Nepal BBC
Monday, August 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कमला नदी किनारमा भूत मेला: धामी–झाँक्रीको दैवी ताण्डव र जनसागर

महेश सिंह by महेश सिंह
२०८१ कार्तिक ३०, शुक्रबार ०५:२९
कमला नदी किनारमा भूत मेला: धामी–झाँक्रीको दैवी ताण्डव र जनसागर

Loading

सिरहा र धनुषा जोड्ने कमला नदीमा आज ‘भूत मेला’ विशेष धूमधामका साथ सम्पन्न भएको छ। कार्तिक शुक्ल पूर्णिमाको अवसर पारेर आयोजना हुने यो मेला धार्मिक र सांस्कृतिक दृष्टिकोणले विशिष्ट मानिन्छ। दैवी शक्तिको आराधना गर्दै भूतप्रेतको शमन गर्ने प्रचलनले यहाँ स्थानीय धामी–झाँक्री र श्रद्धालुहरूको भीड लागेको छ।
भक्तजन र धामीहरूको भीडले भरिएको नदी तटमा मृदङ्ग, झ्याली, ढोल र पिपहीको सांगीतिक तालसँगै ‘भगैत’ भाका गुञ्जिएको छ। भगतिया, अर्थात् ठेट मैथिली भाकामा स्तुति गाउनेहरू, देवता र दैवी शक्तिको स्तुति गाउँदैछन्। यस बीचमा धामीहरू माटोको ढकनामा आगो भर्राउँदै र दैवी रौद्रता प्रकट गर्दै नदीको किनारमा ताण्डव नृत्य प्रस्तुत गरिरहेका छन्। उनीहरूको हातमा आगोले भरिएको ढकना हुन्छ, जसलाई नचाउँदै सिंहनादसहित अद्भुत कौशल प्रदर्शन गर्दछन्।

धामी मोचाइका अनुसार, यो विशेष दिनलाई सतवैद्य समारोहको रूपमा मानिन्छ। नयाँ धामीहरूले यस दिन कमला नदीलाई गंगा समान पवित्र मानी स्नान गर्दछन्। यो अवसरमा उनीहरूले समाज र जनहितका लागि मात्रै शक्तिको प्रयोग गर्ने शपथ लिन्छन्। स्थानीय विश्वास अनुसार, दैवी शक्तिको उपयोगले भूत–प्रेतको सन्तापबाट जनतालाई मुक्ति दिलाउने र रोग–व्याधिबाट रक्षा गर्ने परम्परा रहेको छ।
कमला नदीको धार्मिक महत्त्वका कारण यहाँको मेला एक प्रकारको सांस्कृतिक उत्सव बनेको छ। सिरहा, धनुषा लगायत आसपासका जिल्लाका हजारौं भक्तजन यो मेलामा सामेल हुन आएका छन्। गंगा स्नानको सामर्थ्य नभएका लागि कमला नदीमा स्नान गरेर पाप मोचन गर्ने जनविश्वास छ।

महेश सिंह

महेश सिंह

Related Posts

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ कार्तिक ३०, शुक्रबार ०५:२९
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

Next Post
बर्धमान अस्पतालले उपचारमा कुनै लापरबाही नगरेको डा.यादवको दाबी

कमला नदीको त्रासदी: सुरक्षा चेतनाको अभावले डुबाए दुई किशोर

धनुषाधाम उपनिर्वाचन: कार्यालय स्थापना र तयारी तीव्र

Discussion about this post

ताजा समाचार

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ कार्तिक ३०, शुक्रबार ०५:२९
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ कार्तिक ३०, शुक्रबार ०५:२९
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ कार्तिक ३०, शुक्रबार ०५:२९
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ कार्तिक ३०, शुक्रबार ०५:२९
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ कार्तिक ३०, शुक्रबार ०५:२९
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८१ कार्तिक ३०, शुक्रबार ०५:२९
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...