![]()
महेश सिंह, बुटवल – रुद्रगण धार्मिक संस्थाले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै पाँचवटा पालिकामा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट २५७ पिन्ट रगत संकलन गरेको छ।
संस्थाले बुटवल, भैरहवा, तिलोत्तमा, लुम्बिनी र शुद्धोधनका विभिन्न स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। विभिन्न स्थानमा आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता जनाउँदै रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।
संकलित रगतले रगतको अभावमा उपचार गराउन कठिनाइ भोगिरहेका बिरामीलाई सहयोग पुग्नुका साथै आकस्मिक अवस्थामा धेरैको जीवन बचाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।
रक्तदानलाई मानवीय सेवाको उत्कृष्ट कार्यका रूपमा स्थापित गर्दै समाजमा रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने तथा आवश्यकतामा रहेका बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।
रक्तदानजस्तो पुण्य र मानवीय कार्यमा सहभागी हुने सम्पूर्ण रक्तदाता, सहयोगी तथा कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सबैप्रति संस्थाले आभार व्यक्त गरेको छ।कार्यक्रमसम्बन्धी जानकारी विशाल गिरीले दिनुभएको हो।











Discussion about this post