Nepal BBC
Monday, August 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

धनगढीमाईमा लैङ्गिक हिंसा विरुद्धको ३३औं १६ दिने अभियान सुरु

महेश सिंह by महेश सिंह
२०८१ मंसिर ११, मंगलवार ०७:२७
धनगढीमाईमा लैङ्गिक हिंसा विरुद्धको ३३औं १६ दिने अभियान सुरु

Loading

सिरहा— “हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता” भन्ने नारासहित धनगढीमाई नगरपालिकामा ३३औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत याली कार्यक्रमको आयोजना गरिएको छ। यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० (मंसिर १० देखि २५) सम्म सञ्चालन हुनेछ।

धनगढीमाई नगरपालिका-११ मा मंसिर १० गते सम्पन्न यालीमा नगर उपप्रमुख संगिता चौधरीको प्रमुख उपस्थिति रहेको थियो। नगर क्षेत्रका सयौं विद्यार्थी, स्थानीय संघ-संस्था, जनप्रतिनिधि, र मानव अधिकारकर्मीको सहभागिता रहेको यो कार्यक्रमले लैङ्गिक हिंसाविरुद्धको चेतना प्रवाह गर्दै ऐक्यवद्धता जनायो।

कार्यक्रमको समन्वय महिला मानव अधिकार रक्षक सञ्जाल धनगढीमाई र मानव अधिकार संरक्षण केन्द्र सञ्जाल सिरहाले गरेका थिए। यसैगरी, समग्र जन उत्थान केन्द्र, लहान फिल्टर्स, र केयर नेपालले कार्यक्रम आयोजना गर्न सहयोग गरेका थिए।

अभियानको औपचारिक उद्घाटन

उद्घाटन समारोहमा बोल्दै नगर उपप्रमुख चौधरीले लैङ्गिक हिंसा अन्त्यका लागि समुदायस्तरमै सशक्त अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “लैङ्गिक हिंसा अन्त्यका लागि कानुन कार्यान्वयन मात्रै पर्याप्त हुँदैन। मानसिकता परिवर्तन र सामूहिक प्रतिबद्धता पनि जरुरी छ।”

समाजिक परिचालक एकेसा चौधरीले अभियानको महत्त्वबारे जानकारी दिँदै यो कार्यक्रम देशभरका विभिन्न संस्थाहरूको समन्वयमा सञ्चालन भइरहेको बताउनुभयो। “अभियानले महिला र बालबालिकामाथि हुने हिंसाका घटनाहरूलाई उजागर गर्न र त्यस्ता हिंसाको अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ,” चौधरीले भन्नुभयो।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

नोभेम्बर २५ (अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवस) देखि डिसेम्बर १० (अन्तर्राष्ट्रिय मानव अधिकार दिवस) सम्म सञ्चालन हुने यो अभियान विश्वव्यापी रूपमा मनाइन्छ। नेपालमा पनि विभिन्न संघ-संस्था र स्थानीय सरकारहरूको साझेदारीमा विविध कार्यक्रमको आयोजना हुँदै आएको छ।

यस पटक धनगढीमाई नगरपालिकामा आयोजित यालीले लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने र समुदायलाई सचेत पार्ने प्रयास गरेको छ।

जनप्रतिनिधि र विद्यार्थीको सक्रियता

कार्यक्रममा विद्यालयस्तरका विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिन्थ्यो। प्लेकार्ड, ब्यानर, र नारासहित प्रदर्शन गरिएको यालीले स्थानीय बासिन्दाको ध्यान खिच्यो। “यो हाम्रो लागि सिकाइको अवसर हो। हामी सबैले हिंसाविरुद्ध एकजुट हुनुपर्छ,” सहभागी एक विद्यार्थीले भने।

नगरपालिकाका अन्य वडामा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको नगरपालिकाले जानकारी दिएको छ।

यस प्रकारका अभियानले महिला र बालबालिकाको अधिकार संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकहरूको छ। “यस्ता कार्यक्रमले समाज परिवर्तन गर्ने थालनी गरिसकेको छ,” एक अधिकारकर्मीले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ मंसिर ११, मंगलवार ०७:२७
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ मंसिर ११, मंगलवार ०७:२७
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ मंसिर ११, मंगलवार ०७:२७
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ मंसिर ११, मंगलवार ०७:२७
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ मंसिर ११, मंगलवार ०७:२७
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८१ मंसिर ११, मंगलवार ०७:२७
Next Post
देव नारायण महराको जीवन संकटमा: आर्थिक अभावले उपचार रोकियो

देव नारायण महराको जीवन संकटमा: आर्थिक अभावले उपचार रोकियो

सिरहाको नरहामा जसपाको वडास्तरीय अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न

सिरहाको नरहामा जसपाको वडास्तरीय अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न

३३औँ अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवसः लहानमा र्‍याली र सचेतना कार्यक्रम

३३औँ अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवसः लहानमा र्‍याली र सचेतना कार्यक्रम

Discussion about this post

ताजा समाचार

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ मंसिर ११, मंगलवार ०७:२७
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ मंसिर ११, मंगलवार ०७:२७
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ मंसिर ११, मंगलवार ०७:२७
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ मंसिर ११, मंगलवार ०७:२७
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ मंसिर ११, मंगलवार ०७:२७
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८१ मंसिर ११, मंगलवार ०७:२७
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०८१ मंसिर ११, मंगलवार ०७:२७
लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०८१ मंसिर ११, मंगलवार ०७:२७
लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

२०८१ मंसिर ११, मंगलवार ०७:२७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.