![]()
महेश सिंह,लहान सिरहा –उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङ आज आइतबार सिरहाको लहानस्थित खुट्टीखोलामा आयोजना हुने छठ पर्वको दोस्रो दिन अर्थात् साँझको अर्घ्य (साँझकारक) कार्यक्रममा सहभागी हुने भएका छन्।
छठ पर्वको अवसरमा खुट्टीखोलामा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन अध्यक्ष घिसिङ लहान आउन लागेका हुन्। सो अवसरमा उनले छठ पर्व मनाइरहेका व्रतालु महिला तथा भक्तजनसँग भेटघाट गरी महापर्व छठको शुभकामना व्यक्त गर्ने कार्यक्रम रहेको बताइएको छ।
लहानमा रहँदा उनले स्थानीय नेता तथा पार्टीका कार्यकर्तासँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको उज्यालो नेपाल पार्टीका नेता राजेश विद्रोहीले जानकारी दिनुभयो।
पछिल्लो समय कुलमान घिसिङले सार्वजनिक तथा ऊर्जा क्षेत्रमा गरेका काम र भूमिकालाई लिएर विभिन्न क्षेत्रबाट चर्चा हुँदै आएको छ। यसैबीच उज्यालो नेपाल पार्टीले आफ्नो राजनीतिक गतिविधि विस्तार गर्दै आएको बताइएको छ।
पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा समेत सहभागिता जनाउने तयारी गरेको बुझिएको छ। अध्यक्ष घिसिङको लहान आगमनलाई स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।












Discussion about this post