Nepal BBC
Monday, August 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

समाज सुधार अभियान: सतलोक आश्रममा भव्य विवाह समारोह सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ मंसिर १, शनिबार ०२:५९
समाज सुधार अभियान: सतलोक आश्रममा भव्य विवाह समारोह सम्पन्न

Loading

५११ औं दिव्य धर्म यज्ञ दिवसमा १३ नव जोडीको दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह सम्पन्न

– धनुषा जिल्लाको मिथिला नगरपालिका–२, बेलाचापीस्थित सतलोक आश्रममा ५११ औं दिव्य धर्म यज्ञ दिवसको अवसरमा आयोजित विशेष सामाजिक सुधार कार्यक्रम अन्तर्गत १३ नव जोडीको दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह (रमैणी) सम्पन्न भएको छ।
सामाजिक सुधारको प्रेरणा
सन्त रामपालजी महाराजको पावन सान्निध्य र प्रेरणाबाट आयोजित यस कार्यक्रममा परम्परागत सामाजिक कुरीति तथा अन्धविश्वासको अन्त्य गर्दै समाजमा दाइजोप्रथा विरुद्ध जागरुकता फैलाउने उद्देश्य राखिएको थियो। आयोजकका अनुसार यस प्रकारको विवाहमा दाइजो वा अन्य कुनै प्रकारको आर्थिक तथा भौतिक लेनदेन हुँदैन। विवाह समारोह पूर्ण रूपमा आडम्बररहित र सरलतामा सम्पन्न गरिन्छ।
विवाह समारोहको विशेषता
यस समारोहमा १७ मिनेटको गुरुवाणी पाठद्वारा विवाह प्रक्रिया सम्पन्न गरियो। विवाहका क्रममा धार्मिक विधिबाट ३३ करोड देवीदेवताहरूको स्तुति गर्दै उनीहरूको साक्षीमा जोडीहरूलाई परिणय सूत्रमा बाँधिएको थियो। समारोहमा कुनै पनि पक्षले खर्च गर्नुपर्ने अवस्था थिएन।
सामूहिक विवाहले समाजमा दाइजोप्रथा जस्तो कुप्रथा हटाउन र आडम्बररहित जीवनशैलीको प्रवर्द्धन गर्न ठूलो सन्देश दिएको छ। विवाह समारोहमा मांसाहार, नशालु पदार्थलगायतका कुनै पनि असामाजिक कृयाकलापलाई पूर्ण रूपमा निषेध गरिएको थियो।

तीन दिवसीय कार्यक्रमका मुख्य पक्षहरू
कार्यक्रम ५११ औं दिव्य धर्म यज्ञ दिवसको अवसरमा तीन दिनसम्म मनाइएको थियो। कार्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म सञ्चालन भएको यस कार्यक्रममा विभिन्न समाज सुधारका क्रियाकलापहरू गरिएका छन्।
पहिलो दिन: अमरग्रन्थ साहेबको पाठ तथा सत्संग गरियो।
दोस्रो दिन: सामूहिक विवाह, रक्तदान कार्यक्रम, तथा समाज सुधारका विविध कार्यक्रमहरू सम्पन्न भए।
तेस्रो दिन: भोग आरती र सत्संग गरी कार्यक्रम समापन गरिने आयोजकले जनाएका छन्।
रक्तदान र मानवीय सेवा
सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्दै कार्यक्रमका सहभागीले नेपाल रेडक्रस सोसाइटीलाई १६५ युनिट रक्तदान गरेका छन्। यसले समाजसेवा र मानवता प्रति कार्यक्रमको प्रतिबद्धता झल्काएको छ।
विशाल भण्डारा र व्यवस्थापन
सतलोक आश्रमले लाखौं आगन्तुकहरूको लागि नि:शुल्क भोजन र बसोबासको व्यवस्था गरेको थियो। विशाल भण्डारामा शुद्ध घ्युमा बनेका लड्डु, जेरी, बर्फी, हलुवा, पूरी, तरकारी, दाल, भात, अचारलगायत परिकारको व्यवस्थापन गरिएको थियो। हरेक आगन्तुकलाई श्रद्धाभक्तिका साथ भोजन गराइएको थियो।
गणमान्यहरूको उपस्थिति र प्रशंसा
कार्यक्रममा मधेश प्रदेशका नेपाल प्रहरीका डिआईजी, विभिन्न नगरपालिकाका मेयर तथा वडा अध्यक्ष, सरकारी कर्मचारी, चिकित्सक, इन्जिनियर, तथा अन्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी अतिथिहरूले सन्त रामपालजी महाराजको सामाजिक सुधार अभियानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाज रूपान्तरणमा ठुलो योगदान पु¥याउने बताए।
इतिहासको झल्को दिने प्रदर्शन
कार्यक्रममा कबीर साहेबले आजभन्दा ५११ वर्षअघि काशीमा गराउनुभएको अद्भुत मोहन भण्डाराको झल्को दिने आध्यात्मिक प्रदर्शन गराइएको थियो। उक्त ऐतिहासिक घटनाको झल्को दिलाउने चित्रणहरूले आगन्तुकहरूको ध्यान आकर्षित गर्‍यो।
समाजमा सकारात्मक प्रभाव
आयोजकका अनुसार यस्ता विवाहले समाजमा प्रत्यक्ष सकारात्मक प्रभाव पारिरहेको छ। दाइजो प्रथालाई समाप्त पार्दै समाजलाई आडम्बररहित, शान्तिपूर्ण, र समतामूलक बनाउने उद्देश्यका साथ हरेक वर्ष यस प्रकारका कार्यक्रमहरू आयोजना गरिन्छ।
उपस्थिति र आगामी आह्वान
कार्यक्रमको पहिलो र दोस्रो दिनमा करिब ४ लाख श्रद्धालुहरूको उपस्थिति रहेको आयोजकले बताएका छन्। आयोजकले अन्तिम दिनको भोग आरती र सत्संगमा अझ बढी श्रद्धालुहरूको उपस्थिति रहने अपेक्षा गर्दै सबैलाई कार्यक्रममा सहभागी हुन आमन्त्रित गरेका छन्।
समाज सुधार र अनुशासनको नमुना कार्यक्रम
सामाजिक सुधारका दृष्टिले यस प्रकारको दाइजोमुक्त सामूहिक विवाह र सत्संग कार्यक्रम एउटा अनुकरणीय प्रयास भएको सहभागीहरूले उल्लेख गरेका छन्। राज्यले पनि यस्ता अनुशासन र व्यवस्थापनलाई आफ्नो नीतिमा समावेश गर्नुपर्ने सुझाव कार्यक्रमका अतिथिहरूले दिएका छन्।
यो प्रकारको कार्यक्रमले समाजमा दाइजोप्रथाका कारण हुने हिंसा, तनाव, र आर्थिक शोषणलाई अन्त्य गर्न प्रभावकारी योगदान पुर्‍याएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ मंसिर १, शनिबार ०२:५९
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ मंसिर १, शनिबार ०२:५९
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ मंसिर १, शनिबार ०२:५९
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ मंसिर १, शनिबार ०२:५९
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ मंसिर १, शनिबार ०२:५९
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८१ मंसिर १, शनिबार ०२:५९
Next Post
कुशवाहा समाज सिरहाका अध्यक्ष धनपती महतोको ब्यक्तीगत लगानीमा दिवाभोज

कुशवाहा समाज सिरहाका अध्यक्ष धनपती महतोको ब्यक्तीगत लगानीमा दिवाभोज

जे.एस. मुरारका बहुमुखी क्याम्पसमा शैक्षिक भवनको भूमिपूजन सम्पन्न

जे.एस. मुरारका बहुमुखी क्याम्पसमा शैक्षिक भवनको भूमिपूजन सम्पन्न

मधेस प्रदेशस्तरीय छलफल, महिला अधिकारमा सुझाव संकलन

मधेस प्रदेशस्तरीय छलफल, महिला अधिकारमा सुझाव संकलन

Discussion about this post

ताजा समाचार

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ मंसिर १, शनिबार ०२:५९
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ मंसिर १, शनिबार ०२:५९
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ मंसिर १, शनिबार ०२:५९
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ मंसिर १, शनिबार ०२:५९
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ मंसिर १, शनिबार ०२:५९
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८१ मंसिर १, शनिबार ०२:५९
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०८१ मंसिर १, शनिबार ०२:५९
लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०८१ मंसिर १, शनिबार ०२:५९
लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

२०८१ मंसिर १, शनिबार ०२:५९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.