Nepal BBC
Wednesday, March 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

धार्मिक सहिष्णुता कायम गर्न लहानमा हातेमालो संवाद समिति सक्रिय

महेश सिंह by महेश सिंह
२०८१ कार्तिक ६, मंगलवार ११:५६
धार्मिक सहिष्णुता कायम गर्न लहानमा हातेमालो संवाद समिति सक्रिय

Loading

– मधेश प्रदेशका सिरहाको लहानमा धार्मिक सहिष्णुता र संवादको नयाँ उदाहरण स्थापना भएको छ। विभिन्न धार्मिक समुदायबीच बढ्दो तनावलाई सम्बोधन गर्न २०७३ असोज ८ गते “हातेमालो अन्तर धार्मिक संवाद समिति” गठन गरिएको छ। यस समितिले हिन्दू, मुस्लिम, इसाई र बौद्ध धर्मालम्बीलाई एकत्रित गरी शान्ति, सहिष्णुता, र आपसी भाइचाराको प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।
लहान सगरमाथा अञ्चलको एक प्रमुख व्यापारिक केन्द्र हो, जहाँ पहाड, तराई, र हिमालका मानिसहरू बसोबास गर्छन्। यहाँ धार्मिक र सांस्कृतिक विविधताले भरिएको समाज रहेको छ। विगतमा केही धार्मिक विवादहरू उत्पन्न भए तापनि, समितिको प्रयासले धार्मिक सहिष्णुतामा ठोस कदम चालेको छ। लक्ष्मी पूजाको दिन भएको एक विवादास्पद घटना, जसमा गाईको बली र मस्जिदमा सुंगुरको टाउको भेट्टिएको थियो, त्यसपछि समिति गठन गर्ने विचार अघि आएको थियो।
यो समिति समग्र जनउत्थान केन्द्र र जी.आई.जेड.-सी.पी.एस.को सहकार्यमा गठन गरिएको हो। प्रारम्भमा हिन्दू र मुस्लिम समुदायका प्रतिनिधिहरू समावेश भए तापनि, अहिले क्रिश्चियन, बौद्ध धर्मालम्बीहरू पनि सहभागिता जनाउँदै आएका छन्। ३१ सदस्यीय समितिमा महिलाहरूको पनि उल्लेख्य उपस्थिति छ।
समितिले गठन भएदेखि नै स्थानीय सरोकारवालाहरू, शैक्षिक संस्था, र अन्य समुदायसँगको सहकार्य गर्दै सामाजिक, सांस्कृतिक तथा धार्मिक समस्याहरूको संवादमार्फत समाधान गरिरहेको छ। समितिको क्रियाकलापले लहान क्षेत्रलाई धार्मिक सहिष्णुता र शान्तिको प्रतीक बनाएको छ।
समितिको प्रयासले लहान नगरपालिकासहित धनगढीमाई नगरपालिकामा पनि समाजिक शान्ति र भाइचारालाई प्रवर्द्धन गर्न मद्दत गरिरहेको छ। समग्र जनउत्थान केन्द्रका अध्यक्ष राम भरोसी महतोको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंह कोइरी थिए। मन्त्री सिंहले समितिको सराहना गर्दै यसले समाजमा शान्तिको सन्देश दिने र मधेश प्रदेश सरकारले सदैव सहयोग गर्ने बताएका छन्।
कार्यक्रमको सञ्चालन समग्र जनउत्थान केन्द्रकी उपाध्यक्ष अनिता चौधरीले गरेकी थिइन्।

महेश सिंह

महेश सिंह

Related Posts

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

२०८१ कार्तिक ६, मंगलवार ११:५६
मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

२०८१ कार्तिक ६, मंगलवार ११:५६
चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

२०८१ कार्तिक ६, मंगलवार ११:५६
भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

२०८१ कार्तिक ६, मंगलवार ११:५६
प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

२०८१ कार्तिक ६, मंगलवार ११:५६
लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

२०८१ कार्तिक ६, मंगलवार ११:५६
Next Post
जन्मदिनमा वातावरणीय सन्देश: आयुष यादवद्वारा श्रीभानू विद्यालयमा वृक्षारोपण”

जन्मदिनमा वातावरणीय सन्देश: आयुष यादवद्वारा श्रीभानू विद्यालयमा वृक्षारोपण"

लहान नगरपालिकाले किसानहरूलाई जैविक खेतीका लागि २ लाख बराबरको सामग्री वितरण 

लहान नगरपालिकाले किसानहरूलाई जैविक खेतीका लागि २ लाख बराबरको सामग्री वितरण 

नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाद्वारा रक्तसंचार कार्यशाला सम्पन्न

नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाद्वारा रक्तसंचार कार्यशाला सम्पन्न

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ कार्तिक ६, मंगलवार ११:५६
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८१ कार्तिक ६, मंगलवार ११:५६
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८१ कार्तिक ६, मंगलवार ११:५६
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८१ कार्तिक ६, मंगलवार ११:५६
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८१ कार्तिक ६, मंगलवार ११:५६
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८१ कार्तिक ६, मंगलवार ११:५६
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

२०८१ कार्तिक ६, मंगलवार ११:५६
जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

२०८१ कार्तिक ६, मंगलवार ११:५६
सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

२०८१ कार्तिक ६, मंगलवार ११:५६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.