमोद कुमार यादव
कार्यक्रमको प्रमुख आकर्षण खुला सत्र र बन्द सत्र दुवैमा सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
आगामी योजनाहरु
क्यान महासंघले आगामी दिनमा स्थानीय तहसँग सहकार्य गरी साइबर सुरक्षा सम्बन्धी जनचेतना अभियान, प्राविधिक तालिम कार्यक्रम, र स्थानीय शिक्षण संस्थाहरुसँगको सहकार्यमा प्रविधि शिक्षाको विस्तार गर्ने योजना बनाएको छ। गरिब र पिछडिएका वर्गका बालबालिकालाई सूचना प्रविधिमा आधारित शिक्षामा पहुँच पु¥याउन विशेष पहल गरिने बताइएको छ।
कार्यक्रमको समापनमा अध्यक्ष नन्दकिशोर गुप्ताले नवीन नेतृत्वले क्यान महासंघलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

महेश सिंह

महेश सिंह

Related Posts

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ मंसिर १५, शनिबार ०१:०६
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८१ मंसिर १५, शनिबार ०१:०६
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ मंसिर १५, शनिबार ०१:०६
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८१ मंसिर १५, शनिबार ०१:०६
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८१ मंसिर १५, शनिबार ०१:०६
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८१ मंसिर १५, शनिबार ०१:०६
Next Post
लहान सिटी जेसीज र भगवानपुर गाउँपालिकाद्वारा लागू औषध नियन्त्रणमा विशेष खुला बहस कार्यक्रम

लहान सिटी जेसीज र भगवानपुर गाउँपालिकाद्वारा लागू औषध नियन्त्रणमा विशेष खुला बहस कार्यक्रम

लहानमा जेसिजको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

लहानमा जेसिजको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेता यादवले बिरुवा रोपेर मनाए जन्मदिन, समाजमा सकारात्मक सन्देश

नेता यादवले बिरुवा रोपेर मनाए जन्मदिन, समाजमा सकारात्मक सन्देश

Discussion about this post

ताजा समाचार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ मंसिर १५, शनिबार ०१:०६
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८१ मंसिर १५, शनिबार ०१:०६
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ मंसिर १५, शनिबार ०१:०६
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८१ मंसिर १५, शनिबार ०१:०६
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८१ मंसिर १५, शनिबार ०१:०६
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८१ मंसिर १५, शनिबार ०१:०६
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८१ मंसिर १५, शनिबार ०१:०६
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८१ मंसिर १५, शनिबार ०१:०६
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८१ मंसिर १५, शनिबार ०१:०६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.