यादवको यो कदमले सामाजिक र पर्यावरणीय सन्देश दिनुका साथै आगामी दिनमा राजनीतिक र सामाजिक जिम्मेवारीप्रतिको थप प्रतिबद्धता झल्काएको छ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालका नेता विजय कुमार यादवले आफ्नो जन्मदिनको अवसरमा विशेष कार्यक्रम गर्दै समाजमा सकारात्मक सन्देश दिएका छन्। “पर्यावरण जोगाऔं, भविष्य निर्माण गरौं” भन्ने नाराका साथ यादवले बृक्षारोपण गर्दै जन्मदिन मनाएका हुन्।
पछिल्लो समय राजनीतिसँगै समाजसेवामा सक्रिय नेताका रूपमा चर्चित यादवले सामाजिक रुपान्तरणका अभियानहरूमा विशेष चासो देखाउँदै आएका छन्। उनी हरेक वर्ष जन्मदिनको अवसरलाई समाजप्रतिको योगदानका लागि उपयोग गर्दै आएका छन्। यसपटक उनले जन्मदिनमा बिरुवा रोपेर वातावरण संरक्षणको महत्त्व झल्काए।
राजनीतिसँगै समाजसेवामा सक्रिय
सानै उमेरदेखि राजनीतिमा रुचि राख्दै आएका यादवले आफ्नो सामाजिक छवि उज्ज्वल राख्दै समाज सेवामा पनि निरन्तरता दिएका छन्। उनको सक्रियताले मात्र नभई जनताका समस्याप्रतिको संवेदनशीलताले पनि उनको लोकप्रियता बढाएको छ। परिवारका सदस्यका अनुसार, यादवले प्रत्येक जन्मदिनलाई विशेष बनाउँदै समाजमा सकारात्मक प्रभाव पार्ने कार्य गर्दै आएका छन्।
समाजमा योगदानको प्रतिबद्धता
जन्मदिनको अवसरमा आयोजित बृक्षारोपण कार्यक्रममा यादवले भने, “हाम्रो भूमिलाई हराभरा बनाउनु हरेक नागरिकको दायित्व हो। पर्यावरणको रक्षा गर्नु भनेको भविष्यको रक्षा गर्नु हो।” कार्यक्रममा स्थानीय समुदाय, समर्थक र पार्टीका कार्यकर्ताको ठूलो उपस्थिति रहेको थियो।
नेता यादवलाई जन्मदिनको अवसरमा बधाई तथा शुभकामना दिन आउनेहरूको घुइँचो लागेको थियो। शुभचिन्तकहरूले उनको यो कार्यलाई उदाहरणीय कदमका रूपमा लिएका छन्।
Discussion about this post