Nepal BBC
Tuesday, August 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा ग्रामीण कृषक महिलाहरूको अधिकार र सशक्तीकरणका लागि सार्वजनिक सुनुवाई

महेश सिंह by महेश सिंह
२०८१ मंसिर २०, बिहीबार ०२:२२
सिरहामा ग्रामीण कृषक महिलाहरूको अधिकार र सशक्तीकरणका लागि सार्वजनिक सुनुवाई

Loading

सिरहा – ग्रामीण क्षेत्रका महिलाहरूको आर्थिक सशक्तीकरण र अधिकार सुनिश्चितताका लागि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा “ग्रामीण कृषक महिलाहरूको अधिकार र योगदान सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रम दिदीबहिनी संस्थाको आयोजनामा तथा लक्ष्मीपुर पतारी गाउँपालिकाको सहकार्यमा सम्पन्न भएको हो। ग्रामीण महिला आर्थिक सशक्तीकरण कार्यक्रम संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष, संयुक्त राष्ट्रसंघ महिला, विश्व खाद्य कार्यक्रम को समन्वय र सहकार्यमा कार्यक्रम संचालनमा रहेको छ।

सार्वजनिक सुनुवाई कार्यक्रममा महिलाहरूले कृषि क्षेत्रमा भोगिरहेका समस्या र समाधानका उपायहरूमाथि आफ्ना विचार खुलस्त रूपमा राखेका थिए। सिरहाको लक्ष्मीपुर पतारी, सखुवानान्कारकट्टी र कर्जन्हा नगरपालिकाका साथै सप्तरीको छिनमस्ता र तिलाठी कोइलारी गाउँपालिकामा यस कार्यक्रम सञ्चालन भइरहेको छ।
कार्यक्रमको सहजीकरण रिता साहले गरिन्। आयोजकका अनुसार ५० जना महिला कृषकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी महिला किसानहरूले आफ्नो अनुभव, समस्या, र माग प्रष्ट रूपमा प्रस्तुत गरे।
सुनिता मण्डलले कृषि मेसिन र आधुनिक उपकरणहरूको अभावले उत्पादनमा समस्या परेको बताइन्। उनले भनिन्, “हामीले खेत खनजोत गर्न समेत भारी मेसिनको अभाव भोगिरहेका छौँ। कम समय र सस्तो लागतमा खेती गर्न यान्त्रिकीकरणको खाँचो छ।”
रानी कापरले समयमा बीउ, मलखाद, र कीटनाशक औषधिको आपूर्ति नहुँदा खेतीमा क्षति पुग्ने समस्या सुनाइन्। “बाली लगाउने बेला समयमा मलखाद उपलब्ध नहुँदा उत्पादन घटेको छ। सरकारले किसानलाई प्राथमिकतामा राखेर मल वितरणको प्रक्रिया सुधार गर्नुपर्छ,” उनले जोड दिइन्।

सुनिता कुमारी दासले महिलाहरूको कृषि क्षेत्रमा ठूलो योगदान हुँदाहुँदै पनि उचित पहिचान नपाएकोमा दुःख व्यक्त गरिन्। “खेतीमा महिलाहरूको मिहिनेत प्रमुख भए पनि प्रायः सबै ठाउँमा किसानको रूपमा पुरुषको नाम लेखिने परम्परा छ। यो सुधार हुनुपर्छ,” उनले भनिन्।
सिता देवीले सिचाइको अभावले गर्दा सिंचित खेती गर्न असम्भव भएको बताइन्। “सुक्खा बालीमात्र फलाएर घरपरिवार धान्न गाह्रो छ। गाउँगाउँमा सिचाइ सुविधाको विस्तार गर्न राज्यले ठोस योजना ल्याउनु जरुरी छ,” उनले भनिन्।
ललिता देवीले बिद्युतीकरणको अभावले कृषि उत्पादनमा ठूलो असर परेको गुनासो गरिन्। उनले भनिन्, “हामीले सिचाइ र पानी तानेर सिंचाइ गर्न विद्युतीय मोटर चलाउनुपर्छ। तर, बिद्युतीकरण नहुँदा समयमै काम गर्न सकिरहेका छैनौँ।”
चन्दा कुमारीले ग्रामीण महिलाहरूलाई सहकारीमा पहुँच पुर्‍याउन र सहुलियत कर्जा योजनाहरूलाई महिलामैत्री बनाउन माग गरिन्।

पालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले कार्यक्रमका क्रममा कृषक महिलाहरूको समस्या सुनेर केही ठोस कदमहरू चाल्ने प्रतिबद्धता जनाए।
उनले भने, “फाल्गुन मसान्तभित्र सिचाइको लागि कृषि विद्युतीकरणको काम सम्पन्न गर्नेछौँ। साथै, बीउ, मलखाद, र औषधि समयमै उपलब्ध गराउन पालिकाले नयाँ योजना ल्याउनेछ।”
पालिकाका उपाध्यक्ष अमरकला देवी यादवले महिलामैत्री नीति र कार्यक्रमहरू लागू गर्न आफू प्रतिवद्ध रहेको बताइन्।
दिदीबहिनी संस्थाकी प्रतिनिधि तथा कार्यक्रम सहजकर्ता रिता साहले ग्रामीण महिलाहरूको सशक्तीकरणका लागि दीर्घकालीन र दिगो समाधान आवश्यक रहेको बताइन्। “संविधानले महिलाहरूलाई समान अधिकार दिएको भए पनि व्यवहारमा अझै धेरै समस्या छन्। कृषि क्षेत्रमा महिलाहरूको पहिचान र पहुँच सुनिश्चित गर्न ठोस नीति आउनु पर्छ,” उनले भनिन्।

कार्यक्रमले महिलाहरूको जीवनस्तर उकास्न, उनीहरूको समस्यालाई स्थानीय सरकार र सरोकारवालासम्म पुर्‍याउन र आर्थिक सशक्तीकरणका लागि पहल थाल्न महत्वपूर्ण भूमिका खेलेको छ।सम्बन्धित अधिकारीहरू र सरोकारवालाहरूको ध्यानाकर्षणसहित कार्यक्रमको समापन भएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ मंसिर २०, बिहीबार ०२:२२
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ मंसिर २०, बिहीबार ०२:२२
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ मंसिर २०, बिहीबार ०२:२२
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ मंसिर २०, बिहीबार ०२:२२
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ मंसिर २०, बिहीबार ०२:२२
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ मंसिर २०, बिहीबार ०२:२२
Next Post
पत्रकार महासंघ सिरहाको सानदार जित, खेलमार्फत युवा दुर्व्यसनविरुद्ध सचेतना

पत्रकार महासंघ सिरहाको सानदार जित, खेलमार्फत युवा दुर्व्यसनविरुद्ध सचेतना

पद्मोदयको फाउन्डेसन द्वारा १०० जना अपाङ्गता भएका व्यक्तिलाई व्हीलचेयर वितरण

पद्मोदयको फाउन्डेसन द्वारा १०० जना अपाङ्गता भएका व्यक्तिलाई व्हीलचेयर वितरण

सप्तरीमा ग्रामीण महिलाको आर्थिक सशक्तिकरणतर्फ सार्वजनिक सुनुवाइ

सप्तरीमा ग्रामीण महिलाको आर्थिक सशक्तिकरणतर्फ सार्वजनिक सुनुवाइ

Discussion about this post

ताजा समाचार

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ मंसिर २०, बिहीबार ०२:२२
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ मंसिर २०, बिहीबार ०२:२२
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ मंसिर २०, बिहीबार ०२:२२
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ मंसिर २०, बिहीबार ०२:२२
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ मंसिर २०, बिहीबार ०२:२२
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ मंसिर २०, बिहीबार ०२:२२
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८१ मंसिर २०, बिहीबार ०२:२२
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०८१ मंसिर २०, बिहीबार ०२:२२
लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०८१ मंसिर २०, बिहीबार ०२:२२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...